काठमाडौँ- नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। संघको निर्वाचन समितिका अनुसार बुधबार दर्ता भएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सह–कोषाध्यक्ष तथा सदस्य पदका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको हो। निर्वाचन तालिकाअनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुनेछ। जसअन्तर्गत अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना रहने गरी प्रादेशिक संयोजकसहित), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ जना निर्वाचित हुनेछन्।
स्वास्थ्य डायरी
काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई अब मास्टर तह सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ। प्रतिष्ठानका अनुसार २०८२ वैशाख २ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्स अन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा उक्त निर्णय गरेको हो। न्याम्सका सहायक डीन (परीक्षा) प्रा. डा. विकास विक्रम सिंह अधिकारीद्वारा जारी सूचनामा यो निर्णय सार्वजनिक गरिएको छ। निर्णयअनुसार चिकित्सा शिक्षा आयोगको मार्गदर्शन बमोजिम फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकले मास्टर तहका विद्यार्थीले पाउने बराबरको निर्वाह भत्ता प्राप्त गर्नेछन्। यसले फेलोसिप अध्ययन गरिरहेका चिकित्सकको आर्थिक भार घट्ने र अध्ययन तथा सेवामा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको…
तनहुँ- तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका ४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताए । योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली वा पोखरा जानुपर्ने बाध्यता अन्त्यका लागि हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरी केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, “अब यहाँका स्थानीयवासीले आँखा उपचारका लागि अन्यत्र जानुपर्दैन । यहाँबाटै नियमित रूपमा उपचारको व्यवस्थाले सर्वसाधारणलाई सहज हुनुका साथै समय र खर्च बचत हुनेछ ।” उपचार केन्द्र शुभारम्भको अवसरमा निःशुल्क आँखा परीक्षण…
काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गरेको जनाइएको छ। डा. रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरमा आपतकालीन तथा ट्रमा सेवाको सुदृढीकरण, सेवा व्यवस्थापन सुधार र जनशक्ति समन्वयमा उल्लेखनीय काम भएको थियो। उनको राजीनामापछि सेन्टरको नेतृत्व व्यवस्थापनसम्बन्धी विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। हालसम्म डा. रिजालको राजीनामा स्वीकृत भएको तथा नयाँ मेडिकल प्रमुख सुपरिटेन्डेन्ट नियुक्ति सम्बन्धी औपचारिक निर्णय भने सम्बन्धित निकायबाट आउन बाँकी रहेको छ।
काठमाडौँ- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रमा फोक्सो तथा श्वासप्रश्वास उपचारसँग सम्बन्धित ‘इन्टरभेन्सनल पल्मोनोलोजी निरन्तर चिकित्सकीय शिक्षा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ‘क्रायो–एयरवे पुनःस्थापना’ विषयमा आयोजित यो कार्यक्रम २०८२ साल पुस ३ गते अस्पतालको सम्मेलन कक्षमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन अस्पतालका अध्यक्ष तथा वरिष्ठ परामर्शदाता चिकित्सक अन्कोलोजिस्ट डा. सुधिप श्रेष्ठको अध्यक्षतामा भएको थियो। उद्घाटन मन्तव्यमा उहाँले अस्पतालमा उपलब्ध इन्टरभेन्सनल पल्मोनोलोजी सेवाको महत्व, यसको निरन्तर विकास तथा अत्याधुनिक श्वासप्रश्वास उपचार सेवाबारे प्रकाश पारे। कार्यक्रमका दोस्रो वक्ता अस्पतालका चिकित्सा निर्देशक तथा वरिष्ठ परामर्शदाता अन्कोलोजिस्ट डा. बिजेशराज घिमिरे रहेका थिए। उनले कार्यक्रमको उद्देश्य, वैज्ञानिक महत्व तथा चिकित्सकीय अभ्यासमा यसले पुर्याउने सकारात्मक प्रभावबारे…
काठमाडौं – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिको लागि तीन पटकको विज्ञापनपछि अन्ततः दुई जनाले आवेदन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका उपसचिव सुरेश कुमार जोशीले यसबारे जानकारी दिएका छन्। विश्वविद्यालयले उपकुलपति पदका लागि पहिलो पटक कात्तिक १६ गते आवेदन खुलाएको थियो। तर आवेदन नै नआएपछि दोस्रो पटक कात्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म आवेदन म्याद थपियो। दोस्रो पटक पनि आवेदन नआएपछि अन्ततः तेस्रो पटक मंसिर २४ गतेदेखि मंसिर २८ गतेसम्म आवेदन दिने विज्ञापन जारी गरियो। उपसचिव जोशीका अनुसार, तेस्रो पटकको विज्ञापनपछि मात्रै दुई जनाले आवेदन दिएका छन्। अब विश्वविद्यालयले कार्यविधिअनुसार आवेदकहरूको योग्यता…
काठमाडौं – जाडो महिनामा प्रायः मानिसका ओठ सुख्खा देखिन्छ। ध्यान नदिँदा ओठ चिरिन थाल्छ, पपडी जम्छ र कहिलेकाहीँ रगत समेत आउन सक्छ। प्रायः यो समस्या शरीरमा पानीको कमी, मौसम परिवर्तन वा ओठ चाट्ने बानीका कारण हुन्छ। तर कहिलेकाहीँ यसले संक्रमण, एलर्जी वा गम्भीर अवस्थामा ओठको क्यान्सरको संकेत दिन सक्छ। पञ्चमुखी अस्पतालका डाक्टर मुकेशका अनुसार, कहिलेकाहीँ ओठमा पपडी जम्नु भिटामिनको कमीका कारण पनि हुन सक्छ। त्यसैले बारम्बार होठ सुकेको वा पपडी लगातार जमिरहेको भए यसलाई बेवास्ता नगरी डाक्टरसँग जाँच गर्नु आवश्यक हुन्छ। ओठको क्यान्सर: लक्षण र कारण ओठको क्यान्सर असामान्य कोशिकाहरूको अनियन्त्रित वृद्धि भएर हुने रोग हो। प्रायः यो रोग ओठको…
काठमाडौँ- हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ । नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० बिरामीमा परीक्षण गर्दा झण्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम खोकी, ३० प्रतिशत र मधुमेहका बिरामी १५ प्रतिशत रहेको मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीले जानकारी दिए । त्यस्तै जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा रहेको पाइएको छ । उनका अनुसार १५ वटा विद्यालयका झण्डै…
चितवन- जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये ६ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् । सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र…
काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन तालिकाअनुसार काठमाडौँ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते मतदान हुनेछ भने काठमाडौँ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान गरिनेछ। आगामी निर्वाचनका लागि संस्थापन पक्षले हालका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजालको नेतृत्वमा टिम बनाएर उम्मेदवारी दिने तयारी गरेको छ। डा. रिजाल नेतृत्वको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बन्ने भएका छन्। त्यस्तै महासचिव पदमा डा. विश्वराज दवाडी र कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्यले उम्मेदवारी दिने तयारी गरेका छन्। डा. दवाडीले यसअघि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी…

