स्वास्थ्य डायरी

काठमाडौँ- तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समयअघिनै जन्मिएका नवजात शिशु दिवसका अवसरमा आँखाको स्वास्थ्यबारे जनचेतना बढाउने उद्देश्यसहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ। मधुमेह र समयपूर्व जन्मिएका शिशुमा देखिने आँखासम्बन्धी समस्या दुई महत्वपूर्ण चुनौती भएकाले समयमै पहिचान, परीक्षण र उपचार अत्यावश्यक रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार विश्वमा हरेक ९ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको र त्यसबाट डायबेटिक रेटिनोप्याथीको जोखिम बढ्ने भएकाले मधुमेह भएका व्यक्तिहरूले नियमित आँखाको परीक्षण गर्नुपर्ने बताइएको छ। यस सन्दर्भमा सचेतनामूलक अडियो–भिडियो निर्माण, सञ्चारमाध्यमसँग सहकार्य, कात्तिक २२ गते प्रतिष्ठानबाट निस्कने र्‍याली, निःशुल्क आँखापरीक्षण, शैक्षिक कार्यक्रम, अन्तर्क्रिया तथा कात्तिक २९ गते योग–जुम्बा आयोजनासहितका गतिविधि सञ्चालन…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्यकर्मीहरूका माग सम्बोधन नभएको गुनासो गर्दै नर्ससहित विभिन्न स्वास्थ्यकर्मी संगठनहरूले मङ्सिर २२ बाट चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका छन्। मन्त्रालयले आफूले गरेको निर्णय र परिपत्र कार्यान्वयन गर्न असफल बनेको आरोप लगाउँदै उनीहरूले विज्ञप्तिमार्फत सडक आन्दोलनको चेतावनी दिएका हुन्। मागप्रति सम्वन्धित निकायले उदासीनता देखाएको, शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको र आफ्ना जायज माग पूरा गर्न सरकार स्वयं जिम्मेवार नभएको स्वास्थ्यसंगठित निकायहरूको आरोप छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २०७९/०६/२४ मा च.नं १८ मार्फत गरेको निर्णयअनुसार नर्स, डेन्टल साइन्स, डेन्टल हाइजेनिस्ट, फर्मासिस्ट, पब्लिक हेल्थ, ल्याब टेक्नोलोजिस्ट, हेल्थ असिस्टेन्ट, सिएमए, रेडियोलोजी, आँखा, फिजियोथेरापी, आयुर्वेद, वैकल्पिक चिकित्सक, चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई सरकार सरह पारिश्रमिक उपलब्ध…

विस्तृतमा...

काठमाडौं- नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ। सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।सहमतिअनुसार कार्यदलले नर्ससहित अन्य विषयको विस्तृत अध्ययन गरी समाधानका लागि ठोस कार्ययोजना तयार गर्न केही समय लाग्ने भएकाले मङ्सिर १५ गतेसम्म म्याद थप्ने निर्णय भएको उहाँले बताए। ‘अहिले कार्यदलले सहमतिअनुसार नर्सको सेवा सुविधा दिनका लागि आफ्नो काम अगाडि बढाएको छ,’ उनले भने, ‘कार्यदलले प्रतिवेदन बुझाएपछि नर्सको सेवा सुविधा लागू हुने छ।’ नर्सको सेवा सुविधाबारे सरकारले मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय…

विस्तृतमा...

सुन्दरहरैंचा(मोरङ) – मोरङमा नेपाल रेडक्रसको एम्बुलेन्समार्फत लागू औषध गाँजा तस्करी भएको खुलासा भएको छ। जहदा गाउँपालिका–३ बाट गाँजा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कार्तिक १९ गते राति विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो बिराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले स.१च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा कालो झोलामा लुकाइ–छिपाइ राखिएको ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलले जानकारी दिए। गाँजासहित पक्राउ परेकामा एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र सोही एम्बुलेन्ससँगै सवारी सञ्चालन गरिरहेका को.३१प ८८८९ नम्बरको मोटरसाइकलका चालक…

विस्तृतमा...

