स्वास्थ्य डायरी

राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा तीन जनाको मृत्यु भएको छ। स्वास्थ्यकर्मीहरूले हैजाको संक्रमण फैलिएको आशंका गरेका छन्। गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार, आइतबार साँझसम्म झाडापखालाका ९ बिरामीको दिसाको नमुना संकलन गरी र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो। तीमध्ये ३ जनामा हैजा (कोलेरा भिब्रिओ कोलरी) पोजिटिभ देखिएको छ। आरडीटीमा पोजिटिभ देखिएका बिरामीहरूका नमुना थप पुष्टि गर्नका लागि प्रादेशिक ल्याब जनकपुर पठाइएको उनले जानकारी दिए। पोजिटिभ देखिएका व्यक्तिहरू क्रमशः सुरज सदाका ३ वर्षीय छोरा मनीष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदा हुन्। ‘तीनै जनालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका…

विस्तृतमा...

रुपन्देही- बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झन्डै ९ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवातर्फ, अस्पतालमा भर्ना (इन्डोर) तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी) तर्फ तीन लाख ९५ हजार ६८२, आकस्मिक सेवा तर्फ दुई लाख ६३ हजार ६९५ जना, अस्पतालमा भर्ना (इन्डोर) तर्फ दुई लाख दुई हजार ८४७ जना, प्रसूति गराउने ४६ हजार दुई सय ३८ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । गुणस्तरीय मातृ शिशु…

विस्तृतमा...

बागलुङ- नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । उनले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताए । सो अस्पतालले हाल ६० जना मिर्गौला पीडितलाई नियमित डाइलाइसिस सेवा दिइरहेको छ । “मिर्गौला रोगीको सङ्ख्या बढिरहेको छ, उपचार गर्ने उपकरण र जनशक्ति सीमित छ, पोखरामा डायलाइसिस गरिरहेको थिएँ, अहिले जिल्लाकै अस्पतालबाट सेवा पाएको छु, सेवाका कारण खर्च र समय दुवै बचेको छ, घरबाटै आउन जान सकिन्छ,” उनले भने “अस्पतालले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवाले राहत मिलेको छ ।” अस्पताल भवन र आवश्यक उपकरण थप…

विस्तृतमा...

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो । उम्मेदवारलाई आवेदनका साथ अवधारणा र रणनीतिकपत्र समेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ । साविक गेटा मेडिकल कलेज सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय हो ।

विस्तृतमा...

बागलुङ- बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए। सेवा लिएका मध्ये २७ जना २० वर्षमुनिका रहेका बताइएको छ। आव २०८०/ ८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए। अर्काेतर्फ अझै पनि ‘लाज र डर’का कारण औषधि मार्फत् ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ। यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन्। जिल्लाका १० स्थानीय तहका २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने…

विस्तृतमा...

काठमाडौँ- नेपाल चिकित्सक संघले नयाँ कार्यकारिणी समिति चयनका लागि माघ महिनामा हुने निर्वाचनको मिति सार्वजनिक गरेको छ। संघको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदान दुई चरणमा सम्पन्न हुनेछ। निर्वाचन समितिका अनुसार काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते, र काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान गरिनेछ। मतदाताहरूले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मत खसाल्न पाउने छन्। चुनावको तयारीका लागि डा. प्रणयरत्न शाक्यको नेतृत्वमा प्रमुख निर्वाचन समिति गठन गरिएको छ। समितिमा डा. विवेक राजभण्डारी, डा. अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याल निर्वाचन अधिकृतका रूपमा रहने छन्। आवश्यक परे थप निर्वाचन अधिकृत तोक्ने अधिकार पनि सो…

विस्तृतमा...

काठमाडौं- नेपाल नर्सिङ संघ र सरकारले सहमति गरेपछि नर्स आन्दोलन अन्त्य हुने अपेक्षा गरिएको थियो। तर त्यसको उल्टो भयो। शनिबारको सम्झौतापछि आइतबार आन्दोलनरत नर्सहरू झन् आक्रोशित बनेका छन्। उनीहरूले “अधुरा सम्झौताले नर्सहरूको संघर्षमाथि धोका दिएको” आरोप लगाउँदै संघकै कार्यालय घेरेर विरोध प्रदर्शन गरेका छन्। संघको कार्यालयमा प्रदर्शनपछि आन्दोलनरत नर्सका प्रतिनिधि र संघका पदाधिकारीबीच आकस्मिक छलफल भएको थियो। त्यसपछि संघले आन्दोलनरत पक्षकै माग मान्दै ४८ घण्टाभित्र माग सम्बोधन नभए देशव्यापी रुपमा नर्सिङ सेवा ठप्प पार्ने चेतावनी दिएको छ। संघका महासचिव देवका कुमारी आचार्यले आइतबार राति विज्ञप्ति जारी गर्दै सरकारलाई अन्तिम अल्टिमेटम दिएकी छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारी सरह पारिश्रमिक सुनिश्चित गर्नेबारे…

विस्तृतमा...

सप्तरी- सप्तरीमा झाडापखालाको प्रकोप फैलिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृतकमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। उनका मृत्युहरू हप्तादिनको फरकमा भएका थिए। स्थानीय शिवशंकर सदाका अनुसार, तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखा परेको थियो। समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ। हाल टोलमा झाडापखालाका अन्य बिरामीहरू पनि देखिन थालेका छन्। स्थानीय स्वास्थ्यकर्मीले भने, “झाडापखालाको प्रारम्भिक लक्षण देखिएका १५ भन्दा बढी व्यक्ति रहेको रिपोर्ट आएको छ। आवश्यक परेमा थप स्वास्थ्य टोली परिचालन गरिनेछ।” स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा नमुना सङ्कलन गरी परीक्षणका लागि पठाउने…

विस्तृतमा...

धनुषा, जनकपुरधाम- जिल्लाका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु श्रमशोषणविरुद्ध आन्दोलनमा उत्रिएका छन्। आइतबार उनीहरुले जनकपुरधाममा विरोध जुलुस निकाल्दै स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र काम गर्ने अवस्था सुधार्न माग गरेका छन्। स्वास्थ्यकर्मीहरुले “श्रम शोषण बन्द गर”, “१२ हजार तलबले घर चल्दैन”, “वी वान्ट जस्टिस” जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए। जुलुसपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका थिए। उनका अनुसार निजी अस्पताल तथा स्वास्थ्यसंस्थाहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको छ। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकका साटो ८ हजारदेखि १२ हजारसम्म मात्र तलब दिइएको उनीहरुको आरोप छ। कुनै स्वास्थ्यकर्मीले गुनासो उठाउँदा कामबाटै हटाइने जस्ता कार्यसम्पादन भइरहेका छन्। विगत…

विस्तृतमा...

बागलुङ- चन्दा सङ्कलन गरेर बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ । बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्था, व्यक्तिगत सहयोगका साथै स्थानीय समाजसेवीहरूको सहयोगमा क्लिनिक स्थापना भएको हो । शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिक रु एक लाख नौ हजारको लागतमा स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । औषधि र जनशक्ति भने बागलुङ नगरपालिकाले उपलब्ध गराउने उनले बताए । गाउँघर स्वास्थ्य क्लिनिक सञ्चालनका लागि नगरपालिकाको १५ हजार ४०० रुपैयाँ, नारायणस्थान स्वास्थ्य चौकीको २८ हजार २३०, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन सम्बोधन परियोजनाको…

विस्तृतमा...