काठमाडौँ- देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार छ हजार ६६८ जनामा डेंगु पुष्टि भएको छ। सोही समयमा पाँच डेंगु संक्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा।गोकर्ण दाहालले जानकारी दिए। उनका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छैन। डेंगु संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा पुष्टि भएको छ। बागमतीमा एक हजार ६४९ जनामा डेंगु पुष्टि भएको छ। गण्डकी प्रदेशमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेशमा १३९ जनामा डेंगु पुष्टि भएको छ। चिकित्सकका अनुसार डेंगु…
स्वास्थ्य डायरी
काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेर जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार अवस्थाबारे अवलोकन गरेकी छन्। अवलोकनका क्रममा उनले उपचाररत घाइतेहरूसँग प्रत्यक्ष भेटेर स्वास्थ्यस्थिति बुझिन्। भेटघाटका क्रममा मन्त्री गौतम निकै भावुक बन्न पुगिन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै आँसु झार्दै उनले भनिन्, “घाइतेहरूलाई हेर्दा साँच्चिकै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । सरकारको विरोध गर्ने वा चुनाव भाँड्ने काम नगर्नुस्, म अनुरोध गर्न चाहन्छु ।” स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएपछि भोलिपल्टै पहिलो औपचारिक भेटघाटका रुपमा टिचिङ अस्पताल पुगेकी मन्त्री गौतमले घाइतेहरूको उपचारमा कुनै कमी नभएको पाएको बताइन्।…
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जान लागेका छन्। भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पतीको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनीहरू सिंगापुर जाने तयारीमा रहेका हुन्। यसअघि नेपालमै उपचार भइरहे पनि पूर्ण रूपमा स्वास्थ्य सुधार नदेखिएपछि विदेशमा उपचार गराउने निर्णय गरिएको हो। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा केही दिनमै सिंगापुर प्रस्थान गर्नेछन्। उनले भने, “उहाँ थप उपचारका लागि सिंगापुर जाने तयारीमा हुनुहुन्छ। शीघ्र नै प्रस्थान गर्नुहुन्छ।” प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको थियो। स्वास्थ्यमा केही सुधार आएपछि उनी पार्टी बैठकमा समेत उपस्थित भएका थिए…
काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि ललितपुरस्थित किस्ट अस्पताल तनावग्रस्त भएको छ। आइतबारदेखि नै आक्रोशित आफन्तले सोमबार पनि प्रदर्शन गर्ने भएपछि किस्ट अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अस्पताल परिसरलाई घेरेर राखेको छ । अस्पताल बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्य भेला भएका छन् । त्यहाँ शनिबार एकजना गर्भवतीको ज्यान गएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूले लगाएका छन् । अहिलेसम्म अस्पतालले संवादका लागि नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।
काठमाडौं – नेपालमा नर्सिङ र चिकित्सा शिक्षा क्षेत्रलाई दिगो विकास र दक्ष जनशक्तिको सुनिश्चितताका लागि नयाँ नीति सुझाव प्रधानमन्त्री समक्ष पेश गरिएको छ। मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसन अफ नेपालले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई जलविद्युत् र पूर्वाधार सरह ‘राष्ट्रिय प्राथमिकता’ क्षेत्रको रूपमा घोषणा गर्न र आवश्यक सरकारी सहयोग प्रदान गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष एक राष्ट्रिय स्तरको नीतिगत सुझाव पेश गरेको हाे। एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले पेश गरेको उक्त प्रस्तावमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र आर्थिक दिगोपन सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सिफारिसहरू गरिएका छन्। नेपालको अर्थतन्त्रलाई टेवा दिनका लागि एमबीबीएस कार्यक्रममा विदेशी विद्यार्थीहरूको भर्ना संख्या बढाएर…
काठमाडौँ – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहणसँगै मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता मजबुत बनाउन कर्मचारीलाई कडा निर्देशन दिएकी छन्। जेनजी आन्दोलनका घाइते तथा प्रभावित व्यक्तिहरूलाई निःशुल्क मनोसामाजिक परामर्श प्रदान गर्ने निर्णय पनि उनले सार्वजनिक गरेकी छन्। विज्ञहरूका सुझावका आधारमा प्रभावकारी परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर अघि बढ्ने उनको भनाइ छ। मन्त्रालयअन्तर्गतका शाखा तथा विभागहरूले नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सेवाका क्रममा नागरिकलाई अलमल्याउने वा ढिलाइ गर्ने कार्यलाई समेत भ्रष्टाचारकै रूपमा लिएर त्यस्ता गतिविधि नगर्न चेतावनी दिइन्। “कुनै पनि स्तरमा, कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्। आर्थिक वा प्रशासनिक रूपमा कुनै पनि गलत…
काठमाडाैं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा शपथ ग्रहण गरेपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालिन्। पदभार ग्रहण गरेलगत्तै मन्त्री शर्माले आफ्नो पहिलो निर्णयको रूपमा आन्दोलनबाट प्रभावित घाइतेहरूसहित सबै व्यक्तिहरूका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. शर्मालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका थिए।
काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएकी डा. गौतमसँगै बब्लु गुप्ताले पनि युवा तथा खेलकुद मन्त्रीका रूपमा शपथ लिएका छन्। यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने गरी नाम सिफारिस भए पनि दुवैको शपथ रोकिएको छ। सुनारका पुराना काण्ड–विवाद सार्वजनिक भएपछि उनको शपथ स्थगित गरिएको र श्रेष्ठको शपथ रोकिएको कारण भने खुलाइएको छैन। अनुभवी स्वास्थ्य प्रशासक,…
दार्चुला- दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेकी हुन् । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी थिइन्। विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । “अहिलेसम्म स्त्रीरोग विशेषज्ञ जिल्लाले पाएको थिएन्”, भट्टले भने, “अहिलेका कार्यालय प्रमुखले निकै मेहनतका साथ स्त्रीरोग विशेषज्ञ भित्र्याउनुभयो ।”अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु…
काठमाडाैं- अनुभवी स्वास्थ्य प्रशासक तथा जनस्वास्थ्य विज्ञ डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सम्भावना बलियो भएको छ। प्रधानमन्त्री शुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि गरेका छलफलमा उनको नाम उच्च प्राथमिकतासहित अघि बढाइएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार डा. शर्मा, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तासहित चार मन्त्रीको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। उनीहरूलाई आजै दिउँसो २:३० बजे शपथ दिलाउने तयारी गरिएको छ।सिफारिसअनुसार शर्मा स्वास्थ्य तथा जनसंख्या, सुनार श्रम तथा रोजगार, गुप्ता युवा तथा खेलकुद र श्रेष्ठ भूमिसुधार मन्त्रालयका लागि प्रस्तावित छन्। डा. शर्मा नेपाल चिकित्सक सङ्घको पहिलो महिला अध्यक्ष, पूर्व स्वास्थ्य सचिव, प्रसूति तथा स्त्रीरोग…

