स्वास्थ्य डायरी

काठमाडौं – नेपाल पेडियाट्रिक अप्थाल्मोलोजी एन्ड स्ट्राबिस्मोलोजी सोसाइटी (एनपीओएसएस) को वार्षिक साधारणसभा तथा निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम काठमाडौंको होटल हिल्टनमा सम्पन्न भएको छ। कार्यक्रममा बाल नेत्र विशेषज्ञहरूबीच ज्ञान आदान–प्रदान र शैक्षिक छलफल गरिएको थियो। कार्यक्रममा संस्थाकी तत्कालीन अध्यक्ष डा. सृजना अधिकारी र संस्थापक अध्यक्ष डा. सल्मा केसीलाई संस्थामा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमकै अवसरमा एनपीओएसएसको नयाँ कार्यसमिति पनि औपचारिक रूपमा गठन गरिएको छ। नयाँ कार्यसमितिमा प्रा. डा. सबिना श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएकी छन्। यस्तै उपाध्यक्षमा प्रा. डा. कविन्द्र बज्राचार्य, महासचिवमा डा. समता शर्मा, कोषाध्यक्षमा डा. निता सुनम गमाल, सह–महासचिवमा प्रा. डा. चन्द्रमाया…

विस्तृतमा...

काठमाडाैं- मुलुककै प्रमुख तरकारी तथा फलफूल बजार कालीमाटीमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। दोलखाबाट बुधबार कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ। बुधबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १७ वटा पसलबाट संकलन गरिएका १७ प्रकारका तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको थियो। उक्त परीक्षणमा रायो सागमा अत्यधिक विषादी भेटिएको हो। समितिका अनुसार विषादीको मात्रा अत्यधिक भएकाले उक्त रायो साग उपभोगका लागि अयोग्य मानिएको छ। यसअघि २४ असारमा भक्तपुरबाट ल्याइएको रायो सागमा पनि ८२.७८ प्रतिशत विषादी भेटिएको थियो भने २६ असारमा…

विस्तृतमा...

रुकुम- रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका एउटै परिवारका सदस्यहरूमध्ये थप एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार मंगलबार राति दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो। त्यसअघि मंगलबार दिउँसो करिब ३ बजे उनका ३ वर्षीय भाइ योजन विकको सल्यान अस्पतालमा मृत्यु भएको थियो। यो घटना आइतबार बेलुकी भएको हो। एउटै परिवारका चार सदस्यले जङ्गली च्याउ खाएपछि सबै बिरामी परेका थिए। गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई सल्यानबाट थप उपचारका लागि दाङ रेफर गरिएको छ भने उनकी ३५ वर्षीया आमा राजकुमारी विकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको…

विस्तृतमा...

रुकुमपूर्व- जंगली च्याउ खाँदा रुकुमपूर्वमा एकै परिवारका चार जना बिरामी परेका छन्, जसमा एक बालकको ज्यान गएको छ। भुमे गाउँपालिका–५ सेराबाङकी ३५ वर्षीया रामकुमारी सुनार र उनका तीन सन्तान साउन २ गते जंगली च्याउ खाएर बिरामी भएका थिए। बिरामीमध्ये ९ वर्षीया आयुषा विक, ६ वर्षीया भाग्य रेखा विक र ३ वर्षीय योजन विक आमा रामकुमारीसहित सोमबार उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट पुगेका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि मंगलबार उनीहरूलाई थप उपचारका लागि बाहिरी जिल्लातर्फ लैजाने क्रममा रामकुमारी, भाग्य रेखा र योजनको अवस्था अत्यन्त गम्भीर बनेको थियो। उक्त तीनमध्ये ३ वर्षीय योजनको मंगलबार दिउँसो सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

विस्तृतमा...

खोटाङ- जिल्ला अस्पताल खोटाङमा जन्मिएका शिशुको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ। शल्यक्रियामार्फत् जन्मिएका जानुका खत्री र सर्वकुमार खत्रीका नवजात शिशुलाई जन्मिएपछि नै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो। त्यही कारण उनीलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत् आमासहित काठमाडौं ल्याइएको थियो। शिशुको सोमबार खोटाङमा जन्म भएको थियो भने काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको आफन्तले जनाएका छन्। आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार एक हप्ता वितिसक्दा पनि व्यथा नलागेपछि तीनपटक औषधि दिएर पनि प्रसव नहुँदा शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि जन्मिएका शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि तत्काल काठमाडौं…

विस्तृतमा...

