स्वास्थ्य डायरी

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागले केही मिडिया तथा सामाजिक सञ्जालमा प्रसारित भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले सञ्चार माध्यमहरूले सत्य तथ्य नबुझिकन, व्यक्तिगत स्वार्थका लागि औषधि मूल्य वृद्धि सम्बन्धी गलत समाचार प्रसारण गरेको भन्दै आपत्ति जनाएको हो। यसअघि पनि पटक–पटक सूचना प्रकाशित गर्दै मूल्य निर्धारण र अनुगमन प्रक्रियाबारे जानकारी दिइसकेको बताउँदै विभागले आधिकारिक स्रोतबाट मात्र जानकारी लिन पत्रपत्रिका, सञ्चार माध्यम र आम नागरिकसँग अनुरोध गरेको छ। विभागका अनुसार, हालसम्म नेपाल सरकारको स्वीकृति लिएर ११७ प्रकारका औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको छ। मूल्य निर्धारण गर्दा औसत, मध्यम र तुलनात्मक मूल्यका आधारमा वैज्ञानिक विधि अपनाइन्छ…

विस्तृतमा...

ढोरपाटन (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार नगरपालिकाले २०७९ पौस १७ गते गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी वडा नं ५ को हरिचौरमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिले वार्षिक ५० जना सुत्केरी हुन आउने गरेकोमा अहिले त्यो सङ्ख्या बढेर करिब २०० पुगेको नगर अस्पताल प्रमुख डा राजेश पौडेलले जानकारी…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिए । उनले भने, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन बन्दैछ । बाँकी खाली रहेको भवनमा रङ लगाएर कार्पेटिङ गरेर बस्ने योजना छ ।” प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको र मङ्सिर १ गतदेखि सम्भवतः सरिसक्ने बताए । “सिंहदरबारभित्र रहेको नयाँ संसद्…

विस्तृतमा...

काठमाडौं– काठमाडौं महानगरपालीकाका ५६ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । मेयर बालेन्द्र शाह (बालेन)का अनुसार अहिलेसम्म ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका हुन् । यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति छन्। आर्थिक वर्ष २०८१-०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरियो । उनीहरूमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिए । १२० वटा स्वास्थ्य संस्थाको…

विस्तृतमा...

वीरेन्द्रनगर – कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध आन्दोलित भएका छन्। बुधबार बिहान उनीहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गर्दै आन्दोलनको सुरुवात गरेका हुन्। देशभर नर्सहरूको श्रम शोषणविरुद्ध आन्दोलन भइरहेको बेला नेपाल नर्सिङ संघ सुर्खेत शाखाको नेतृत्वमा सुर्खेतमा पनि नर्सहरूले आन्दोलन थालेका हुन्। प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बिहान दुई घण्टासम्म अस्पताल परिसरमै कालो पट्टी बाँधेर धर्ना दिएका थिए। नेपाल नर्सिङ संघ सुर्खेत शाखा अध्यक्ष तथा प्रदेश अस्पताल नर्सिङ विभाग प्रमुख शकुन्तला सापकोटाका अनुसार नर्सहरूले श्रमअनुसारको पारिश्रमिक नपाएको कारण उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।उनले भनिन्, “हामी अस्पतालजस्तो संवेदनशील क्षेत्रमा निरन्तर जोखिमपूर्ण रोगसँग जुधिरहेका छौं।…

विस्तृतमा...

ललितपुर- स्तन क्यान्सर जितेकाहरूको साहस र धैर्यलाई सम्मान गर्ने तथा रोगसँग अहिले पनि जुधिरहेका व्यक्तिहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्यसहित ललितपुरमा ‘शक्ति र संघर्षको यात्राः निदानपछिको जीवन’ नामक कार्यक्रम सम्पन्न भएको छ। देवीका बन्दना फाउन्डेशनको आयोजना तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर, उपचारका लागि सहयोगी हातहरू नेपाल र नेपाल क्यान्सर सपोर्ट ग्रुपको सहकार्यमा उक्त कार्यक्रम आज नेपाल क्यान्सर अस्पतालको कन्फरेन्स हलमा सम्पन्न गरिएको हो। कार्यक्रमको उद्देश्य स्तन क्यान्सर जितेका व्यक्ति तथा उपचारको क्रममा रहेका बिरामीहरूलाई आत्मबल वृद्धि गर्दै प्रारम्भिक पहिचान, समयमै उपचार तथा मानसिक सशक्तीकरणको महत्वबारे समाजमा सन्देश प्रवाह गर्नु रहेको आयोजकहरूले बताए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गायिका तथा समाजसेवी…

विस्तृतमा...

