स्वास्थ्य डायरी

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा झाडापखाला (डायरिया) फैलिँदा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । टोलीले अहिले घर–घरमा पुगेर संक्रमित र जोखिममा रहेका व्यक्तिहरूको अवस्था बुझ्दै पखालाको नमुना सङ्कलन गरिरहेको छ । कोचाबखारी स्वास्थ्य चौकी लोखरमका प्रमुख आलोक रञ्जन झाले पखालाको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाउने कार्य जारी रहेको जानकारी दिए । उनले नमुनाको रिपोर्ट प्राप्त भएपछि रोगको कारण पत्ता लगाई थप उपचार र नियन्त्रणका उपायहरू अघि बढाइने बताए । लोखरमको मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एकै परिवारका तीन जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य चौकीका प्रमुख झाले हालसम्म १५ जनाको पखालाको नमुना सङ्कलन गरिएको र स्थानीय…

विस्तृतमा...

सिरहा- यहाँको लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आधुनिक सेवा विस्तार भए पनि जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक संरचना निर्माणका काम रोकिएका छन् ।  अस्पतालमा हाल आधुनिक प्रयोगशाला, डायलाइसिस र विभिन्न विभागका चिकित्सकहरूको सक्रियतामा दैनिक ३०० भन्दा बढी बिरामीको जाँच भइरहेको छ । १५ शय्याबाट एक सय शय्यामा विस्तार भएको अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा अवरोध भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले बताए । उनका अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनाहाका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयमा सिफारिस गरिएको एक वर्ष नाघिसक्दा पनि निर्णय हुन सकेको छैन ।  “लाभकर मिनाहाको…

विस्तृतमा...

राँझा, बाँके- बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीहरुको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता रहेको नेपालगञ्ज–२१ का किमोथेरापी सेवाग्राही बिरामी डिगम्बर रानाले बताए । बुधबार दिनभर पर्खिंदा पनि पालो नपाएपछि बिहीवार अपराह्न मात्र किमोथेरापीका लागि शय्या मिलेको उनको भनाइ छ । अस्पतालमा बिरामीको चाप दैनिक रुपमा बढ्दो छ । बिरामीको सङ्ख्या बढेपछि अहिले अस्पतालले एउटै शय्यामा…

विस्तृतमा...

काठमाडौं- नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ। सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीसहितका पदाधिकारीहरूले शुक्रबार मन्त्री गौतमसँग भेट गरी उनको कार्यकालको शुभकामना व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरेका हुन्। सुझावको मुख्य उद्देश्य प्राथमिक स्वास्थ्य संरचना बलियो बनाउने, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने र सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीच निगरानी तथा जिम्मेवारी स्पष्ट पार्नु रहेको छ। चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर स्वास्थ्य सेवा प्रणालीका प्रमुख चुनौतीहरू समाधान गर्न यी सुझाव दिइएको सङ्घले जनाएको छ। भेटपछि जारी विज्ञप्तिमा सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त…

विस्तृतमा...

काठमाडाैं- उच्च रक्तचाप (ब्लड प्रेसर) नियन्त्रणका लागि विभिन्न औषधिहरू प्रयोग गरिन्छ। तर, सबै औषधि सबै बिरामीका लागि उपयुक्त हुँदैनन्। केही औषधिहरूले मिर्गौलाको कार्यमा असर पुर्‍याउन सक्छन्, मुटुको ताल (रिदम) बिगार्न सक्छन् वा शरीरमा अन्य जटिल समस्या उत्पन्न गर्न सक्छन्। त्यसैले डाक्टरको परामर्शबिना पुराना वा अरूको सिफारिसमा औषधि सेवन गर्नु जोखिमपूर्ण हुन्छ। तल उल्लेखित केही रक्तचाप नियन्त्रणका औषधिहरूबारे जानकारी दिइएको छ, जसप्रति सावधानी अपनाउनु जरुरी छ। १. मिथाइलडोपा यो औषधि पहिले उच्च रक्तचापको उपचारमा प्रायः प्रयोग गरिन्थ्यो, तर अहिले गर्भावस्था–सम्बन्धी वा प्रेरित उच्च रक्तचापमा मात्र सिफारिस गरिन्छ। लामो समयसम्म प्रयोग गर्दा यसले थकान, डिप्रेसन र कलेजोको कार्यमा असर पुर्‍याउन सक्छ। धेरै…

विस्तृतमा...

