काठमाडौँ- धेरै मानिसले बिहान आँखै खुल्नेबित्तिकै टाउको दुख्ने समस्या भोग्ने गरेका छन्। कसैलाई हल्का दुखाइ हुन्छ भने कसैलाई असह्य पीडा, जसले दिनको सुरुवात नै निरस बनाइदिन्छ। विशेषज्ञहरूका अनुसार बिहानको टाउको दुखाइ सधैँ थकानकै कारण हुँदैन। यसका पछाडि विभिन्न आन्तरिक शारीरिक तथा मानसिक कारणहरू लुकेका हुन सक्छन्। समयमै ध्यान नदिँदा यो समस्या दीर्घकालीन रोगको संकेतसमेत बन्न सक्ने चिकित्सकहरू बताउँछन्। बिहान टाउको दुख्नुका मुख्य कारणहरू यस प्रकार छन्: १. अपर्याप्त वा बिग्रिएको निद्राराति पर्याप्त निद्रा नपुग्नु, बारम्बार निद्रा भंग हुनु वा अबेरसम्म मोबाइल फोन र ल्यापटप प्रयोग गर्नाले दिमागमा तनाव बढ्छ। यसले स्नायु प्रणाली प्रभावित हुँदा बिहान उठ्नेबित्तिकै टाउको दुख्ने समस्या देखिन…
स्वास्थ्य डायरी
मुस्ताङ- माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ–२ स्थित नामासुङ र न्यानोल गाउँमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो । हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरूलाई ज्वरो, रुघाखोकी र निमोनियालगायतका स्वास्थ्य समस्याहरू देखिने सम्भावना हुने भएको स्थानीय नागरिकहरूको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालन…
काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति । मलिन अनुहारले नै भनिरहेको थियो, उनी कुनै समस्यासँग जुधिरहेका छन् । मङ्गलबार सिंहदरबारको गेटमा देखिएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति मागे, “मभित्र जानुछ हजुर ! मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर भित्र नगई भएको छैन ।” प्रहरीलाई बिरामी नातिको उपचारका लागि सहयोग माग्न भित्र जानैपर्ने बाध्यता सुनाए । भट्टले जति नम्र भएर कुरा गर्दै थिए उति नै नम्रतासहित प्रहरीले गृह मन्त्रालयको लेन्डलाइनमा फोन गरेर समस्या सुनाउन र अनुमति माग्न सुझाए । भट्टले तुरुन्तै फोन गरे र उसैगरी समस्या सुनाउँदै भित्र आउने अनुमति मागे । टेलिफोनमा कुरा गरेको दुई…
कञ्चनपुर- कञ्चनपुरमा बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् । चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको भनाइ छ । हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता (भिजिबिलिटी) अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ । “अगाडिदेखि नै गाह्रो हुन्छ, त्यसैले गति कम गरेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ”, उनले…
विराटनगर- सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारी १० वर्ष खाडीमुलुक कुवेतको एक घरमा श्रम गरेर फर्किइन्, तर घर फर्केपछि उनले चरम संघर्ष गर्नुपर्यो । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सहज नहुँदा अन्तर्जातीय विवाह गरेकी सकुन्तलाले मानसिक तनावमा जीवन बिताउनुपरेको थियो । मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक वैदेशिक रोजगारमा गइन् । कमाइ पनि ठीकै भयो, तर घर फर्केपछि परिवारमा कुरा मिल्न सकेन र समाजमा पुनःस्थापित हुन निक्कै चुनौतीको सामना गर्नुपर्यो । सकुन्तला र जीवनकुमारी मात्र होइन, वैदेशिक रोजगारबाट फर्केकाहरूले समाजमा पुनःस्थापित हुनका लागि चुनौती खेप्नुपरिरहेको छ । जसले गर्दा उनीहरूको मानसिक तनाव मात्र बढेको छैन, उनीहरूले विदेशमा सिकेको सीप र…
काठमाडौं- कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंले कलेज स्थापनाकालदेखि नै भिजिटिङ फ्याकल्टीका रूपमा संलग्न रहँदै आएको स्मरण गर्दै कान्तिपुर डेन्टल कलेज काठमाडौं विश्वविद्यालयको लिडिङ कलेज भएको बताए। उनले यहाँबाट उत्पादन भएका डेन्टल जनशक्ति देशका हरेक क्षेत्रमा पुगेको उल्लेख गर्दै डेन्टल क्षेत्र अब केवल ‘जबसिकर’ मात्र नभई ‘जबसृजक’ समेत बन्न थालेको बताए। कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले १८ वर्षे यात्रामा संस्थासँग जोडिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै गुणस्तरीय डेन्टल शिक्षामा कलेजले निरन्तर जोड दिँदै आएको बताए। उनले संस्थाको…
