स्वास्थ्य डायरी

केरला, भारत- ओणम चाडको उत्सवमय वातावरणमा केरला राज्य एक दुर्लभ तर घातक रोगकै त्रासले ग्रसित भएको छ । ४५ वर्षीया दलित महिला शोभनाले ‘गिदी खाने अमीबा’ (नाग्लेरिया फालेराई) को सङ्क्रमणका कारण ज्यान गुमाएपछि यो रोगप्रति आम मानिस थप सचेत भएका छन् । फलफूलको रस भर्ने काम गरेर परिवार पाल्दै आएकी शोभना केही दिनअघि अस्वस्थ भइन् । रिँगटा, उच्च रक्तचाप र कामज्वरोसँगै अवस्था चाँडै बिग्रियो । ओणमकै दिन, सेप्टेम्बर ५ मा उनको मृत्यु भयो । पछि मात्र परिवारले उनले दुर्लभ सङ्क्रमण भोगेको थाहा पाए । यो अमीबा दूषित पानीसँग नाकको सम्पर्क हुँदा शरीरमा पस्छ र मस्तिष्कका कोष नष्ट गर्न थाल्छ ।…

विस्तृतमा...

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ । जिपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकामा बुधबारदेखि ३० जनालाई डायलासिस दिन थालिएको छ । मिर्गौला पीडितको माग बमोजिम डायलासिस क्षमताको विस्तार गरिएको केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले जानकारी दिए। उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । डायलासिस उपकरण लायन्स क्लब अफ नेपालले अनुदानमा उपलब्ध गराएको हो । शुक्लागण्डकीमा क्रियाशिल लायन्स क्लबहरुको प्रयासमा यहाँ डायलासिस केन्द्र सञ्चालनमा आएको हो । डायलासिस केन्द्रमार्फत शुक्लागण्डकी आसपासका मिर्गौलापीडित लाभान्वित भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । यसअघि…

विस्तृतमा...

कञ्चनपुर- थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय दुई जनाको रगत परीक्षण गर्दा दुई सय २९ पोजेटिभ पत्ता लागेको छ । उनीहरूको अन्तिम परीक्षण गर्दा दुई सय १३ जना सिकलसेल बाहक १० जनामा थालेसिमिया र ६ जना सिकलसेल रोगी पत्ता लागेका छन् । पुनर्वास नगरपालिकामा ९ सय ७६ जनाको रगत परीक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको थियो…

विस्तृतमा...

काठमाडाैं- भदौ २४ गते सामाजिक सञ्जालमा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कुटिएको भन्दै भाइरल बनेको भिडियोले देशभर हलचल मच्चायो । तर वास्तविकता अर्कै थियो। कुटिने व्यक्ति मन्त्री नभई घाइते आन्दोलनकारीलाई निःशुल्क उपचार गराइरहेका ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन थिए । गुल्मीका स्थायी बासिन्दा टण्डन हाल काठमाडौंमा बस्दै आएका छन् । उनले आन्दोलनका घाइतेलाई २३ गतेदेखि नै आफ्नै अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए । त्यस क्रममा २४ गते बिहान रगत अभाव भएपछि आकस्मिक रक्तदान आयोजना गरेर २१८ प्वाइन्ट रगत संकलनसमेत गरेका थिए । तर मनमोहन अस्पतालमा घाइते पुर्याएर फर्कने क्रममा आन्दोलनकारीले उनलाई अर्थमन्त्री पौडेल भनेर गलत बुझेर निर्घात…

विस्तृतमा...

काठमाडौं- सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सकिनन्। बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन। समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्‍यायो। चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन्। अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिएका थिए। गोली चल्न थालेपछि उनी घर फर्किए, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उनमा तनावको मात्रा बढ्यो। सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उनी पनि चिकित्सकको सम्पर्कमा पुगे। त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त छन्। साथीको अन्तिम क्षण सम्झिँदा…

विस्तृतमा...

काठमाडौं – बीएण्डबी अस्पतालले आफ्ना भर्ना भएका बिरामीको स्वास्थ्य र पोषण आवश्यकतालाई ध्यानमा राख्दै अत्याधुनिक ‘इनप्यासेन्ट क्यान्टिन’ सञ्चालनमा ल्याएकाे छ। विगत एक वर्षदेखि यस क्यान्टिनमार्फत बिरामीको अवस्था, चिकित्सकको सल्लाह र पोषण आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित खाना उपलब्ध गराइन्छ। अस्पतालले यस व्यवस्थामार्फत स्वास्थ्य सुधार र रिकभरीमा ठोस योगदान पु¥याइरहेको जनाएको छ।क्यान्टिन प्रबन्धक रितु जोशीले पोषण विशेषज्ञका अनुसार नै खाना प्रदान भइरहेको बताइन् । ‘धेरै बिरामीले घरबाट खाना ल्याउन सक्दैनन्। यही कारणले थ्रीसी क्याफेटेरिया खोलेको हो। हामीले डाइटिसियन टिम राखेका छौं’ उनले भनिन्, ‘सामान्य खाना बाहेक पाइपमार्फत दिइने खाना पनि उपलब्ध गराइन्छ। बिरामी र परिवारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।’ क्लिनिकल पोषण…

विस्तृतमा...

विराटनगर- कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् । अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन । ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमिततामा संलग्न भएको पाइएपछि सेवाबाट बर्खास्त गरिएको जनाइएको छ । मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर…

विस्तृतमा...

रुपन्देही- जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएको तथ्यांक छ। स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको छ भने डेङ्गुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको क्रिसमस अस्पताल मणिग्राममा मृत्यु भएको छ। यस वर्ष रुपन्देहीमा सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका…

विस्तृतमा...

मकवानपुर- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो । कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताए । अनुगमनका क्रममा सङ्कलन गरिएका नमूना परीक्षणका…

विस्तृतमा...

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य बनाइएको हो । जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–०८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसूति सेवा लिएको बताए । ‘आर्थिक वर्ष २०८०–०८१ मा ‘होम डेलिभरी’को सङ्ख्या एक थियो, आव २०८१–०८२ मा शून्यमा झरेको छ । यसलाई निरन्तरता दिन्छौँ’, उनले भने । जलजलाको मल्लाज, लेकफाँट र शालिजामा रहेका प्रसूति गृहमा १६ जना सुत्केरी भएका हुन् । एक सय ४६ जनाले बेनी,…

विस्तृतमा...