चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको मङ्सिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख निर्मल घिमिरेकाअनुसार गत आवको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा १२७ र मङ्सिरमा ९६ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको साउनमा ७१, भदौमा ६५, असोजमा १२१, कात्तिकमा १२४ र मङ्सिरमा ५४ जनामा यो रोगको सङ्क्रमण देखिएको घिमिरेले बताए । मौसममा आएको परिवर्तनसँगै यो रोगको सङ्क्रमण विस्तारै घट्दै जाने उनले जानकारी दिए…
स्वास्थ्य डायरी
विराटनगर- नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलार्गन’ औषधिको खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ ले व्यवसायीहरूको माग सम्बोधन गर्दै लिखित प्रतिबद्धता जनाएपछि सङ्घले उक्त निर्णय गरेको हो । सङ्घका अनुसार साेमबार आयातकर्ता कम्पनीले सङ्घको प्रचलित नियमावलीअनुसार म्याद गुज्रिएका औषधिको शतप्रतिशत सोधभर्ना दिने सहमति पत्र पठाएपछि समस्या समाधान भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले व्यवसायीहरूको माग पूरा भएकाले अब एलार्गन कम्पनीका औषधि निर्धक्क खरिद गर्न प्रदेशभरका व्यवसायीहरूलाई आग्रह गरे । आँखासम्बन्धी जेल तथा ड्रपहरू उत्पादन गर्ने एलार्गन कम्पनीको…
मुटु तथा मुटुबाट शरीरका विभिन्न अंगमा रगत आपूर्ति गर्ने नली (धमनी–शिरा) र झिल्लीहरूमा लाग्ने रोगलाई समग्र रूपमा हृदय रोग भनिन्छ। हृदय रोग हाल संसारमै मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा स्थापित भइसकेको छ। यही कारणले यसलाई चिकित्सकहरूले ‘नम्बर वान किलर’ समेत भन्ने गरेका छन्। सन् २०२२ को अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार विश्वभर करिब १९.८ मिलियन मानिसको मृत्यु हृदय रोगका कारण भएको तथ्यांक छ। अझ चिन्ताजनक कुरा के छ भने करिब १० प्रतिशत बिरामी अस्पताल पुग्नुअघि नै मृत्युवरण गर्छन्। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, अत्यधिक तनाव र शारीरिक निष्क्रियता हृदय रोग बढ्नुका प्रमुख कारण हुन्। हृदय रोग लाग्ने मुख्य कारण -अत्यधिक चिल्लो, नुनिलो र…
काठमाडौँ- बीएम फाउण्डेशनले काठमाठौँको टोखा नगरपालिका वडा नम्बर १को झोरमा निःशुल्क पाठेघरको जाँच शिविर सम्पन्न गरेको छ । फाउण्डेशनले कान्तिपुर जनरल अस्पतालसँगको प्राविधिक सहयोगमा शनिबार उक्त शिविर सम्पन्न गरेको हो । शिविर कोओर्डिनेटर तथा केडीसी जनरल अस्पतालकी नर्सिङ सुपरभाइजर मन्दिरा तिमल्सिनाले ८० जनाभन्दा बढी महिला निःशुल्क पाठेघर जाँचको लागि उपस्थित भएको बताएकी छन् । जसमध्ये करिब १२ जनाको पाठेघरको मुखको जाँच पनि गरिएको छ । उनीहरुमा सर्भिकल क्यान्सर छ या छैन भन्ने पत्ता लगाउनको लागि प्याथोलोजि टेस्ट गर्न बसुन्धारा स्थित केडीसी जनरल अस्पताल पठाइएको छ । ‘यसरी फलोअपमा बोलाइएका महिलालाई अस्पतालमा ओपीडी र डाक्टरसँग परामर्श लिनको साथै महिलासम्बन्धी कुनै पनि…
मुगु- मंसिर महिनासँगै बढेको अत्यधिक चिसोले हिमाली जिल्ला मुगुमा जनस्वास्थ्य संकट निम्त्याउन थालेको छ । चिसो मौसम, धुवा–धूलो र कमजोर स्वास्थ्य पूर्वाधारका कारण भाइरल ज्वरो, रुघाखोकी, दम र निमोनियाका बिरामीको संख्या एकाएक बढेको छ । बिरामीको चापले जिल्ला अस्पताल ठिनी भरिभराउ हुन थालेको छ । पछिल्लो एक सातायता चिसो तीव्र रूपमा बढेपछि अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको हो । भाइरल ज्वरो र रुघाखोकी बालबालिका र वृद्धवृद्धामा मात्र होइन, वयस्क उमेर समूहमा पनि फैलिएको छ । सरुवा रोग भएकाले एक जनामा देखिएपछि पूरै परिवारमा फैलिने क्रम बढ्दो रहेको चिकित्सकहरू बताउँछन् । जिल्ला अस्पताल ठिनीमा दैनिक ६० देखि ७० जनासम्म बिरामी…
