काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देश गरेको छ । मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचरण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिएका हुन् । उनले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचारसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरिएको बताए । समय पालना र नियमितता, अनुशासन, राजनीतिक प्रभाव पार्न नहुने, राजनीतिमा भाग लिन नहुने, सरकारको आलोचना गर्न नहुनेलगायतका आचरण पालन गर्न भनिएको…
स्वास्थ्य डायरी
काठमाडौँ- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा. केशरबहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहेका डा ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन् । यसअघि, विभागका महानिर्देशक डा टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिएका थिए। डा. बाराकोटीको राजिनामा स्वीकृत भईसकेको थियो ।
काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा परेका छन्। अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा जारी गर्ने वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्याकिङ’ सूचीमा यस वर्ष नेपालका ३१ वैज्ञानिक चयन भएका छन्, जसमा प्रा.डा. शर्मा पनि समावेश छन्। डब्लूएचओको सर्पदंशसम्बन्धी कार्यक्रममार्फत नेपालका तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएका प्रा.डा. शर्मा करिब २५ वर्षदेखि स्वास्थ्य अनुसन्धानमा सक्रिय छन्। उनी उपचार पद्धति, चिकित्सकीय ज्ञान र स्वास्थ्य सेवाको प्रभावकारिता वृद्धि गर्ने क्षेत्रमा निरन्तर काम गरिरहेका छन्। स्कोपस डाटाबेसको विस्तृत सूचकाङ्कका आधारमा तयार हुने उक्त सूची विश्वभरका प्रभावशाली वैज्ञानिकहरूको वार्षिक मूल्यांकनका रूपमा मानिन्छ।…
चितवन- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो । रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरु डा विशाल आचार्य र डा रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ । अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिसकिएको अस्पतालले जनाएको छ । रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो ।”…
कञ्चनपुर- भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगिन । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राम मात्र थियो । उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्थ्यो । तर उनको तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनः स्थापना कक्षमा भर्ना हुन लगाए । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाइन । अहिले उनी दुई साताअघिदेखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनः स्थापना गृहमा छोराको उपचार गराइरहेकी छिन् । “यहाँ भर्ना भएको १० दिन भएको छ, १० दिनमा…
कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरका रूपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको छ । अस्पतालमा मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा सञ्चालन भएपछि दैनिक आउने बिरामीको चाप बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिए । एक महिनाअघि मात्रै अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको थियो । यसले यहाँ उपचार गर्न आउने बिरामीको चाप बढेपछि शय्या अभाव हुन…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ल्याएकी छन् । मन्त्री डा.गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई महिनाभित्र सेवालाई चाँडो बनाउन योजना ल्याएकी मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार मन्त्री डा.गौतमले जेनजी घाइतेको उपचार तथा मनोसामाजिक परामर्श सेवा, सहज, नवजात शिशु मृत्युदर र मातृ मृत्युदर लक्षित विशेष अभियान, सुशासन र सेवा प्रवाह, स्वास्थ्य बिमा सुधार, सार्वजनिक खरिद सुधारसम्बन्धी, वैदेशिक श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको स्वास्थ्य सुधारलगायतका तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना ल्याएकी हुन् । उक्त योजनाअनुसार दुई महिना सञ्चालन गरेर शिशु मृत्युदर र मातृ मृत्युदर…
काठमाडौं – मधुमेह(डाइबिटीज) एक दीर्घकालीन रोग हो जसमा शरीरले रक्तमा सुगर (ग्लुकोज) को मात्रा नियन्त्रण गर्न सक्दैन। सुगर शरीरको मुख्य ऊर्जा स्रोत हो, र यसलाई शरीरमा इन्सुलिन नामक हर्मोनले नियन्त्रण गर्छ। मधुमेहका सामान्य लक्षणहरूमा बारम्बार प्यास लाग्नु, बारम्बार पेशाब लाग्नु, अचानक तौल घट्नु, कमजोरी, थकान, र घाउ चाँडो नभरिनु समावेश छन्। नियन्त्रण नगरेमा यसले मृगौला, आँखा, हृदय र नसा मा दीर्घकालीन असर पुर्याउन सक्छ। मधुमेह भएका बिरामीहरूमा औषधि सुरु गर्न लाज मान्ने वा आलटाल गर्ने प्रवृत्ति हुन्छ। तर ह्याम्स अस्पतालकी डाक्टर सुबी खरेलका अनुसार, यस्तो सोच गलत हो। नियमित औषधि सेवन आवश्यक डाक्टर खरेलले सामान्य अवस्थामा मधुमेह नियन्त्रणका लागि खानपानमा…
काठमाडौं- सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए । उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ । सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा.सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्टाइएको मन्त्रालयले जनाएको छ ।…
काठमाडौँ – स्वास्थ्य सचेतना र सक्रिय जीवनशैली प्रवर्द्धनको उद्देश्यसहित आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइएकाे छ। काठमाडौंको ह्याम्स अस्पतालले दिवसको अवसरमा विशेष वाकाथन कार्यक्रम आयोजना गरेको थियो। अस्पतालबाट सुरु भएको र्याली धुम्बाराही र सुकेधारा हुँदै नारायणगोपाल चोक पुगेर पुनः अस्पतालमै टुंगिएको थियो। कार्यक्रमको प्रारम्भमा मधुमेह विशेषज्ञ डा. विनय भट्टराईले मधुमेह रोगका बिरामीहरूले समयमै रगतको सुगर जाँच गराउनुपर्नेमा जोड दिए। उनका अनुसार धेरैजसो बिरामीमा प्रारम्भिक लक्षण देखिँदैन, तर बेलैमा व्यवस्थापन नगरे रोगले जटिलता निम्त्याउन सक्छ। कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक, विभिन्न विभागका चिकित्सक तथा कर्मचारीहरूको उपस्थितिले जनचेतनालाई थप सुदृढ बनाएको थियो। वाकाथनले सहभागीहरूमा शारीरिक गतिविधि र स्वस्थ जीवनशैलीको महत्त्वको…

