
पोखरा- मणिपाल शिक्षण अस्पताल, पोखराले पछिल्ला दिनमा उत्पन्न नर्सिङ कर्मचारीहरूसँगको विवादबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। अस्पतालले नर्सहरूको पारिश्रमिक, सुविधा र कार्यस्थितिबारे समाजमा फैलिएका भ्रमपूर्ण समाचार असत्य रहेको दाबी गर्दै ‘श्रम शोषणका आरोपहरू निराधार’ भएको स्पष्ट पारेको हो।
अस्पतालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्रवाह र कर्मचारी अधिकार दुवैप्रति संस्था प्रतिबद्ध रहेको जनाएको छ। तर, पछिल्ला केही दिनयता नर्सिङ कर्मचारीहरूसँग तलब तथा भत्ता वृद्धि सम्बन्धी विषयमा भइरहेको संवादका क्रममा केही गलत बुझाइ र भ्रामक सूचना फैलिएको भन्दै प्रशासनले आफ्नो धारणा सार्वजनिक गरेको हो।