काठमाडौँ- नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् । नेपाल मदिरा नीति सञ्जाल (नापा)को आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा ‘नेपालमा मदिरा प्रयोगको अवस्था: नीतिगत चुनौती, लत तथा मानसिक स्वास्थ्य’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले मदिराजन्य पदार्थ नियन्त्रणका लागि दीर्घकालीन रणनीति आवश्यक पर्ने बताएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मदिरा नियन्त्रण तुरुन्त नतिजा खोज्ने विषय नभई दीर्घकालीन रूपमा अघि बढ्नुपर्ने बताए । उनले मदिराजन्य पदार्थको सेवन नियन्त्रण गर्दै भावी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि व्यक्ति, परिवार, समाज…
कैलाली- कैलालीमा परिवार व्यवस्थापन सेवा अन्तर्गत सञ्चालित बृहत्त स्वास्थ्य शिविरमा दुई सय ११ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् । सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो । जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका एक सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिए । परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । शिविरमा स्थायी बन्ध्याकरण सेवा लिने महिलाको तुलनामा पुरुषको सङ्ख्या…
काठमाडाैँ- जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीद्वारा सन् २०२४ आर्थिक वर्षमा गरिएको सर्वेक्षण अनुसार, दुरुपयोग अनुभव भएका विद्यार्थीमध्ये ४.६ प्रतिशतले दैनिक औषधि प्रयोग गरेको र ६.३ प्रतिशतले हप्तामा केहीपटक प्रयोग गरेको देखिएको छ । यी दुवै समूह मिलेर करिब १० प्रतिशत हुन्छ । अनुसन्धान टोलीले विद्यार्थीहरूलाई सोधेको थियो कि पछिल्लो वर्षमा ‘मूड बदल्न वा उत्तेजना पाउन’ औषधि निर्धारित मात्राभन्दा बढी वा बारम्बार प्रयोग गरेका थिए कि छैनन् । सर्वेक्षणअनुसार, सबै हाईस्कुल विद्यार्थीमा औषधि दुरुपयोगको दर करिब १.४ प्रतिशत, अर्थात् ७० मध्ये १ जना…
काठमाडौँ – जाडोको मौसममा चिसोबाट बच्न र न्यानोपन कायम राख्न धेरैले सुत्ने बेला सिरक वा कम्बलले अनुहार पूरै ढाक्ने बानी बनाएका हुन्छन्। यो बानी सुरुमा सहज र आरामदायक लागे पनि चिकित्सकहरूका अनुसार यसले निद्रा र श्वासप्रश्वास दुवैमा गम्भीर असर पार्न सक्छ। डाक्टरहरूका अनुसार अनुहार ढाकेर सुत्दा शरीरमा अक्सिजनको मात्रा १५ देखि २० प्रतिशतसम्म घट्न सक्छ। यस अवस्थामा फोक्सोले पर्याप्त अक्सिजन लिन बढी मिहिनेत गर्नुपर्छ, जसको प्रत्यक्ष असर निद्राको गुणस्तरमा पर्छ। यस्तो गर्दा निद्रा बारम्बार टुट्ने, बिहान उठ्दा टाउको गह्रौँ महसुस हुने, थकान, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने जोखिम हुन्छ। अनुहार ढाकेर सुत्नु किन जोखिमपूर्ण ? चिकित्सकीय अध्ययनहरूले अनुहार ढाकेर…
चितवन- जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ। गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ। कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा पाँच हजार ९२३ जनाको नमुना परीक्षण गरिएकामा अहिलेसम्म १७४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । गत आवकोे मङ्सिरसम्ममा एक हजार ४६३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो। गत आवभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो। जिल्लामा गत वर्ष साउनमा १६०,…

