काठमाडौं- सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सकिनन्। बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन। समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्यायो। चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन्। अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिएका थिए। गोली चल्न थालेपछि उनी घर फर्किए, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उनमा तनावको मात्रा बढ्यो। सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उनी पनि चिकित्सकको सम्पर्कमा पुगे। त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त छन्। साथीको अन्तिम क्षण सम्झिँदा…
स्वास्थ्य डायरी
काठमाडौं – बीएण्डबी अस्पतालले आफ्ना भर्ना भएका बिरामीको स्वास्थ्य र पोषण आवश्यकतालाई ध्यानमा राख्दै अत्याधुनिक ‘इनप्यासेन्ट क्यान्टिन’ सञ्चालनमा ल्याएकाे छ। विगत एक वर्षदेखि यस क्यान्टिनमार्फत बिरामीको अवस्था, चिकित्सकको सल्लाह र पोषण आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित खाना उपलब्ध गराइन्छ। अस्पतालले यस व्यवस्थामार्फत स्वास्थ्य सुधार र रिकभरीमा ठोस योगदान पु¥याइरहेको जनाएको छ।क्यान्टिन प्रबन्धक रितु जोशीले पोषण विशेषज्ञका अनुसार नै खाना प्रदान भइरहेको बताइन् । ‘धेरै बिरामीले घरबाट खाना ल्याउन सक्दैनन्। यही कारणले थ्रीसी क्याफेटेरिया खोलेको हो। हामीले डाइटिसियन टिम राखेका छौं’ उनले भनिन्, ‘सामान्य खाना बाहेक पाइपमार्फत दिइने खाना पनि उपलब्ध गराइन्छ। बिरामी र परिवारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।’ क्लिनिकल पोषण…
विराटनगर- कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् । अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन । ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमिततामा संलग्न भएको पाइएपछि सेवाबाट बर्खास्त गरिएको जनाइएको छ । मोरङका एक क्यान्सरपीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर…
रुपन्देही- जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। पछिल्लो समय रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस र डेङ्गु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। रुपन्देहीमा यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १० जना र डेंगुबाट १ सय ८४ जना संक्रमित भएको तथ्यांक छ। स्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार तिलोत्तमा नगरपालिकाका एक पुरुषको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको छ भने डेङ्गुका कारण नवलपरासी बर्दघाटका एक पुरुषको क्रिसमस अस्पताल मणिग्राममा मृत्यु भएको छ। यस वर्ष रुपन्देहीमा सात पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका…
मकवानपुर- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो । कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताए । अनुगमनका क्रममा सङ्कलन गरिएका नमूना परीक्षणका…
पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य बनाइएको हो । जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–०८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसूति सेवा लिएको बताए । ‘आर्थिक वर्ष २०८०–०८१ मा ‘होम डेलिभरी’को सङ्ख्या एक थियो, आव २०८१–०८२ मा शून्यमा झरेको छ । यसलाई निरन्तरता दिन्छौँ’, उनले भने । जलजलाको मल्लाज, लेकफाँट र शालिजामा रहेका प्रसूति गृहमा १६ जना सुत्केरी भएका हुन् । एक सय ४६ जनाले बेनी,…
काभ्रे – धुलिखेल अस्पतालले मुटुका गम्भीर बिरामीमा पहिलोपटक आईसीडी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालको मुटुरोग विभागले मुटुको चाल अस्वाभाविक हुने र प्राणघातक अवस्था सिर्जना गर्ने बिरामीमा विशेष प्रकारको ब्याट्री प्रत्यारोपण गरिएको जनाएको छ । यस प्रविधिबाट मुटुको चाल नियन्त्रणमा राखी अकस्मात् मृत्युबाट बचाउन सकिन्छ । अस्पतालका संस्थापक तथा वरिष्ठ कार्डियोलोजिस्ट डा. राजेन्द्र कोजुले दुई बिरामीमा गरिएको प्रत्यारोपण सफल भएको जानकारी दिएका छन् । उनले भने, ‘‘प्राणघातक मुटुको चाल बिग्रिने अवस्थाबाट अकस्मात् ज्यान गुमाउन सक्ने बिरामीलाई बचाउने उपायका रूपमा धुलिखेल अस्पतालमा पहिलोपटक दुई जनामा आईसीडी प्रत्यारोपण गरेर सफल सुरुआत गरिएको छ ।’’ डा. कोजुको विश्वास छ, यसले मुटुको चाल…
गुल्मी – जंगली विषालु च्याउ सेवन गर्दा गुल्मीमा एकै परिवारका पाँच जना र एक छिमेकी गरी छ जना बिरामी परेका छन् । गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका रजाली परिवारका सदस्यले बुधबार बिहान खानाको समयमा च्याउ खाएपछि बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका अनुसार, बिरामीमा ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया विपना रजाली, १० वर्षीय किरण रजाली तथा ३६ वर्षीया छिमेकी बविना रजाली छन् । उनीहरूको स्थानीय शुभ सारथी मेडिकल हल मजुवामा उपचार भइरहेको छ । हाल सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ…
काठमाडौं – निजामती कर्मचारी अस्पतालबाट सामान्य उपचारपछि ३६६ जना घाइते डिस्चार्ज भएको विवरण सार्वजनिक भएको छ । अस्पतालले मंगलबार जारी गरेको सूचनाअनुसार आन्दोलनपछि अस्पतालमा ४६१ जना घाइते आएका थिए । त्यसमा ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको र ५१ जना भर्ना भएको अस्पतालले जनाएको छ । यस्तै भर्ना भएकामध्ये ४२ जना डिस्चार्ज रहँदा अझैपनि ९ जना भर्ना भएर उपचाररत छन् । यसैगरी भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको समेत अस्पतालको सूचनामा उल्लेख छ । यस्तै सोही अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु समेत भएको थियो ।
काठमाडौं – पछिल्लो एक सातामा देशभर २३९ जनामा नयाँ डेंगु संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा डेंगु संक्रमितको कुल संख्या ४ हजार ३५३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ। महाशाखाका अनुसार विगत २४ घण्टामा मात्रै ३३ जना नयाँ संक्रमित थपिएका छन्। प्रदेशगत विवरण अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार १४९ जनामा डेंगुको संक्रमण देखिएको छ। त्यसपछि बागमतीमा ९३६, लुम्बिनीमा ७८०, कोशीमा ६८१, सुदूरपश्चिममा ५०२, कर्णालीमा २०७ र मधेश प्रदेशमा ८८ जनामा संक्रमण पुष्टि भएको छ। वर्षा याममा डेंगु फैलिने सम्भावना बढी हुने भएकाले लामखुट्टे नियन्त्रण गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले जोड दिएको छ। मन्त्रालयले घर र भवन…

