स्वास्थ्य डायरी

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमस्थित मुसहर टोलमा फैलिएको झाडापखाला नियन्त्रणका लागि स्थानीय तहले सक्रिय रूपमा काम गरिरहेको छ। छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखाले रोग नियन्त्रण उन्मुख अवस्थामा रहेको जनाएको हो। स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवका अनुसार प्रभावित ३२ जनामध्ये २६ जनाको स्वास्थ्य राम्रो भइसकेको छ भने बाँकी ६ जनाको उपचार जारी छ। उनीहरूको अवस्था पनि सुधारतर्फ रहेको उनले जानकारी दिए। झाडापखालाबाट प्रभावित व्यक्तिहरूको दिसा परीक्षण गर्दा ११ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको छ। केही दिनअघि सोही बस्तीमा एकै परिवारका तीन जनाको झाडापखालाका कारण मृत्यु भएको थियो। मुसहर बस्तीमा खानेपानी, सरसफाइ र शौचालयको अवस्था अत्यन्त कमजोर रहेको अधिकारीहरूले बताएका छन्। अधिकांश…

विस्तृतमा...

कैलाली- सुदूरपश्चिम प्रदेशमा एक हजार ३६२ जना एचआईभी संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो पाँच वर्षमा तीन लाख ५६ हजार ५५१ जनाको परीक्षण गर्दा उनीहरूमा एचआईभी संक्रमण पुष्टि भएको हो। २०७६/७७ आर्थिक वर्षमा १४ हजार ३९८ जनाको परीक्षणमा २८८ जनामा संक्रमण भेटिएको थियो। त्यस्तै २०७७/७८ मा ४० हजार ४४४ जना परीक्षण हुँदा २७९ जनामा संक्रमण पुष्टि भयो। २०७८/७९ मा ९१ हजार ४४ जनामध्ये ३२५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। २०७९/८० मा १ लाख ४४ हजार ६४७ जनालाई परीक्षण गर्दा २५२ जनामा संक्रमण भेटिएको थियो। यस्तै २०८०/८१ मा ६६ हजार १८ जनाको परीक्षण गर्दा…

विस्तृतमा...

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्सको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रूपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा…

विस्तृतमा...

जनकपुरधाम–ढल्केवर सडक खण्डमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्। बुधबार रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा स्वास्थ्यकर्मीहरूले सडकमा बसेर विभिन्न माग राख्दै आन्दोलन जारी राखेका हुन्। जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नभएपछि बाध्य भएर सडकमा प्रदर्शन गर्नुपरेको स्वास्थ्यकर्मी रामविनय ठाकुरले बताए। स्वास्थ्यकर्मीहरूले नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब, करार कर्मचारीलाई हटाएर लोकसेवाबाट नियुक्ति, स्वास्थ्यकर्मीको बीमा र सुरक्षा, हप्ताको ४२ घण्टा मात्रै कार्य लगायत आठ बुँदे माग राखेका छन्। उनीहरूका अनुसार मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले तिनीहरूलाई कार्यान्वयन नगरेको छ।

विस्तृतमा...

काठमाडौं- काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले विभिन्न अस्पतालका क्यान्टिनहरूमा गरेको खाद्य स्वच्छता अनुगमनका क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनलाई सरसफाइमा चरम लापरबाही गरेको भन्दै सात दिनका लागि बन्द गरेको छ। हेल्दी बाइट्स सर्भिसेज प्रालिद्वारा सञ्चालित उक्त क्यान्टिनमा खाद्य रङको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका वस्तु, अस्वच्छ वातावरण, असन्तोषजनक पेस्ट कन्ट्रोल, र लेबलविहीन खाद्य वस्तु प्रयोग गरिएको पाइएपछि तत्काल बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो। अनुगमन टोलीका खाद्य प्रविधिज्ञ अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको पाइएको छ। टोलीले म्याद गुज्रिएको दूध सञ्चालककै उपस्थितिमा नष्ट गरेको जनाएको छ। यस्तै,…

विस्तृतमा...

काठमाडौँ- समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरुमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो । उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिए । तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उनले बताए । ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उनको भनाइ छ । उनका…

विस्तृतमा...

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित मुसहर बस्तीमा फैलिएको झाडापखालाका बिरामीमध्ये अहिले पाँच जनाको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार कुल १६ जनामध्ये बाँकी ११ जना उपचारपछि घर फर्किसकेका छन्। अस्पतालमा उपचारका लागि आएका नौ जनाको नमूना परिक्षणका लागि पठाइएको थियो, जस मध्ये चार जनामा प्रारम्भिकरूपमा हैजाको संक्रमण देखिएको छ। तर, यो आरडीटी परीक्षणबाट मात्र पुष्टि भएकाले हैजाको यकिनका लागि थप कल्चर परीक्षण आवश्यक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चन्द्र भाल झाले जानकारी दिनुभयो। केही दिनभित्रै कल्चर रिपोर्ट आउने र त्यसपछि मुसहर बस्तीमा फैलिएको रोग हैजा हो वा सामान्य…

विस्तृतमा...

रुकुमपूर्व- रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आज र बिहान पौने १० बजे मैकोटकी १५ वर्षीय गर्भवती बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । गर्भवती किशोरीलाई ज्वरोले च्यापेपछि मङ्गलबार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो । स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिए । बच्चा जन्मिने समय मङ्सिर महिना रहेको विष्टले बताए । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताए । राष्ट्रपति महिला…

विस्तृतमा...

काठमाडौं- पछिल्लो साता १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। डोल्पा र मनाङ बाहेक अन्य ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र २४ जनामा डेंगु पुष्टि भएको छ। कुल संक्रमितको संख्या ७ हजार ७५ पुगेको छ। बागमती प्रदेशमा १,७६३, गण्डकीमा १,७७५, लुम्बिनीमा १,१६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेशमा १४७ जनामा डेंगु देखिएको छ। डेंगुका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ। रोग एडीज जातको लामखुट्टेको टोकाइबाट सर्छ र विशेषगरी वर्षायाममा फैलिन्छ। तर चिकित्सकका अनुसार, पछिल्लो समय यो रोग बाह्रै महिनामा देखिन थालेको छ।

विस्तृतमा...

तनहुँ- तनहुँमा दोस्रो पटक मलेरियाको संक्रमण पुष्टि भएको छ। भानु नगरपालिका–११ का ३८ वर्षीय एक पुरुषमा मलेरियाको संक्रमण देखिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलका अनुसार, शान्ति सेना गएर फर्किएका ती व्यक्तिमा मलेरियाको संक्रमण पुष्टि भएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा र रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूले आइतबार समुदायस्तरमा पुगेर रोगको सक्रिय खोज तथा निगरानी अभियान सञ्चालन गरेका छन्। कँडेलले भने, “हाल उहाँ औषधि सेवनपछि पूर्ण रूपमा स्वास्थ्य लाभ गर्नुभएको छ।” यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो संक्रमण पाइएको थियो। स्वास्थ्यकर्मीहरूका अनुसार, मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसका प्रमुख लक्षणमा…

विस्तृतमा...