स्वास्थ्य डायरी

काठमाडौं– काठमाडौंको रामकोटमा नक्कली औषधि उत्पादन तथा अनलाइनमार्फत विक्रि गर्ने गिरोहका दुई जना पक्राउ परेका छन्। औषधि व्यवस्था विभागको टोलीले नेपाल प्रहरीको सहयोगमा लोकेसन ट्र्याक गरी छापा मारेपछि दुई जना पक्राउ परेका हुन्। यद्यपि, गिरोहका मुख्य नाइके एलबी राई भने भाग्न सफल भएका छन्। गिरोहले दुईवटा कोठा भाडामा लिएर आयुर्वेदिक तथा अचूक औषधिका नाममा नक्कली औषधि उत्पादन गर्दै आएको पाइएको छ। ती औषधि आकर्षक प्याकेजिङमा राखी दराज अनलाइन प्लेटफर्म तथा फेसबुक पेजहरूबाट बिक्री वितरण हुँदै आएको थियो। विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण बज्राचार्यका अनुसार धुलो र पाउडरलाई विभिन्न बट्टा र खोलमा प्याक गरी औषधी भनेर बजार पठाउने काम भइरहेको थियो।…

विस्तृतमा...

महोत्तरी- बर्दिबासमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको र गर्भपतन गराएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ परेका चिकित्सक ४१ वर्षीय हुन् र उनी बर्दिबासको डी एन् बी मेडिकेयर सेन्टरमा कार्यरत छन्। प्रहरीले साउन ५ गते सोमबार उनलाई पक्राउ गरेको हो। किशोरीको परिवारले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार, ती चिकित्सकमाथि सुरुमा जबरजस्ती करणीको आरोप थियो र त्यसपछि उनले किशोरीको १० हप्ताको गर्भपतन समेत गराएको आरोप रहेको छ। किशोरीको परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिएपछि प्रहरीले चिकित्सकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विस्तृतमा...

काठमाडौंं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् । विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन सुझाव दिन भनिएको छ । मन्त्री पौडेलले यससम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौं।’ यस अघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य बीमा…

विस्तृतमा...

ताप्लेजुङ- ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहितका केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ। विशेषज्ञ चिकित्सकको उपस्थितिसँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा नियमित शल्यक्रिया सेवा सुरु गरिएको हो। जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रनाम जयरु आउनुले शल्यक्रिया सेवा सञ्चालनको बाटो खुलेको हो। जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता हासिल गरेका डा. जयरु गत माघ महिनामा ताप्लेजुङ आएका थिए। त्यसयता माघको अन्तिमदेखि एपेन्डिक्स, हर्निया, हाइड्रोसिलजस्ता रोगको सफल शल्यक्रिया सेवा सुरु गरिएको हो। अस्पतालका अनुसार हालसम्म १३६ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ। तीमध्ये आठ जनाको एपेन्डिक्सको शल्यक्रिया गरिएको मेसु डा. जयरुले जानकारी दिए। उनका अनुसार पछिल्लो मङ्गलबार मात्र छ वर्षे…

विस्तृतमा...

सर्लाही – सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा बिहीबारदेखि नियमित सेवा सुचारु भएको छ। गएको सोमबार सवारी दुर्घटनामा घाइते भई उपचारका लागि ल्याइएका एक बिरामीका आफन्तले अस्पतालका अर्थोपेडिक चिकित्सक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेपछि मङ्गलबारदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही र शान्ति–सुरक्षाको माग गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका थिए। दोषी व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माफी मागेपछि अस्पतालका आन्दोलित चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएका हुन्। अस्पतालका सूचना अधिकारी डा. अविनाश सिंहले बुधबार साँझसम्मको छलफलपछि सहमति बनेको र बिहीबारदेखि सेवा सुचारु गरिएको जानकारी दिए। अस्पताल दुई दिनसम्म बन्द हुँदा सर्वसाधारण बिरामीलाई ठूलो सास्ती भएको थियो। सेवा ठप्प भएको मौकामा अस्पतालको…

विस्तृतमा...

मनाङ- हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट रु ३५ लाख ९१ हजार ९४० राजश्व सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले जनाएको छ । इकाई कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा ११२ दशमलव ६९३ किलोग्राम निकासी गरिएको जानकारी दिए । उनका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेबापत रु ३४ लाख ८५ हजार ९० राजश्व सङ्कलन भएको छ । वन लसुन तीन हजार १८६ दशमलव ३०० किलोग्राम निकासीबापत रु ९७ हजार ७५० र…

विस्तृतमा...

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पताल निर्माणका लागि छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गर्दै संघीय सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन्। तर, उनले पठाएको पत्रमा प्रयोग गरिएको भाषा शैली औपचारिक मर्यादामा नपरेको देखिएको छ। पत्रमा साम्पाङले लेखेका छन्, “उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला। धन्यवाद।” उनले पठाएको सो पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई समेत पठाइएको छ।

विस्तृतमा...

काठमाडौं– नेपाल चिकित्सक संघले प्रधानमन्त्रीको निर्देशनमा तीन मन्त्रीको सहभागितामा भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारप्रति कडा आक्रोश व्यक्त गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यदि तत्काल सहमति कार्यान्वयन नभए पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो। संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा असार २४ गते संघ र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति हालसम्म पनि कार्यान्वयन नहुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। प्रधानमन्त्रीको निर्देशनमा भएको उक्त सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिने भनिएको थियो। तर, अहिलेसम्म कुनै ठोस प्रगति नभएको संघको दाबी छ। संघले कार्यदल…

विस्तृतमा...

काठमाडौं-  ललितपुरकाे बीएण्डबी अस्पतालमा कार्यरत नाक, कान, घाँटी (इएनटी) विशेषज्ञ डा. चेतना पाठकले मुख, घाँटी र स्वरनलीसम्बन्धी विभिन्न समस्यामा ‘स्पिच थेरापी’को महत्वबारे प्रकाश पार्दै देशभरि यसको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएकी छन्। डिस्फेजिया : खाना निल्न गाह्रो हुने समस्याडा. पाठकका अनुसार, डिस्फेजिया भन्नाले खाना निल्न गाह्रो हुने समस्या बुझिन्छ। यो अवस्था मुख, घाँटी वा खाना नली को कमजोरीका कारण उत्पन्न हुन्छ। ‘‘मुखभित्रको मासपेशी कमजोर हुँदा, वा घाँटीको नली काम गर्न नसक्दा खाना तल झार्न अप्ठ्यारो हुन्छ,’’ उनी भन्छिन्, ‘‘खाना निल्दा दुख्ने, अड्किने वा खोकी लाग्नेजस्ता लक्षण देखिन्छन्।’’ डिस्फेजिया बुढ्यौलीसँग जोडिएको समस्या भए पनि यो कुनै उमेरमा पनि देखिन सक्छ। हाडजोर्नी…

विस्तृतमा...

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने भएको छ। परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर अब जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो। यससँगै देशभरका विद्यार्थीलाई भर्नाका लागि काठमाडौं धाउनुपर्ने झन्झट हटेको छ। न्यूनतम जीपीए २.० भएका वा पुरानो एसएलसी प्रणालीअनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। सरकारी विद्यालयका विद्यार्थीलाई प्रोत्साहनस्वरूप जीपीएमा १ अंक र निजी विद्यालयका विद्यार्थीलाई ०.८५ अंक मात्र समायोजन गरिनेछ। छात्रवृत्ति र तिरेर पढ्ने (पेइङ) दुवै कोटाका लागि अब अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन…

विस्तृतमा...