धनुषा, जनकपुरधाम- जिल्लाका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु श्रमशोषणविरुद्ध आन्दोलनमा उत्रिएका छन्। आइतबार उनीहरुले जनकपुरधाममा विरोध जुलुस निकाल्दै स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र काम गर्ने अवस्था सुधार्न माग गरेका छन्।

स्वास्थ्यकर्मीहरुले “श्रम शोषण बन्द गर”, “१२ हजार तलबले घर चल्दैन”, “वी वान्ट जस्टिस” जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए। जुलुसपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका थिए।
उनका अनुसार निजी अस्पताल तथा स्वास्थ्यसंस्थाहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको छ। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकका साटो ८ हजारदेखि १२ हजारसम्म मात्र तलब दिइएको उनीहरुको आरोप छ। कुनै स्वास्थ्यकर्मीले गुनासो उठाउँदा कामबाटै हटाइने जस्ता कार्यसम्पादन भइरहेका छन्।

विगत केही दिनअघि स्वास्थ्यकर्मीहरुले प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य निकायमा ज्ञापनपत्र बुझाए पनि समस्या समाधान नहुँदा आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताए। उनीहरुले आगामी दिनमा अझ कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।







