स्वास्थ्य डायरी

काठमाडौं – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना अस्वीकार गरेका छन्। जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा चले पनि उनले त्यसलाई पूर्णविराम लगाएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीहरूबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाउने विश्वास व्यक्त गरे। उनले आफू निरन्तर चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लिन रहने स्पष्ट पारे। “मलाई प्रत्येक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न आग्रह आउने गरेको छ,” उनले भने, “तर म स्पष्ट छु.. मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा…

विस्तृतमा...

काठमाडौं – नेपाल क्यान्सर अस्पतालमा आज बिहान आगलागी भए पनि ठूलो क्षति हुन पाएन। बिहान करिब ६ बजे अस्पतालको डे केयर युनिटमा विद्युत सर्टका कारण आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ। आगो लागेपछि स्थानीय बासिन्दा, प्रहरी, दमकल र अस्पतालका कर्मचारीहरूले संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए। अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस घटनामा सबै बिरामी, कुरुवा तथा कर्मचारी पूर्ण सुरक्षित छन्। अस्पतालका सम्पूर्ण सेवा अविच्छिन्न रूपमा सञ्चालन भइरहेको छ।” अस्पताल प्रशासनले आगो नियन्त्रणमा सहयोग गर्ने सम्पूर्ण स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, दमकलकर्मी तथा आफ्ना कर्मचारीप्रति आभार प्रकट गरेको छ।

विस्तृतमा...

चितवन – जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरुको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको…

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री चयनका लागि भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री चयन गर्न जेनजी समूहले डा. केसीको नाम राखेको र केही समूहले अनलाइन मतदान गर्दै आएको जानकारी पाएपछि उनले विज्ञप्ति जारी गरी हटाउन आग्रह गरेका हुन्। डा. केसीले विज्ञप्तिमा भनेका छन्, “मेरो नाम अनलाइन मतदानमा राखिएको भए पनि म कुनै पनि पद वा ओहोदाको आकांक्षी होइन। न पहिला थिएँ, न अहिले छु र न भविष्यमा हुनेछ। त्यसैले सम्बन्धित पक्षले मेरो नाम तुरुन्त हटाउन अनुरोध गर्दछु।” उनले अन्तरिम सरकारको गठनलाई नव युवा…

विस्तृतमा...

काठमाडौं- भदौ २३ गते राजधानीसहित देशभर जेनजी आन्दोलन चर्किएको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने फरक जिम्मेवारीमा थियो, प्रदर्शनमा घाइते भएकाको उपचारमा समन्वय गर्ने। सिभिल अस्पतालदेखि ट्रमा सेन्टर, वीर, त्रिवि शिक्षणदेखि निजी अस्पतालसम्म बिरामी पठाउने, रगतको अभाव नहोस् भनेर व्यवस्था मिलाउने र चिकित्सक खटाउने काम राति १० बजेसम्म मन्त्रालयको टोलीले निरन्तर गरिरहेको थियो। तर, अर्को दिन त्यही मन्त्रालय प्रदर्शनकारीकै समूहले जलाइदियो। मंगलबार दिउँसो रामशाहपथ वरपर सर्वोच्च अदालत र नेपाल बार भवन जल्न थालेपछि मन्त्रालयका अधिकांश कर्मचारी सुरक्षित रूपमा निस्किएका थिए। तर कार्यालय सहयोगी, सुरक्षाकर्मी र केही कर्मचारी भने भित्रै थिए। पहिलो पटक छिरेका प्रदर्शनकारीलाई रोक्न सफल भए, तर केही कम्प्युटर…

विस्तृतमा...

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको छ । अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिए । ‘६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ ।’ उनले भने, ‘अर्को हप्तादेखि सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौँ ।’ अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपैयाँमा सम्झौता गरेको थियो । अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता…

विस्तृतमा...

काठमाडौं- सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले अबको आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन गर्ने तयारी गरेको छ। आइतबारदेखि सबै कर्मचारीलाई उपस्थित गराएर काम सुरु गर्ने तयारी गरिएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन्। उनका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मन्त्रालय भवनलाई सर्वप्रथम सरसफाइ गरिनेछ। त्यसपछि सुरक्षित अवस्थामा रहेका कागजात तथा अन्य सामग्री संकलन गर्ने कार्य अघि बढाइनेछ। डा. देवकोटाले भने, “आइतबार र सोमबार सरसफाइ गर्ने योजना छ। नियमित काम भने हाल मन्त्रालय भवनको पछाडिपट्टी रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन गर्ने तयारीमा छौं। त्यहाँ दुई वटा भवन छन्, नयाँ भवन अझै सञ्चालनमा आएको छैन, त्यसैले…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो। यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट ‘रिफर’ हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ। साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।

विस्तृतमा...

काठमाडौँ – नयाँबानेश्वरमा जेनजी प्रदर्शनका क्रममा भएको प्रहरी–प्रदर्शनकारीबीचको झडपमा मृत्यु हुनेको संख्या १४ पुगेको छ। राजधानीका विभिन्न अस्पतालमा सयौं घाइते उपचाररत रहेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। ट्रमा सेन्टरमा ६ जनाको मृत्युसोमबार दिउँसो भएको झडपपछि घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा लगिएका ६ प्रदर्शनकारीको मृत्यु भएको छ। ट्रमा स्रोतका अनुसार मृतकहरुको छाती, तिघ्रा र टाउकोमा गोली लागेको थियो। अहिले पनि ४० जना उपचाररत छन्, जसमा १५ जना गम्भीर घाइते छन्। निजामती अस्पतालमा ३ जनाको मृत्युसिभिल अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते उपचाररत छन्। अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार गम्भीर घाइतेमध्ये १४…

विस्तृतमा...

काठमाडौं- सूर्तिजन्य पदार्थमा अन्य दक्षिण एशियाली देशको जति पनि कर नबढाउँदा राजश्वमा ठूलो क्षति पुगेको तर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा सूर्तिजन्य पदार्थमा करवृद्धि गर्नु पनि प्रयोग र खपतमा न्युनिकरण ल्याउने एउटा उपाय भएको विज्ञहरु बताएका हुन् । नेपालको छिमेकी राष्ट्र भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको दाँजोमा नेपालमा सूर्तिजन्य पदार्थमा लगाइने कर सबैभन्दा कम रहेको छ । यी देशहरुमध्ये सूर्तिजन्य पदार्थमा सबैभन्दा बढि श्रीलंकाले ६७ प्रतिशत लगाएको छ भने बंगलादेश र भारतले समान ५८ प्रतिशत कर लिने गर्दछन् । सँगैको पाकिस्तानले सर्तिजन्य पदार्थमा ५२ प्रतिशत कर लगाउँदै गर्दा…

विस्तृतमा...