पोखरा- कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । माघ २०७७मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम्म ५१ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख ९कर बाहेक०मा निर्माण गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री…
स्वास्थ्य डायरी
अमेरिका- अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण उक्त देशमा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले राष्ट्रव्यापी रूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ । केन्द्रले विशेष गरी छ महिना भन्दा…
पर्वत- पर्वतको कुश्मानगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ । कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५० जनाभन्दा बढीले परीक्षण गराएका हुन् । परीक्षण गरिएकामध्ये पाँच जनामा जटिल समस्या देखिएकाले शल्यक्रियाका लागि काठमाडौँ रेफर गरिएको कुश्मा नगरपालिका–१२ वडाध्यक्ष झलक रिमालले जानकारी दिए । आर्थिक अभावका कारण मुटुसम्बन्धी समस्या बल्झाएर बसेका ग्रामीण नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको शिविरमा कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाका बिरामीसमेत सहभागी भएका थिए । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको…
बर्दिबास– नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले महोत्तरीको बर्दिबासमा आयोजना गरेको निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बर्दिबास अस्पतालसहित आसपास क्षेत्रका चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको वैज्ञानिक सत्रको नेतृत्व नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर तथा वरिष्ठ कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. बिजेश राज घिमिरेले गरेका थिए। उनले क्यान्सर उपचारमा अस्पतालले अपनाएको समग्र (होलिस्टिक) दृष्टिकोण, बहु–विषयगत उपचार पद्धति, बिरामीको अवस्था अनुसार तयार गरिने व्यक्तिगत उपचार योजना तथा बिरामी केन्द्रित सेवाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाल क्यान्सर अस्पतालकी मार्केटिङ म्यानेजर स्मिता बमले गरेकी थिइन्। कार्यक्रममा विशेष अतिथिका रूपमा जनकी मेडिकल…
बाँके- बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरू आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् । स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूले सहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । जानकी गाउँपालिका–१, साईगाउँ निवासी गुलाम हसमत साई स्वयं कुष्ठरोगबाट प्रभावित छन् । रोगका कारण हात र आँखामा समस्या भएपछि जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालमा लामो समय उपचार गरेपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । स्वास्थ्य लाभ गरेपछि उनले कुष्ठरोग प्रभावितको हितका लागि स्वयं सहायता समूह गठन गरेका छन् । “कुष्ठरोगबाट मैले धेरै दुःख पाएँ, समयमै उपचार…
गण्डकी – गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टीकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका बिरामी महँगो खर्चमा काठमाडौँका अस्पतालमा पुग्न बाध्य छन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार गण्डकी प्रदेशमा हालसम्म मानसिक अस्पताल छैन । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरामा विशिष्टीकृत अस्पताल सरहको मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल गरे पनि त्यसले सार्थकता पाइनसकेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति, कास्की मिलेर…
हेटौँडा- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले हेटौँडामा आयोजना गरेको निरन्तर चिकित्सक शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल चिकित्सक संघ हेटौँडा शाखाको विशेष सहयोगमा सम्पन्न कार्यक्रमले स्थानीय चिकित्सक समुदायसँग बहु–विषयक क्यान्सर उपचार मोडेलबारे महत्वपूर्ण संवाद स्थापित गरेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन नेपाल क्यान्सर अस्पतालकी मार्केटिङ म्यानेजर स्मिता बमले गरेकी थिइन्। वैज्ञानिक सत्रको नेतृत्व अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्टेन्ट मेडिकल अनकोलोजिस्ट डा. सुदीप श्रेष्ठले गरे। उनले क्यान्सर उपचारमा बहु–विषयक मोडेलको आवश्यकता, बिरामीको व्यक्तिगत अवस्था अनुसार उपचार योजना तयार गर्ने प्रक्रिया तथा क्यान्सर अस्पताल ले अपनाइरहेको व्यक्तिकेन्द्रित क्यान्सर उपचार अवधारणाबारे विस्तृत जानकारी दिए।कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.…
विराटनगर- कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो । विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककाले सम्झौता गरेर टुङ्गो लागेपछि बिएससी नर्सिङ्गको कक्षा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गरिने जानकारी दिए । उनले भने, “आगामी माघभित्रमा हामीले धनकुटा अस्पताल प्राप्त गरिसक्छौँ र वैशाखभित्र नर्सिङ्गतर्फको पाठ्यक्रम…
काठमाडौँ- बुढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट तीन जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिए । “सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर शङ्का गर्नेहरू थिए । अहिले हाम्रो नगर अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवाबाट समेत दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको छ”, अधिकारीले भने, “गत सोमबारदेखि बर्थिङ सेन्टरको समेत सुरुआत भएको छ ।”…
स्याङ्जा- पुतलीबजार नगरपालिकाले अब नगरपालिकामा आउने हरेक सेवाग्राहीलाई मधुमेह (सुगर) र रक्तचाप (ब्लड–प्रेसर) परीक्षण सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ। नगरपालिका परिसरमै स्थापित गरिएको यो सेवा नियमित रूपमा संचालन हुने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिएका छन्। उनका अनुसार अब नगरपालिकाको सेवा लिन आउने सर्वसाधारणसँगै जनप्रतिनिधि तथा कर्मचारीले पनि आफ्नो मधुमेह र रक्तचापको अवस्थाबारे तत्कालै स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराएर नगरपालिकाले स्वास्थ्य सचेतना तथा जोखिम पहिचानलाई प्राथमिकतामा राखेको उनले बताए। सेवा शुभारम्भका दिन स्वास्थ्य शाखाका कर्मचारीले सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिहरूको सुगर तथा रक्तचाप जाँच गरी आवश्यक परामर्श र स्वास्थ्य सुझाव दिएका थिए। स्वास्थ्य परीक्षण कार्यक्रमलाई स्वास्थ्य शाखा…