कर्णाली- विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण गर्न थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको समन्वयमा उक्त प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । यसका लागि सुर्खेत वीरेन्द्रनगरमा तीन दिनसम्म हुने ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजनासम्बन्धी कार्यशाला’ बिहीबारदेखि सञ्चालन भएको छ । कार्यशाला उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि जनशक्ति र स्रोत आवश्यकता औँल्याए । कर्णालीको भूगोलअनुकूल विपद् प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत…

विस्तृतमा...

काठमाडौं- सरकारी ऐनले व्यवस्था गरेअनुसारको पारिश्रमिक, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने मागसहित देशभरका नर्सहरूको आन्दोलन थप तीव्र बनेको छ। नेपाल नर्सिङ संघको नेतृत्वमा सुरु भएको यो आन्दोलन अन्तर्गत शुक्रबार पनि नर्सहरूले आफ्नो कार्यस्थलमा बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरी विरोध प्रदर्शन गरेका छन्। आन्दोलनरत नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले समेत ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भएका छन्। संघले आह्वान गरेको दोस्रो चरणको आन्दोलनअन्तर्गत नर्सहरूले कात्तिक १२ गतेदेखि १८ गतेसम्म बिहान दुई घण्टा सेवा बन्द गर्दै विरोध जनाइरहेका छन्। नर्सिङ संघका अनुसार, कात्तिक १८ गते स्वास्थ्य मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनको आधारमा आगामी चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिनेछ।…

विस्तृतमा...

काठमाडौं- टोखा नगरपालिका–१ झोरस्थित झोर महाकाल स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। केडीसी जनरल अस्पताल र झोर महाकाल स्वास्थ्य चौकीको संयुक्त आयोजनामा तथा बीएम टिबीपी फाउन्डेशनको सहयोगमा गत बुधबार आयोजना गरिएको उक्त शिविरमा ११२ जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ७७ जना महिला र ३५ जना पुरुष रहेका थिए। शिविरमा ५६ जनामा प्रेस्बायोपिया (पढ्ने चस्मा चाहिने समस्या), ८ जनामा क्याटर्याक (मोतिबिन्दु), २६ जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर), १० जनामा ड्राइ आइ (आँखा सुक्ने समस्या) र केहीमा प्टेरिजियम, ट्रिकियासिस, स्यूडोफोल्डर र आँखाको एलर्जी जस्ता समस्या देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।शिविरमा ६० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने…

विस्तृतमा...

काठमाडौं – नेपाल नर्सिङ एसोसियसनले सरकारी नर्स सरह सेवा सुविधा र पारिश्रमिक पाउनुपर्ने मागसहित देशभर सुरु गरेको आन्दोलनको समर्थनमा सिभिल हस्पिटलमा कार्यरत नर्सहरूले पनि आज शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेका छन्। सिभिल हस्पिटल परिसरमा बिहानदेखि नर्सहरूले हातमा विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गर्दै धर्ना बसेका थिए। उनीहरूले “हाम्रो मिहिनेतको उचित मूल्य देऊ”, “नर्सको सम्मान गर”, “बराबरी सेवा सुविधा हाम्रो अधिकार हो” जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। उनीहरूले अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयलाई तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।

विस्तृतमा...

-घनश्याम खरेल, वरिष्ठ न्युरोलोजिष्ट विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी झण्डै १ करोड २२ लाख नयाँ पक्षघात अर्थात् प्यारालाइसिस (स्ट्रोक) का बिरामी फेला पर्छन् । झन् डरलाग्दो कुरा के छ भने, प्रत्येक ४ जनामध्ये एकजनालाई आफ्नो जीवनकालमा एकपटक पक्षघात हुने सम्भावना हुन्छ । त्यस्तै, प्रत्येक ३ सेकेन्डमा एकजनालाई स्ट्रोक हुने तथ्यले यो समस्या कति भयावह बनिसकेको छ भन्ने प्रष्ट पार्छ । नेपालको सन्दर्भमा पनि यो अवस्था चिन्ताजनक छ । पक्षघात भएका ९० प्रतिशत बिरामीहरू गरिब मुलुकमा छन्, जसमा नेपाल पनि पर्दछ । स्वास्थ्य संरचना, जनचेतना र समयमै उपचारको अभावले यहाँ पक्षघातबाट मृत्यु हुने दर बढ्दै गएको छ । पक्षघात कसरी…

विस्तृतमा...