काठमाडौं- नेपालमा पुस महिनादेखि हालसम्म २ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म ७३ जिल्लाबाट २ हजार २१३ जना संक्रमित भएका छन्। डा. दाहालका अनुसार मनाङ, रसुवा, हुम्ला र डोल्पाबाट भने हालसम्म डेंगु संक्रमणको रिपोर्ट आएको छैन। सबैभन्दा बढी डेंगु गण्डकी प्रदेशमा फैलिएको छ, जहाँ ६१२ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि क्रमशः बागमतीमा ४८१, कोशीमा ४०२, लुम्बिनीमा ३६७, सुदूरपश्चिममा २७१, कर्णालीमा ४२ र मधेश प्रदेशमा ३८ जनामा डेंगु संक्रमण देखिएको हो। चिकित्सकहरूका अनुसार डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ। यस्तो लामखुट्टे सफा पानी जमेको जुनसुकै…

विस्तृतमा...

लुम्बिनी प्रदेश- लुम्बिनी प्रदेशभरका संघीय, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा एन्टि–रेबिज भ्याक्सिनको चरम अभाव देखिएको छ। कुकुर, बाँदर, स्याललगायतका जनावरले टोकेपछि प्रयोग गरिने रेबिज विरुद्धको यो खोप केही सातादेखि उपलब्ध नहुँदा बिरामीहरू उपचार नपाएर अस्पतालबाट फर्कन बाध्य भएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलका निमित्त निर्देशक डा. राजेन्द्रकुमार गिरीका अनुसार प्रदेशभरका अस्पतालहरूलाई वितरण गर्ने मौज्दात अहिले शून्य अवस्थामा पुगेको छ। उनका अनुसार, नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ७० हजार ५ सय भायल भ्याक्सिनको कोटा दिएको थियो। तर, तीमध्ये ३३ हजार मात्र प्राप्त भएकाले अभावको अवस्था सिर्जना भएको…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी)मा थप ७२ शैया राख्ने तयारी गरिएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालको सबैभन्दा अव्यवस्थित क्षेत्र इमर्जेन्सी कक्ष रहेको उल्लेख गर्दै त्यहाँको सेवामा सुधार ल्याउन बेड संख्या विस्तार गर्न लागिएको जानकारी दिए। उनका अनुसार, अस्पतालको समग्र सुधारका लागि मदन उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको छ। उक्त समितिले तयार पारेको प्रतिवेदनका आधारमा आवश्यक सुधारका कार्यहरू अघि बढाइएको हो। ‘सरकारी अस्पतालप्रति जनताको विश्वास त छ,’ मन्त्री पौडेलले भने, ‘तर, सेवा व्यवस्थित गर्न सकिएको छैन। धेरै कुरा सुधार भएका छन् तर जबसम्म अस्पतालमै सेवा व्यवस्थित हुँदैन, जनताले…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा नागरिकलाई स्थानीय तहमै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो लक्ष्य प्राप्तिका लागि विभिन्न नीतिगत र कार्यान्वयनगत पहलहरू गरिएको जानकारी दिए। मन्त्री पौडेलले स्थानीय तहमै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तीव्रता दिइएको बताए। यस कार्यलाई व्यवस्थित गर्न ‘स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०८१)’ र ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ जारी गरिएको छ। उनका अनुसार, गत…

विस्तृतमा...

काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को महाधिवेशन आगामी साउन १९ गते काठमाडौंमा हुने भएको छ। संघको आइतबार बसेको कार्यसमिति बैठकले महाधिवेशनको तयारीलाई तीव्रता दिन निर्वाचन समिति तथा अधिवेशन तयारी समिति गठन गरेको हो। बैठकले संघका निवर्तमान अध्यक्ष प्रज्वल जङ्ग पाण्डेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। सो समितिमा पूर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेश प्रसाद धिताल सदस्य रहेका छन्। महाधिवेशनको व्यवस्थापन तथा तयारीका लागि वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्ग्टाको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरिएको उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए। उक्त समितिमा उपाध्यक्ष बराल स्वयं, कार्यसमिति सदस्य शैलेस वैध र सुमित चन्द्र श्रेष्ठ सदस्य रहेका छन्। संघका अनुसार…

विस्तृतमा...