काठमाडौं– नेपालमा आयात गरिने औषधिहरुमा औषधि व्यवस्था विभागले जथाभावी मूल्यवृद्धि गरिरहेको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिरहेको भ्रमबारे नेपाल औषधि आयातकर्ता संघले स्पष्टिकरण दिएको छ। संघका अध्यक्ष पवन कुमार आचार्यको नेतृत्वमा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा करिब ३५० विदेशी औषधि उद्योगका औषधिहरु करिब १२५ आयातकर्ताहरुले मात्रै आयात र वितरण गर्दै आएका छन्। औषधि आयातको लागि विभागले तोकेको कागजात, डब्लूएचओ-जीएमपी प्रमाणीकरण, स्थलगत निरीक्षण र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र औषधि दर्ता हुने व्यवस्था रहेको छ।’ विज्ञप्तिमा औषधि दर्ता कार्यबिधि–२०७३ र औषधि दर्ता नियमावली–२०३८ अनुसार दर्ता हुने प्रत्येक औषधिको अधिकतम खुद्रा मूल्य स्पष्ट उल्लेख गरिने उल्लेख छ। आयातित औषधिहरु उत्पादकले आफ्नो देशको…

विस्तृतमा...

मकवानपुर – मकवानपुरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू समान काम, समान ज्यालाको मागसहित आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलन कार्यक्रमअनुसार उनीहरूले बुधबारदेखि २ घण्टासम्म अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन्। संघको निर्धारणअनुसार बिहान १० बजेदेखि १२ बजेसम्म काम रोकेर विरोध गरिएको हो। यो आन्दोलनको दोस्रो चरण रूपमा अघि बढाइएको संघले जनाएको छ। यसअघि कात्तिक ४ गतेदेखि ११ गतेसम्म नर्सहरूले हेटौंडा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा कालो पट्टी बाँधेर सेवा दिएका थिए। मागप्रति सुनुवाइ नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले बताइन्। उनका अनुसार कात्तिक १८ गतेसम्म प्रत्येक बिहान २ घण्टा सेवा बन्द गर्ने…

विस्तृतमा...

काठमाडौँ- निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिट्युसन अफ नेपाल (अफिन) ले हाल स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल संवादमार्फत समाधान खोज्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। अध्यक्ष डा. पदमबहादुर खड्काद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सेवाविमुख बनाउने गतिविधिलाई रोक्न समेत सबै पक्षलाई सचेत रहने अपिल गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र आएपछि उदार अर्थनीति लागू भएपछि निजी लगानीमा स्थापना भएका स्वास्थ्य संस्थाहरूले करिब १ लाखभन्दा बढी रोजगारी सृजना गर्दै राष्ट्रको ६५ प्रतिशत नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्‍याइरहेका छन्।’ देशभर ४०१ निजी अस्पताल, करिब २० हजार शय्या, दर्जनौँ मेडिकल कलेज र ३६५…

विस्तृतमा...

गलकोट- काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ । तङ्ग्रामको धाकखोलामा गत वर्ष जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन अधुरै रहेको छ । अहिलेसम्म तङ्ग्राम स्वास्थ्यचौकीको आफ्नै भवन नहुनु दुःखद रहेको भन्दै स्थानीयको अगुवाइमा धाकखोलामा सात रोपनी जग्गा व्यवस्थापनपछि निर्माण थालिएको भवन निर्माण अलपत्र जस्तै बनेको हो । गाउँपालिकाका अध्यक्ष राजु थापाको समन्वयमा रु सात लाख र तङ्ग्रामकै पूर्ववडाध्यक्ष केशव थापाको व्यक्तिगत रु तीन लाख गरी रु १० लाखमा जग्गा खरिद गरेर सङ्घीय…

विस्तृतमा...