मकवानपुर- हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बिरामी भर्ना गर्ने–नगर्ने र स्वास्थ्य बीमा प्रक्रियासम्बन्धी विवादका क्रममा बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ का अजित विडारीले डा. शाहलाई धकेली मुक्का प्रहार गरेका हुन्। अस्पतालका निर्देशक डा. आकेश प्रजापति अनुसार दुर्घटनामा परी कुहिनोमा सामान्य चोट लागेकी सुरक्षा कँडेललाई उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक उपचारपछि डा. शाहले घाउ सफा गर्ने, टाँका लगाउनुअघि एक दिन अब्जर्भेसनका लागि भर्ना हुनुपर्ने बताउँदा विवाद चर्किएको थियो। भर्ना हुन अस्वीकार गर्दै बिरामी पक्षले रिफर गर्न दबाब दिएपछि विवाद झन् बढेको प्रारम्भिक जानकारी छ। सो क्रममा उपस्थित विडारीले डा.…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले आर्थिक वर्ष २०७७/७८ देखि बाँकी रहेको अस्पतालको २०८१ चैतसम्मको बक्यौता रकम केही दिनअघि मात्र भुक्तानी गरेको बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले जानकारी दिनुभयो । बोर्डले पुरानो भुक्तानी बाँकी नराख्ने गरी नियमित भुक्तानी गर्ने तयारी गरेको उहाँले बताउनुभयो । “धेरै वर्षदेखि अस्पतालबाट भुक्तानीका लागि प्राप्त भएका कागजातको पुनरावलोकन गरी हामीले गत असोजसम्मको बक्यौता रकम निकालेका छौँ”, उनले भने, “अहिले गत चैतसम्मको रकम अस्पताललाई दिएका छौँ ।” उनले यही कात्तिक महिनाभित्रमा वैशाखदेखि असोजसम्मको बाँकी…

विस्तृतमा...

सिरहा- गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा प्रवाह भइरहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताए । उनका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । अध्यक्ष यादवले भने, “पुरानो भवन कामै नलाग्ने गरी ध्वस्त भयो । हाल अर्को विकल्प नहुँदा अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको छौँ…

विस्तृतमा...

काठमाडौं – सरकारले यस आर्थिक वर्ष ०८२/८३ को पहिलो राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलिदेखि सञ्चालन गर्दै छ ।  सामान्यतया हरेक वर्ष यो अभियान पहिलो चरणमा कात्तिक २ र ३ गते र दोस्रो चरणमा वैशाख ६ र ७ गते सञ्चालन हुने गर्दछ । तर, यस वर्ष तिहार लगायतका चाडपर्व परेकाले पहिलो चरणको मिति परिवर्तन गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुई दिने यस राष्ट्रिय अभियानमा करिब २७ लाख पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने २४ लाख बालबालिकालाई जुकाको औषधि वितरण गरिने लक्ष्य लिइएको छ । त्यस्तै, ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल…

विस्तृतमा...

काठमाडाैं- नेपाल मेडिकल काउन्सिलले पदाधिकारी नियुक्तिका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ । काउन्सिलमा रिक्त हुन लागेको उपाध्यक्षसहित आठ सदस्य पदका लागि चुनाव हुन लागेको हो । त्यसका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । तालिकाअनुसार कात्तिक २५ गते प्रथम मतदाता नामावली प्रकाशन गरिने छ भने भोलिपल्ट त्यसउपर दाबी–विरोध, कात्तिक २७ गते सुनुवाई र अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, कात्तिक २८ र ३० गते उम्मेदवारीको मनोनयन पत्र दाखिला, मंसिर १ गते मनोनयन पत्र जाँच्ने तथा उम्मेदवारीको प्रथम नामावली प्रकाशन, २ गते नामावलीउपर दाबी–विरोध, ३ गते त्यसबारे सुनुवाई र नामावली प्रकाशन, ४ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउन मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार, परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडिइसिडी) र व्यवस्थापन महाशाखाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्रिस्तरीय निर्णय अनुसार, परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा. राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र ईडिइसिडीको निर्देशक पदमा डा. रोशन न्यौपाने सरुवा भएका छन्। यसैगरी,…

विस्तृतमा...