बाजुरा- जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जीवनजलको अभाव हुँदा विरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन्। झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन्। झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन्। अस्पतालमा लामोसमयसम्म जीवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जीवनजल नहुँदा…
स्वास्थ्य डायरी
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री डा. सुधा शर्मा गौतमको नेतृत्वमा पहिलो पटक सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) बैठक मंगलबार सम्पन्न भएको छ। मन्त्रालयमा बसेको बैठकले स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र कार्यगत सुधारका लागि तीन बुँदे महत्वपूर्ण निर्णय गरेको छ। बैठकले मन्त्रालय तथा मातहतका विभाग, केन्द्र र महाशाखाहरूलाई परिवर्तित आवश्यकता र जनचाहनाअनुसार स्वास्थ्य प्रणाली सुधारका कार्यक्रम तयार गर्न निर्देशन दिएको छ। सोअनुसार ३० दिनभित्र सम्पन्न गर्न सकिने अल्पकालीन, ६० दिनभित्र शुरू हुने मध्यकालीन, र दीर्घकालमा प्रभाव पार्ने योजनाहरु सहितको सूची मंसिर १२ गतेभित्र मन्त्रालयमा पेश गर्न र नीति, योजना तथा अनुगमन महाशाखाले मंसिर १३ गते एकीकृत प्रतिवेदन प्रस्तुत गर्नेछ। यस्तै,…
काठमाडौँ- आज नेपालसहित विश्वभर विश्व पक्षाघात (स्ट्रोक) दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर २९ मा विश्व स्वास्थ्य सङ्गठनतथा विभिन्न स्वास्थ्य संस्थाहरूको सहकार्यमा यो दिवस मनाइने गरिन्छ। मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध भई अक्सिजन तथा आवश्यक पोषकतत्व पुग्न नसक्दा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउने अवस्थालाई पक्षाघात भनिन्छ। यो एक जटिल र घातक शारीरिक समस्या मानिन्छ। ‘सक्रिय जीवनशैली अपनाऔँ’ भन्ने मूल नारासहित आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। तथ्यांकअनुसार विश्वमा हरेक चार जनामध्ये एकलाई पक्षाघात हुने सम्भावना रहेको छ भने प्रत्येक ६ सेकेन्डमा एक जनाले यसका कारण जीवन गुमाइरहेको जनाइएको छ। नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा. राजु पौडेलका अनुसार अल्पविकसित तथा…
-डा. सूचना मरहठ्ठा उमेर बढेसँगै हाम्रो शरीरमा देखा पर्ने परिवर्तनमध्ये सबैभन्दा छिटो देखिने परिवर्तन छालासम्बन्धी परिवर्तन हो। विशेषगरी ३० वर्ष पार गरेपछि छाला बुढिने गति थप तीव्र हुन्छ। शरीरमा कोल्याजन उत्पादन घट्दै जाँदा अनुहारमा रिङ्कल देखिन थाल्ने, दागधब्बा बढ्ने, छाला खस्रो तथा सुख्खा हुने, चमक हराउने, चाउरी पर्ने जस्ता लक्षण देखापर्छन्। यसैलाई छालाको एजिङ भनिन्छ। छाला बुढ्यौलीका कारण दुई किसिमका हुन्छन्। पहिलो, भित्री अर्थात् वंशाणुगत र हर्मोनल कारण। समयसँगै शरीरभित्रका हर्मोनमा हुने परिवर्तनले छाला टाटिएको, भरिएको जस्तो देखाउने गुण घट्दै जान्छ। दोस्रो, बाहिरी कारण–जसमा यूभी रेडियसन अर्थात् घामको असर मुख्य हो। धुमपान, प्रदूषण, तनाव, खानपानको कमजोरी तथा अनियमित जीवनशैलीले पनि…
बैतडी- सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा सञ्चालनमा आएको छ। गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए। सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराएको थियो। स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउन्ड सेवा प्रदान गरिरहेकी छिन्। यसअघि शिविर सञ्चालन भएका बेलामात्रै गर्भवतीको अल्ट्रासाउन्ड हुने गरेकामा अब नियमित रूपमा सेवा सञ्चालन हुने बताइएको छ। स्वास्थ्य शिविरमार्फत गर्भवतीलाई अल्ट्रासाउन्डमार्फत् सेवा गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा बोहराले बताइन्। अल्ट्रासाउन्ड मार्फत नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुनेछ। उनले भनिन्, ‘गाउँपालिकामा मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्न अभियान…
