स्वास्थ्य डायरी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले निजी अस्पतालहरूमा बढ्दै गएको ठेक्का प्रणाली (कन्ट्र्याक्ट सिस्टम) अन्त्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (युनिफिन)को टोलीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले ठेक्का प्रथा रोक्नका लागि मन्त्रालयले तत्कालै सूचना जारी गर्ने तयारी गरेको बताइन्। मन्त्री शर्माले युनिफिनका मागहरूलाई गम्भीरतापूर्वक लिने उल्लेख गर्दै मन्त्रालयले आवश्यक नीतिगत सुधारका पहल तुरुन्त सुरु गर्ने आश्वासन दिइन्। उनका अनुसार ठेक्कामा सञ्चालन भइरहेका अस्पतालहरूलाई आफ्नै व्यवस्थापनमा ल्याउन निर्देशनात्मक सूचना तयार पारिनेछ। युनिफिनले स्वास्थ्यकर्मीमाथिको श्रमशोषण, मनपरी शुल्क असुल्ने, सेवामा पारदर्शिताको अभाव र प्रशिक्षित जनशक्तिको कमी जस्ता समस्याबारे मन्त्री शर्माको ध्यानाकर्षण गराएको थियो। ज्ञापनपत्रमा स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं – नेपालका औषधि बजारमा लोमस फर्मास्युटिकल्स प्रालिको नाम फेरि विवादमा आएको छ। औषधि व्यवस्था विभागले बुधबार पुनः लोमसले उत्पादन गरेको सेटोफेन (पारासिटामोल ट्याबलेट बीपी) गुणस्तरहीन रहेको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो। विभागका अनुसार सो औषधिको सीटी–११२३ ब्याच नम्बर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड नपुगेको फेला परेको हो। तर यो पहिलो घटना होइन। पछिल्ला वर्षहरूमा सोही कम्पनीका विभिन्न औषधिहरू पटक–पटक गुणस्तरहीन फेला परिरहेका छन्। विभागले पटक–पटक बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता ल्याउन निर्देशन दिए पनि कम्पनीका उत्पादनहरू पुनः बजारमा देखिने क्रम रोकिएको छैन। २०७९ कात्तिक २७ गते, विभागले लोमस फर्मास्युटिकल्सले उत्पादन गरेको एसभीट (भिटामिन सी) औषधि…

विस्तृतमा...

काठमाडौं- वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा निलम ठाकुरले जानकारी दिए । उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताए। “पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ”, उनले भने, “कुन भाइरसका कारणले कुन रोग…

विस्तृतमा...

डडेल्धुरा- सुदूरपश्चिमका ७ पहाडी जिल्लाको स्वास्थ्य उपचारको मुख्य केन्द्रका रूपमा रहेको डडेल्धुरा अस्पतालको सेवा अवस्था पछिल्लो समयमा झन् दयनीय बन्दै गएको छ। पाँच महिनादेखि ठुलो एक्सरे मेसिन बिग्रिएर ठप्प हुँदा बिरामीहरू उपचारका लागि धनगढीसम्म धाउन बाध्य भएका छन्, भने कर्मचारीहरू तलब नपाएर ऋण र जरिवानाको मारमा परेका छन्। अस्पतालमा दुईवटा एक्सरे मेसिनमध्ये सानो मेसिन मात्र सञ्चालनमा रहेको र त्यसबाट हातखुट्टा भाँचिएको सामान्य एक्सरे मात्र गर्न सकिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताइन्। ठुलो एक्सरे मेसिन बिग्रिएपछि ढाड, घाँटी, कम्मरलगायत जटिल खालका एक्सरे हुन नसकेर बिरामीहरूलाई निजी अस्पताल वा धनगढी रेफर गर्नुपर्ने बाध्यता आएको छ। स्थाननीयका अनुसार संघीय अस्पतालका नाममा…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्य सहज बनाउनका लागि देशभर जिल्ला समितिहरू गठन गरी सक्रिय रूपमा काम सुरु गरेको जनाएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरणका लागि मन्त्रीस्तरबाट स्वीकृत “जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२” लागू गरिएको हो। उक्त कार्यविधिअनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) संयोजक रहने गरी ८ सदस्यीय जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिएको छ। गृह मन्त्रालयले कार्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई वर्गीकरण कार्य यथाशिघ्र सम्पन्न गरी विवरण स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा पठाउन निर्देशन…

विस्तृतमा...

काठमाडौँ- काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगर प्रमुख दीपक रिसालले बताए। उनले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिन प्रोत्साहन गर्ने बताए। नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको…

विस्तृतमा...

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिका–४, बगरकोटमा करिब ७ करोड रुपैयाँ लागतमा अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीले नजिकैबाट नै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गरेका छन् । बगरकोटस्थित पुरानो स्वास्थ्य चौकी भवन जीर्ण भई चुहिने अवस्थामा पुगेकाले लामो समयदेखि सेवा सञ्चालनमा कठिनाइ भैरहेको थियो । त्यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले जर्मन विकास बैंकको वैदेशिक ऋण–अनुदानमा नयाँ भवन निर्माणको पहल गरेको हो । भवन निर्माणको जिम्मा धनगढीस्थित उच्चाकोटी निर्माण सेवा प्रालिले पाएको थियो । भ्याटसहित कुल लागत ७ करोड १७ लाख रुपैयाँ रहेको यस परियोजनाको सम्झौता २०७९ फागुन ७ गते गरिएको थियो ।…

विस्तृतमा...

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लूको संक्रमण तीव्र गतिमा फैलिएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीहरू सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा ठूलो चुनौती उत्पन्न भएको छ । संक्रमण तीव्र बन्दै गएपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयलाई तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो । विद्यालयमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूमा ज्वरो, खोकी, टाउको दुख्ने र वान्ता हुने लक्षण देखिन थालेपछि विद्यालय प्रशासनले यस्तो कदम चालेको हो । प्रधानाध्यापक जेस्पुचाका अनुसार विद्यालय कार्तिक ३० गते आइतबारदेखि…

विस्तृतमा...

लुम्बिनी- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ । आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी रहेको एमआरआई मेसिन सञ्चालनपछि चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त हुने उनले बताए । यसैबीच, लुम्बिनी प्रदेशको सुविधासम्पन्न यो अस्पतालमा थप उपकरण जडान तथा सेवा विस्तारमा अस्पताल विकास समितिले प्रयास गरिरहेको समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताएका छन् । सिटीस्क्यान मेसिन खरिदको पनि प्रारम्भ गरिएको छ ।…

विस्तृतमा...

काभ्रेपलान्चोक- जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन् । पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा दुई बेथानचोक र रोशी गाउँ पालिकामा शिविर सञ्चालन भएका हुन् । मङ्गलवार रोशीमा सञ्चालित शिविरबाट पालिकाका ५४७ जना लाभान्वित भएका छन् । तेमाल गाउँपालिकाका केही वडाका स्थानीय पनि शिविरमा सेवा लिन पुगेका थिए । शिविरमा दन्तरोग, छाला तथा यौनरोग, आँखा जाँच, स्त्रीरोग परीक्षणका साथै औषधि तथा चस्मा निःशुल्क वितरण गरिएको थियो । कान्छीमाया सामुदायिक अस्पतालका अनुसार शिविरमा परीक्षण गराएका मध्येमा मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी रोग…

विस्तृतमा...