काठमाडौं – नर्सहरूको आन्दोलनपछि माग सम्बोधन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार स्वास्थ्यमन्त्री डा. सुधा शर्मासमक्ष बुझाएको छ। कार्यदलको म्याद मंसिर १५ गते सकिए पनि प्रतिवेदनमा सबै सदस्यको सहमति जुट्न नसक्दा समयमै बुझाउन सकिएको थिएन। सबै सदस्यले अन्ततः सहमति जनाएपछि प्रतिवेदन मन्त्री शर्मालाई बुझाइएको हो। कार्यदलका सदस्य डा. अनुप बास्तोलाका अनुसार प्रतिवेदनमा यसअघि भएका सहमतिहरूलाई व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा स्पष्ट राय–सुझाव तथा आवश्यक कानुनी प्रक्रिया समेटिएको छ। उनका अनुसार प्रतिवेदन सहमति भएका विषयहरूको प्रत्यक्ष कार्यान्वयनमा केन्द्रित रहेको छ। न्यूनतम पारिश्रमिक नपाइएको र श्रम शोषण भइरहेको भन्दै नर्सहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए। स्वास्थ्य मन्त्रालयले पटक–पटक निजी मेडिकल…
काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनलाई विद्युतीय सवारी साधन उपलब्ध गराएको छ। चीनमा निर्मित ‘फोटोन’ ब्रान्डको विद्युतीय सवारी साधन अस्पताललाई हस्तान्तरण गरिएको हो। उक्त सवारी साधनले अस्पतालको सेवा प्रवाह सहज बनाउने र स्थानीय स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो सहयोग चिनियाँ दूतावासले नेपालमा सञ्चालन गर्दै आएको ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत प्रदान गरिएको हो। दूतावासका अनुसार उक्त परियोजनामार्फत स्वास्थ्य, शिक्षा तथा समुदायस्तरका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइएको छ। ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत नेपालमा कार्यान्वयन गरिएको यो सहयोग चौथो कार्यक्रम भएको चिनियाँ दूतावासले जनाएको छ। आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्दै जाने दूतावासको…
काठमाडौं- नेपाल चिकित्सक संघले युरोप–नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त गरेको छ। सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गरेको हो। युरोपमा सक्रिय नेपाली स्वास्थ्य सेवाकर्मीहरूको समाजले पुरस्कारस्वरूप संघलाई एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको जनाएको छ। सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार, सुविधा तथा भत्ताहरू सुनिश्चित गर्न संघले खेलेको भूमिका र गरेको संघर्षको कदर गर्दै यो सम्मान प्रदान गरिएको सोसाइटीले स्पष्ट पारेको छ। अवार्ड ग्रहण कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले यस सम्मानले संघलाई थप जिम्मेवारीबोध गराएको र आगामी दिनमा अझ सक्रिय रूपमा काम गर्ने…
दार्चुला- जिल्ला सदरमुकाम खलङ्गास्थित गल्फैमा निर्माणाधीन जिल्ला अस्पताल दार्चुलाको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा दिन गम्भीर समस्या देखिएको छ। अस्पतालका अधिकांश सेवालाई सहज बनाउने उद्देश्यले ५० शैय्याको नयाँ भवन निर्माण भइरहेको भए पनि निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अघि बढेको सरोकारवालाहरूले बताएका छन्। आर्थिक वर्ष २०७८-७९ को असार २४ गते भवन निर्माणका लागि सम्झौता भएको थियो। तर सम्झौता भएको चार वर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनी श्याम सुन्दर गोर्खा वाईआर जेभीका प्रतिनिधि तथा इन्जिनियर गोकर्णप्रसाद जोशीका अनुसार हालसम्म भवनको दुई तलाको ढलान सम्पन्न भइसकेको छ भने तेस्रो तलाको सेट्रिङको काम भइरहेको छ। सम्झौता…