दार्चुला- दार्चुलाको लेकम गाउँपालिका–२ पिपलकोटकी २४ वर्षीया शीतल लावडको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। सोमबार रातिदेखि सुत्केरी ब्यथा सुरु भएपछि अत्यधिक रक्तस्राव भएको शीतलका परिवारजनले बताएका छन्। राति नै उनलाई गराडीस्थित सर्मोली स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्यकर्मी कविता पोख्रेलका अनुसार प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत उद्धारका लागि प्रक्रिया अघि बढाइएको थियो। यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई औपचारिक रूपमा अनुरोध पत्रसमेत पठाइसकेको थियो। “हेलिकप्टरको तयारी भइरहेको थियो, तर बीचमै बिरामीको अवस्था केही सुधार भएको भन्दै रेफर रोकिएको थियो,” पोख्रेलले भनिन्। केही घण्टापछि शीतलले बच्चा जन्माइन्। तर शिशुको पेटमै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। सुत्केरीको अवस्था फेरि…
काठमाडौं – ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरी हुन भर्ना भएकी बिरामीको मृत्यु पश्चात् अस्पतालमा भएको सांघातिक आक्रमणप्रति एशोसियसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज नेपालले गम्भीर आपत्ति जनाएको छ। घटनाको विषयमा विज्ञप्ति जारी गर्दै एशोसियसनले उपचारसम्बन्धी कुनै पनि विमति विधिसम्मत तथा कानुनी प्रक्रियाबाट समाधान गर्नु पर्ने अधिकार हुँदाहुँदै अस्पतालजस्तो संवेदनशील स्थानमा प्रवेश गरी स्वास्थ्यकर्मीको ज्यानै लिने मनसायका साथ गरिएको आक्रमणले त्रास र आतंक सिर्जना भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो प्रकारको आक्रमण कुनै स्वभाविक असन्तुष्टि नभई पेशेवर गुण्डा परिचालन गरेर अस्पताल र स्वास्थ्यकर्मीमाथि क्षति पुर्याउने नियोजित तथा प्रायोजित हमला हो भन्ने हाम्रो बुझाइ छ।”…
काठमाडौं- ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरीको क्रममा मृत्यु भएकी ३४ वर्षीया मिनाश्री राईका सन्तानको पालनपोषण र शिक्षाको जिम्मा अस्पतालले लिने भएको छ। खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की राईको सुत्केरीपश्चात अत्यधिक रक्तस्रावका कारण मृत्यु भएपछि आफन्तले अस्पतालमाथि लापरबाही गरेको आरोप लगाउँदै प्रदर्शन र तोडफोड गरेका थिए। सोमबार अस्पताल परिसरमा भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज र अश्रुग्याससमेत प्रयोग गरेको थियो। घटनापछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भयो। छलफलपछि अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै राईकी नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमति जनाएको हो। साथै…
काठमाडाैं- फिजियोथेरापी आजको अवस्थामा केवल चोटपटकपछि गरिने साधारण व्यायाम मात्र होइन, शरीरमा देखिने हड्डी, स्नायु, मांसपेसी, सासप्रश्वास र पेल्भिकफ्लोरसम्बन्धी कमजोरी, पीडा वा असन्तुलनलाई वैज्ञानिक विधिबाट सुधार गर्ने अत्यावश्यक उपचार हो। आधुनिक जीवनशैली, लामो समय मोबाइल तथा कम्प्युटरमा बस्ने बानी, प्रसूति पछिका शारीरिक परिवर्तन, जेष्ठ नागरिकमा बढ्दो कमजोरी र खेलकुदमा देखिने चोटपटकका कारण फिजियोथेरापीको आवश्यकता दिनदिनै बढिरहेको छ। शरीरमा आएको समस्या औषधिमात्रले होइन, चलायमान राखेर, मांसपेसी तथा स्नायुको सही कार्यक्षमता फर्काइदिएकाले पनि यसको महत्व अझ बढेको हो। बीएण्डबी अस्पतालकी पेल्भीक फ्लोर फिजियोथेरापिस्ट अस्मु भट्टराई का अनुसार पिसाब, दिशा वा पाठेघरसम्बन्धी समस्या देखिनु पेल्भिक क्षेत्रमा कमजोरी आउनुको मुख्य संकेत हो। शरीरको माथिल्लो…
काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

