काठमाडौं- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यका बाहिर आवश्यक जनशक्ति पठाउन कठिनाइ भएको गुनासो गरेका छन्। मंगलबार ललितपुरमा आयोजित स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरूको सरुवापछि उपत्यका बाहिर जान आनाकानी गर्ने प्रवृत्तिले समस्या निम्त्याएको बताए। “सरुवा गर्दा कतिपयले त रमाना नै बुझ्दैनन्,” मन्त्री पौडेलले भने, “यसका कारण संघीय, प्रदेश र स्थानीय तहका दूरदराजका स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति पुर्याउन सकिएको छैन।” उनका अनुसार हाल उपत्यकामा आवश्यकता अनुसारको करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी छन्, भने उपत्यका बाहिर मात्र ३३ प्रतिशत पुगेका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गत हाल २,६०० जना स्वास्थ्यकर्मी छन्, तर उपत्यका बाहिरको आवश्यकता अनुसार एक तिहाइ जनशक्ति पनि पुग्न…
स्वास्थ्य डायरी
काठमाडौं- लिथुआनियाकी २९ वर्षीया एक युवतीमा देखिएको दुर्लभ स्वास्थ्य समस्याले चिकित्सा क्षेत्रमा तरंग ल्याएको छ। गर्भधारणका लागि लामो समयदेखि प्रयासरत ती महिलालाई वीर्यको एलर्जी रहेको पत्ता लागेको हो। प्राकृतिक रूपमा सन्तान जन्माउने प्रयास सफल नभएपछि ती महिलाले दुईपटक टेस्टट्युब प्रविधि (आईभीएफ) को सहारा लिएकी थिइन्। तर, दुबैपटक प्रयास असफल भयो। प्रारम्भिक स्वास्थ्य परीक्षणबाट स्पष्ट कारण नखुलेपछि अन्ततः एलर्जी परीक्षण गर्दा वीर्यमा रहेको प्रोटिनसँग एलर्जी भएको पुष्टि भएको हो। यस एलर्जीलाई चिकित्सा विज्ञानमा ‘ह्युमन सिमिनल प्लाज्मा एलर्जी’ भनिन्छ। यो अत्यन्तै दुर्लभ अवस्था हो र अहिलेसम्म विश्वभर करिब ८० जना महिलामा मात्र यस्ता केस देखिएका छन्। एलर्जी विशेषज्ञका अनुसार ती महिलालाई पहिले…
बैतडी- दुर्गम सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमी (सहायक नर्स मिडवाइफ) जानकी पूजाराले एक नवजात शिशुको ज्यान बचाएकी छन्। साउन ८ गते राति साढे ९ बजे स्थानीय लक्ष्मी धामीले शिशुलाई जन्म दिएकी थिइन्। तर जन्मिएलगत्तै शिशुले सास फेर्न सकेन। अनमी पूजाराका अनुसार नवजात शिशु निस्सासिएको अवस्थामा जन्मिएको थियो। रातिको समय, दुर्गम स्थान र आवश्यक स्वास्थ्य उपकरणहरूको अभावका कारण अन्यत्र लैजान सम्भव नभएपछि उनले आफैंले मुखमार्फत कृत्रिम सास दिँदै शिशुको ज्यान जोगाइन्। “राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म लगातार मुखबाट सास दिएर शिशुको ज्यान बचाएँ,” उनले भनिन्, “त्यो बेलामा स्वास्थ्य केन्द्रमा एउटै एम्बु बेग थियो, त्यो…
काठमाडौं – वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ। अस्पतालको १३६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले राजधानीमा उपचारका लागि आउने देशभरका बिरामीका कुरुवालाई समस्या परिरहेको भन्दै सो समस्याको समाधानका लागि कुरुवा घर निर्माण गर्न लागिएको जानकारी दिए। उनले भने, “७७ वटै जिल्लाका बिरामीको उपचार हुने यो अस्पतालमा कुरुवा बस्ने कुनै प्रबन्ध छैन। त्यसैले हामी अब कुरुवाका लागि सुरक्षित आवासको प्रबन्ध गर्न लागिरहेका छौं।” कार्यक्रममा शर्माले अस्पतालको भौतिक संरचना तथा सेवामा समेत सुधारको योजना सार्वजनिक गरे। उनका अनुसार ओपिडी बिल्डिङबाट नयाँ सर्जिकल ब्लकसम्म पुग्न बिरामीलाई असहज भएकाले त्यहाँ आकाशे पुल निर्माण…
झापा- कोशी प्रदेशका १४ जिल्लामै डेंगु संक्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ। निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगु संक्रमण रहेका छन्। जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेंगु संक्रमण अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्यांकले देखाएको छ। हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुंगा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेंगु संक्रमण देखिएको उनले जानकारी दिइन्। उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेंगु संक्रमण ३० गुणाले बढेको पाइएको बताए।…
हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङकी २२ वर्षीया एक सुत्केरी महिला सुत्केरी भएको ११ दिनपछि बल्ल घर भित्रिएको छ। उनी साउन १ गते चौगानफया आधारभूत स्वास्थ्य इकाइमा छोरालाई जन्म दिएपछि घरपरिवारले उनलाई घर लैजानुको सट्टा तरकारी खेतिमा प्रयोग गरिने प्लास्टिकको त्रिपालमुनि राखेका थिए। स्वास्थ्य इकाइकी स्टाफ नर्स सुस्मिता रावत र स्थानीय स्वास्थ्य स्वयंसेविका लक्ष्मी शाहीले सुत्केरीलाई घर लैजान पटक–पटक आग्रह गरे पनि परिवारले ‘देउता रिसाउने’ भन्दै नमानेको बताएका छन्। नर्स रावतका अनुसार त्रिपालमुनिको अस्वास्थ्यकर अवस्थामा बस्दा नवजात शिशुको शरीरमा खटिरा देखिएको थियो। “धेरै सम्झाउँदा पनि मानेनन्,” उनले भनिन्, “हामीले दुई–दुई पटक गएर आग्रह गर्दा पनि बेवास्ता गरियो।” स्वास्थ्य स्वयंसेविका शाहीले त…
गण्डकी– नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो । सङ्घद्वारा आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था’ विषयक पैरवी कार्यक्रमका सहभागीहरूले सो आग्रह गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चितता गराउनुपर्नेमा जोड दिए । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चितता गराउने जानकारी दिँदै प्रदेशमा…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि (एन्टि–भेनम) आपूर्ति गरेको छ। विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीका अनुसार यसअघि नै खरिद प्रक्रियामा रहेर आपूर्तिको क्रममा रहेको खोप तथा औषधि अब प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा वितरणका लागि आपूर्ति केन्द्रहरूमा पठाइसकिएको छ। हालै रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने औषधिको अभावबारे समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चासो देखाउँदै मातहतका अधिकारीहरूलाई तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए। साथै, मन्त्री पौडेलले भविष्यमा यस्ता औषधिको अभाव हुन नदिन आवश्यक सबै पूर्वतयारी गर्न समेत निर्देशन दिएका थिए। यसैअनुसार…
झापा- मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ। मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित दुवै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ। उपचारपछि भर्खरै घर फर्किएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताइन्। जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो। यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन्। नगरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखा परेपछि यसको…
काठमाडौं- समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनजस्ता विषयविरुद्ध नागरिक समूहहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘नागरिक सरोकार नेपाल’, ‘क्राउन अफ ब्यूटी म्याटर्निटी होम’ र ‘मुद्दा पहिचान आन्दोलन परिचालन समिति’को संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतनजस्ता विषयलाई सामाजिक विकृति भन्दै यस्ता कार्यहरू तत्काल रोक्न सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘सबैले जन्म लिन पाउनुपर्छ’, ‘गर्भपतन स्वास्थ्य हेरचाह होइन’, ‘समलिङ्गी आकर्षण विवाह होइन’, ‘हाम्रा बालबालिकालाई त्यसकार्यमा सहभागी नगराऔँ’ भन्ने नारासहित प्लेकार्ड बोकेका थिए। यस्ता गतिविधिहरूले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ र बालबालिकामा भ्रम सिर्जना गरिरहेको उनीहरूको आरोप छ । त्यसैले यस्ता…

