कर्णाली- सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो । कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख डा श्यामकृष्ण लौडारीका अनुसार गणमा कार्यरत प्रहरी कर्मचारी ३८ महिला र एक सय ९१ पुरुष गरी दुई सय २९ जनाको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको हो । टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी एक महिला र ४७ पुरुष गरी जम्मा ४८ जनाको स्वास्थ्य तथा बिएमआई परीक्षण गरेको हो । उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
स्वास्थ्य डायरी
काठमाडौं– निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ । निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो । सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न…
पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम र बजेट तर्जुमामा हुने दोहोरोपना हटाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जनस्वास्थ्य कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१-८२ मा सम्पादित कामहरूको समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा सहभागी अधिकांशले दोहोरोपनको समाधान गर्दै प्रविधिमैत्री सेवा र नागरिकलाई सहज सेवाका लागि तालिम प्राप्त जनशक्ति आवश्यक रहेकामा जोड दिएका हुन् । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले स्वास्थ्यसम्बन्धी योजना र कार्यक्रमहरू तय गर्दा स्थानीयको आवश्यकताअनुसार तर्जुमा गर्नुपर्नेमा जोड दिए। ‘स्वास्थ्य र शिक्षालाई एकद्वार प्रणालीमार्फत सेवा दिने व्यवस्था हुनुपर्ने हो, अझै पनि धेरै नागरिकहरूले प्रभावकारी स्वास्थ्य सेवा पाउन…
काठमाडौं– सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको हो । बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरेको छ । विभागका चिकित्सक डा सुशान्त भण्डारीले ललितपुरको महालक्ष्मी र भक्तपुरको कमलविनायकमा बालबालिकालाई…
काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत विभिन्न निकायहरूमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) का लागि आर्थिक वर्ष २०८२/८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। सरकारले यो निर्णय स्वास्थ्य सेवाको गुणस्तर सुधार र जनस्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले गरेको बताइएको छ।
राजविराज- गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलिप साहमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने चार जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हातपात तथा तोडफोडको आरोपमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही ठाउँका २४ वर्षीय विनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र सोही ठाउँका २५ वर्षीय रमन यादवमाथि मुद्दा चलाइएको हो। प्रहरीले चारै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। सप्तरीको रुपनी गाउँपालिका–३ हर्दिया टोलकी रेखा यादवले आइतबार जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य…
काठमाडाैं- हाम्स हस्पिटलकी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुजाता पन्तले महिलामा बढ्दो स्तन क्यान्सर जोखिमबारे सचेत रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकी छन्। स्तन तथा महिलासम्बन्धी इमेजिङ विशेषज्ञ रहेकी उनले भनिन्, “स्तन क्यान्सर अहिले विश्वभर महिलामा देखिने सबैभन्दा सामान्य क्यान्सर हो। हरेक वर्ष करिब २० लाखभन्दा बढी महिला प्रभावित हुन्छन्, र नेपालमा पनि यसको संक्रमण तीव्र रूपमा बढिरहेको छ।” उनका अनुसार क्यान्सर भन्नाले शरीरका कोष अनियन्त्रित रूपमा बढ्दै जाने अवस्थालाई जनाउँछ। स्तनमा रहेका दूध बनाउने कोष (लोब्युल्स) वा दूध बग्ने नली (मेमरी डक्ट्स) अनियन्त्रित रूपमा बढ्न थाले स्तन क्यान्सरको सुरुवात हुन्छ। प्रारम्भिक चरणमा उपचार नगरेमा यो रगत वा लिंफाटिक प्रणालीमार्फत…
तनहुँ – तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द गर्न स्थानीयले माग गरेका छन् । सामुदायिक वनका उपभोक्ताले इँटा उद्योगबाट निस्किएको धुँवाले स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेकाले बन्द गर्न माग गर्दै घरेलु तथा पर्यटन कार्यालयमा निवेदन पेस गरेका भद्रु सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चिनबहादुर भण्डारीले जानकारी दिए । उद्योगले कोइलामात्र प्रयोग गरेर इँटा उत्पादन गर्न पाउने प्रावधान भएकामा सञ्चालकले दाउरा प्रयोग गरी निस्केको धुँवाले…
काठमाडौं – पछिल्लो एक सातामा देशभर १८२ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सामान्यतया वर्षायाममा धेरै संक्रमण देखिने भए पनि यस वर्ष कात्तिकको अन्तिम सातासम्म आइपुग्दा पनि डेंगु संक्रमण तल नझरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ। इडिसिडीको पछिल्लो तथ्यांकअनुसार केवल २४ घण्टामा मात्र २६ नयाँ संक्रमित थपिएका छन्। यससँगै अहिले देशभर डेंगु संक्रमितको कुल संख्या ७ हजार ५१९ पुगेको छ। प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेश सबैभन्दा प्रभावित रहेको छ, जहाँ १ हजार ९०८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा १ हजार ८९५, लुम्बिनीमा १ हजार २४७, कोशीमा ९७४, सुदूरपश्चिममा ८२१, कर्णालीमा ५१४ र मधेश प्रदेशमा १६०…
राजविराज- गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको नवजात शिशु सघन कक्ष (एनआइसीयू) मा आइतबार साँझ भएको सर्टसर्किटका कारण एक नवजात शिशु घाइते भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ। सर्टसर्किटका कारण विद्युतीय बल्ब झर्दा आगोको छिटा परेपछि रुपनी गाउँपालिकाको हर्दियाकी रेखा यादवका शिशु घाइते भएका हुन्। घाइते शिशुलाई तुरुन्तै धरानमा थप उपचारका लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ। घटनापछि आक्रोशित परिवारजन तथा जेन–जी समूहका युवाहरु अस्पताल परिसरमा उत्रिँदै विरोध प्रदर्शनमा जुटेका छन्। विरोधकै क्रममा प्रदर्शनकारीले अस्पताल प्रशासनमा धकेलमुक्की र हातपात गरेका छन्। उनीहरू आकस्मिक कक्षसम्म प्रवेश गर्दै कार्यरत चिकित्सकमाथि समेत आक्रमणमा उत्रिएको अस्पतालले बताएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलिप…

