काठमाडौं- काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहोर बाल्न प्रतिबन्ध लगाएको छ। चिसो बढेसँगै सडक, बस्ती तथा खुला स्थानमा प्लास्टिकसहित फोहोर बाल्ने प्रवृत्ति बढेपछि प्रदूषण नियन्त्रणका लागि प्रतिबन्ध लागू गरिएको विभागले जनाएको छ। जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्यधिक बढ्ने गरेको र त्यसमा खुला रूपमा जलाइने वस्तुको भूमिका महत्वपूर्ण रहेको महानगरको निष्कर्ष छ। विभागकी प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य तथा वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न प्रतिबन्ध आवश्यक भएको हो। उनले बालबालिका, ज्येष्ठ नागरिक तथा दम–खोकी, मुटु र दीर्घरोगीहरूमा प्रदूषणको बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिन्। महानगरका अनुसार प्रतिबन्धको उल्लंघन गरे कारबाही…
स्वास्थ्य डायरी
काठमाडाैं- देशभर जलन उपचारका आधारभूत सेवा अभाव हुँदा जलनपीडितको सबैभन्दा ठूलो उपचार गन्तव्य काठमाडौँ बन्न पुगेको छ। कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. शंकरमान राईका अनुसार प्रदेशस्तरमा आवश्यक पूर्वाधार तथा चिकित्सकको अभावले जलनपीडितले जीवनरक्षाका लागि अनिवार्य रूपमा राजधानी धाउनुपर्ने स्थिति बनेको हो। दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रा.डा. राईले सरकारले सातै प्रदेशमा निःशुल्क जलन उपचारको घोषणा गरे पनि प्लास्टिक सर्जन, उपकरण र उपचार सामग्री नै नपुग्दा सेवा प्रभावकारी हुन नसकेको बताए। “प्रदेशमा सेवा विस्तार भइसकेको भए काठमाडौँ पुग्नै नसक्ने धेरैको ज्यान जोगिन्थ्यो,” उनले भने। हाल राजधानीका त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर, पाटन र वीर अस्पताल गरी चारवटा संस्थामै…
दाङ- दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो । प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा…
चितवन- संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै आएको छ । त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको सङ्घका अध्यक्ष नवराज लामिछानेले बताए । उनले भने, “यसअघिका…
काठमाडौं- चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ। सो अवसरमा उनीहरूका बीचमा जर्मन विकास बैंक (केएफडब्लू)को करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि–४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो। सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिँदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिएका थिए। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रूपमा थानकोटमा २५ शय्याको अस्पताल बन्न लागेको हो। यसका लागि केएफडब्लूले प्रारम्भिक खाका स्वीकृत…
काठमाडौं – स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव समेत रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले सरकारी सेवाबाटै राजीनामा दिएका छन्। शुक्रवार स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर उनले राजीनामा पत्र दिएका हुन्। बराकोटीले आफूले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको बताएका छन्। १२ औँ तहका उनको सेवा अवधि अझैँ करिब दुई वर्ष बाँकी नै छ। उनको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।
सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाबाट आठ दिनको अवधिमा ३ जनाको मृत्यु भएपछि हैजा पुष्टि भएको छ। तर संक्रमणको स्रोत भने अझै पहिचान हुन सकेको छैन। कात्तिक ६ गते ३३ वर्षीय बुचन सदाका एक वर्षीय छोरा सञ्जीवको झाडापखालाबाट मृत्यु भयो। एक हप्तापछि कात्तिक ११ मा उनका ६६ वर्षीय बुबा लक्ष्मण र कात्तिक १४ मा चार वर्षीया छोरी राघिनीको पनि निधन भएपछि गाउँपालिकाले अवस्था गम्भीर भएको बुझ्यो। गाउँपालिकाले जीवनजल, औषधि वितरण तथा २४ घण्टा स्वास्थ्यकर्मी परिचालन गरेको छ। अहिलेसम्म ११ जनाको आरडीटी परीक्षण गर्दा पाँचमा हैजा भेटिएको छ, जसको कल्चर रिपोर्टले पनि पुष्टि गरेको छ। तर शुद्ध खानेपानी वितरण सुरु…
बाजुरा – बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ चुथीमा निर्माण भइरहेको १० शैया अस्पतालको काम हाल तीव्र गतिमा अगाडि बढिरहेको छ । हालसम्म निर्माण कार्यको करिब ८५ प्रतिशत प्रगति पूरा भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको ‘एक पालिका, एक अस्पताल’ योजनाअन्तर्गत निर्माण भइरहेको अस्पतालको ठेक्का सम्झौता २०७८ जेठ ५ मा करिब ८ करोड ८७ लाख २६ हजार २ सय १८ रुपैयाँ ६८ पैसामा राजेन्द्र डि.वि.जे.भी. निर्माण सेवासँग सम्झौता भएको थियो । नेपाल सरकार अर्थ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त अस्पतालको कार्य अहिले धमाधम जारी छ । निर्माण सम्झौता भएको १८ महिना भित्र सम्पन्न…
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउने गरी सम्झौता पनि भइसकेको कामपाले जानकारी दिएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले आगामी दिनमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरणमा सहज हुने विश्वास रहेको बताए । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार अहिले कामपाले सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधि वैद्यखानाबाट उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने तयारीका…
काठमाडौँ- स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ । दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । बालबालिकामा कुपोषणको जोखिम हुननदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

