स्वास्थ्य डायरी

भक्तपुर- मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेसिनमध्ये भक्तपुर अस्पतालमा पाँच शय्याको डाइलासिस सेवा शुभारम्भ गरिएको उनले बताए । मन्त्री थापाले भने, ‘बागमती प्रदेशले रसुवा र काठमाडौँको टोखा अस्पतालबाहेक अरु ११ जिल्लाका अस्पतालमा प्रदेशस्तरीय डायलासिस सेवा सुरू गरेका छौँ, बाँकीमा पनि केही दिनमा शुभारम्भ गर्नेछौँ ।’उनले मन्त्रालयले १३ जिल्लाका सबै प्रदेशस्तरीय अस्पतालमा विशेषज्ञ सेवा सुरु गरेको बताउँदै त्यसका…

विस्तृतमा...

काठमाडाैं- आज साउन १५ अर्थात खीर खाने दिन । तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ। खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ। खीर उच्च क्यालोरी भएको खाना हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ। चामलमा कार्बोहाइड्रेट पाइन्छ। खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ।…

विस्तृतमा...

काठमाडौं- रूसको पूर्वी क्षेत्रमा पर्ने कमचटका प्रायद्वीप नजिकै बुधबार बिहान ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। तटीय क्षेत्रभन्दा १२५ किलोमिटर दक्षिण–पूर्वतर्फ केन्द्रित यो भूकम्पको कम्पनले भवनहरू रूखझैँ हल्लाइदिएको थियो। भूकम्प सतहबाट १९.३ किलोमिटर गहिराइमा उत्पन्न भएको थियो, जसका कारण जमिनमा व्यापक झट्का महसुस गरिनुका साथै समुद्रमा सुनामी पनि उत्पन्न भयो। यति भीषण भूकम्पका झट्काले त्रास फैलिएको बेला पनि कमचटकाे एक अस्पतालका डाक्टरहरूले अपवादजनक धैर्य देखाउँदै शल्यक्रिया रोक्ने निर्णय गरेनन्। अपरेशन थिएटरमा एक बिरामीको सर्जरी भइरहेका बेला नै जमिन हल्लिन थाल्यो। भवन काँपिरहेको थियो, तर चिकित्सकहरूको टोलीले सम्पूर्ण साहस संकलन गर्दै बिरामीको ज्यान बचाउने जिम्मेवारी छाडेन। सीसीटीभीमा कैद भएको भिडियो फुटेज…

विस्तृतमा...

चितवन- उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् ।   देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ । हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जीखेती गर्ने वा अन्य पेसामा रमाउँदै राम्रो आयआर्जन गर्नेहरू पनि अहिले त्यतिकै भेटिन्छन् । आआफ्नो गाउँठाउँमा यसरी राम्रो गरेको देखेर त्यसैको सिको गरी विभिन्न पेसा व्यवसायबाट लाभान्वित हुनेहरू पनि प्रसस्त देखिन्छन् । यसै सन्दर्भमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरसहित आसपासका क्षेत्रमा गच्छेअनुसारको पेसा व्यवसाय गरी आमसर्वसाधारणका लागि…

विस्तृतमा...

मोरङ – मोरङको केरावारी गाउँपालिका–७ स्थित एक मेडिकलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ। लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा बेलबारी नगरपालिका–८ का २८ वर्षीय मनिष कुँवर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्यूराे विराटनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान साढे ८ बजेतिर सुभद्रा विकको घरमा सञ्चालन भइरहेको मुगु मेडिकलमा छापा मारेर प्रतिबन्धित लागुऔषध फेला पारेको हो। प्रहरीका अनुसार मेडिकलको खानतलासी गर्दा डेकाेलिक ब्रान्डका ४,५०० वटा ट्याब्लेट र ट्रामाडोलका ४,५०० वटा ट्याब्लेट बरामद गरिएको छ। यी दुबै औषधि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएर कारोबार गर्न नपाइने वर्गमा पर्दछन्। बरामद गरिएका औषधिसहित मनिष कुँवरलाई नियन्त्रणमा लिई इलाका…

विस्तृतमा...

चितवन – भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्राडा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिए । यसमध्ये चार हजार ३८३ (५२ दशमलव ४५ प्रतिशत) को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५ दशमलव २८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ (२ दशमलव २६ प्रतिशत) को जटिल प्रसूति भएको थियो । अघिल्लो आव २०८०/८१ मा…

विस्तृतमा...

म्याग्दी – बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो । पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सत्तरीदेखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताइन्। असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् ।

विस्तृतमा...

गाजा- गाजा क्षेत्रमा भइरहेको भोकमरी र र कुपोषण अत्यन्तै गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य कार्यक्रम संस्थाका आपत्कालीन निर्देशक रॉस स्मिथले भने,“हामीले यो शताब्दीमा यति पीडादायक अवस्था देखेका थिएनौं । गाजामा अहिले भइरहेको भोकमरीले इथियोपिया र बियाफ्राको विगतका दुर्भिक्ष सम्झाइरहेको छ ।” खाद्य सुरक्षा मूल्याङ्कन निकाय (आईपीसी) ले गाजाको अधिकांश क्षेत्रमा भोकमरीको अवस्था ‘गम्भीर तह’ पार गरिसकेको जनाएको छ । यदि तुरुन्तै राहत सामग्री सहज रूपमा गाजामा प्रवेश गर्न दिइएन भने, स्थिति झनै भयावह हुने स्पष्ट चेतावनी दिइएको छ । गाजा सहरमा पोषणको अवस्था पहिलोपटक दुर्भिक्षको सीमा पार गरेको रिपोर्टमा उल्लेख छ । सङ्कटको सबैभन्दा कठोर मार महिला…

विस्तृतमा...

काठमाडौं – विद्यालय जाने सबै कक्षाका बालबालिकालाई पोषणयुक्त दिवा खाजा उपलब्ध गराउनुपर्ने माग गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित ‘दिवा खाजा कार्यक्रमका लागि राष्ट्रिय परामर्श कार्यशाला’मा सहभागी विशेषज्ञ, सरोकारवाला संस्था तथा सरकारी अधिकारीहरूले यस्तो माग गरेका हुन्। कार्यशालामा वक्ताहरूले अहिले कक्षा ५ सम्मका सरकारी विद्यालयका विद्यार्थीलाई मात्र दिइँदै आएको दिवा खाजा कार्यक्रमलाई सबै कक्षाका बालबालिकामा विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार विद्यालय जाने हरेक बालबालिकालाई शारीरिक र मानसिक विकासका लागि पोषणयुक्त खाजा अनिवार्य छ। हाल सरकार कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी १५ रुपैयाँ दरले खाजा खर्च दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि उक्त रकम बढाएर २० रुपैयाँ पुर्‍याइएको छ। तर, यो रकम…

विस्तृतमा...

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देब बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बोहराले साउन ७ गते साँझ ७ बजे आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए। च्याउ खाएपछि बिरामी परेका उनलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार अस्पतालमा उपचाररत अवस्थामा साउन १३ गते साँझ ४ः५० बजे उनको मृत्यु भएको हो। बोहराले खाएको च्याउ विषालु प्रजातिको भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक धनी चन्दले जानकारी दिए।

विस्तृतमा...