झापा- मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भएको भन्दै चारआलीस्थित मनकामना अस्पताललाई बन्द गर्न निर्देशन दिएको छ। नियमन तथा आवश्यक स्वीकृति बिना सेवा दिँदै आएको अस्पताललाई दर्ता प्रक्रिया पूरा नगरेसम्म पूर्णरूपमा सञ्चालन रोक्न आदेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिएका छन्। नगरपालिका तथा स्वास्थ्य कार्यालय, झापाले गत असोज ३० गते अस्पताललाई सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गरेको थियो। तर, अस्पतालले सो निर्देशिका अनुपालन नगरेपछि मेचीनगरले अस्पताल बन्द गर्ने निर्देशनसहित पत्र पठाएको हो। नगरपालिकाले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा लगायतका सम्बन्धित निकायहरूलाई बोधार्थ जानकारी गराएको छ। नगरको स्वास्थ्य शाखामा…
स्वास्थ्य डायरी
कैलाली- कैलालीको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ । गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर” भनेर सम्बोधन गर्छन् । तर उनी न त डाक्टर न वैद्य नै हुन । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् । हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर…
सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीमा फैलिएको हैजा पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। बस्ती नजिकै बग्ने भलुवाही खोला र स्थानीय पोखरीको पानी नै हैजाको मुख्य स्राेत भएको पुष्टि भएको छ। हैजाका कारण एकै परिवारका दुई बालबालिका सहित तीन जनाको मृत्यु भएपछि स्थानीय तहले स्वास्थ्य कार्यालयसँग समन्वय गरी ७ वटा पानीका नमुना परीक्षण गराएको थियो। परीक्षणमा भलुवाही खोलाको पानी र पोखरीमा हैजाको जीवाणु भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादवले बताए। यादवका अनुसार जोखिमपूर्ण स्रोतको पानी प्रयोग नगर्न जनचेतना फैलाउन तथा निगरानी गर्न बस्तीमा स्वयंसेवक परिचालन गरिएको छ। बस्तीमा हाल १४ जना झाडापखालासँग सम्बन्धित बिरामीको घरमै उपचार भइरहेको उपचारमा…
काठमाडाैं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वार्थ समूहको दबाबमा विगतका सरकारले गरेका निर्णयहरू उल्टाउन माग गरेका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर उनले चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्न र विगतका गलत निर्णय सच्याउन माग गर्दै १० बुँदे ज्ञापनपत्र बुझाएका हुन्। यस्तो छ डा. केसीले बुझाएको ज्ञापनपत्र हामी गत दुई दशकभन्दा लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा सुधार तथा सुशासन र सामाजिक न्यायका लागि संघर्षरत छौँ। यसैबीच विगतका सरकारहरुसँग बारम्बार सम्झौताहरु भए पनि तिनलाई कार्यान्वयन गर्ने बेला विभिन्न स्वार्थ समूहहरुको चलखेलका कारण धेरै सुधारका कामहरु टुंगोमा पुग्न सकेका छैनन्। दलहरुको चरम् भ्रष्टीकरण र अपराधीकरणका कारण सार्वजनिक संस्थाहरु धराशायी…
काठमाडौं- काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहोर बाल्न प्रतिबन्ध लगाएको छ। चिसो बढेसँगै सडक, बस्ती तथा खुला स्थानमा प्लास्टिकसहित फोहोर बाल्ने प्रवृत्ति बढेपछि प्रदूषण नियन्त्रणका लागि प्रतिबन्ध लागू गरिएको विभागले जनाएको छ। जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्यधिक बढ्ने गरेको र त्यसमा खुला रूपमा जलाइने वस्तुको भूमिका महत्वपूर्ण रहेको महानगरको निष्कर्ष छ। विभागकी प्रमुख सरिता राईका अनुसार जनस्वास्थ्य तथा वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न प्रतिबन्ध आवश्यक भएको हो। उनले बालबालिका, ज्येष्ठ नागरिक तथा दम–खोकी, मुटु र दीर्घरोगीहरूमा प्रदूषणको बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिन्। महानगरका अनुसार प्रतिबन्धको उल्लंघन गरे कारबाही…
काठमाडाैं- देशभर जलन उपचारका आधारभूत सेवा अभाव हुँदा जलनपीडितको सबैभन्दा ठूलो उपचार गन्तव्य काठमाडौँ बन्न पुगेको छ। कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. शंकरमान राईका अनुसार प्रदेशस्तरमा आवश्यक पूर्वाधार तथा चिकित्सकको अभावले जलनपीडितले जीवनरक्षाका लागि अनिवार्य रूपमा राजधानी धाउनुपर्ने स्थिति बनेको हो। दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रा.डा. राईले सरकारले सातै प्रदेशमा निःशुल्क जलन उपचारको घोषणा गरे पनि प्लास्टिक सर्जन, उपकरण र उपचार सामग्री नै नपुग्दा सेवा प्रभावकारी हुन नसकेको बताए। “प्रदेशमा सेवा विस्तार भइसकेको भए काठमाडौँ पुग्नै नसक्ने धेरैको ज्यान जोगिन्थ्यो,” उनले भने। हाल राजधानीका त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर, पाटन र वीर अस्पताल गरी चारवटा संस्थामै…
दाङ- दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो । प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा…
चितवन- संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै आएको छ । त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको सङ्घका अध्यक्ष नवराज लामिछानेले बताए । उनले भने, “यसअघिका…
काठमाडौं- चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ। सो अवसरमा उनीहरूका बीचमा जर्मन विकास बैंक (केएफडब्लू)को करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि–४ थानकोटमा बन्न लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालका सन्दर्भमा छलफल भएको थियो। सो अवसरमा नगरप्रमुख गिरीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल भवन बनाउन आफूले निरन्तर पहलकदमी, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिँदै अगामी दिनमा पनि यस्तो कार्य निरन्तर रहने जानकारी दिएका थिए। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रूपमा थानकोटमा २५ शय्याको अस्पताल बन्न लागेको हो। यसका लागि केएफडब्लूले प्रारम्भिक खाका स्वीकृत…
काठमाडौं – स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव समेत रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले सरकारी सेवाबाटै राजीनामा दिएका छन्। शुक्रवार स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर उनले राजीनामा पत्र दिएका हुन्। बराकोटीले आफूले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको बताएका छन्। १२ औँ तहका उनको सेवा अवधि अझैँ करिब दुई वर्ष बाँकी नै छ। उनको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

