काठमाडौँ – पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली भू–भागका ठुलो जनसङ्ख्याले गलगाँडको गम्भीर समस्या भोग्नुपरेको थियो । घाँटीको अघिल्लो भागमा गलगाँड ९डल्लो० नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । कतिपय स्थानमा गलगाँडलाई सौन्दर्यको प्रतीकका रूपमा समेत लिने गरिएको थियो । यस किसिमको विकृत अवस्थाविरुद्ध सरकारले ‘कण्ठरोग निवारण कार्यक्रम’ अन्तर्गत आयोडिनयुक्त नुनको वितरण अभियान देशव्यापी रूपमा सञ्चालन गरेपछि पछिल्ला वर्षहरूमा गलगाँडको समस्या शून्यमा झरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनअनुसार आयोडिनयुक्त नुनको पहुँच करिब शतप्रतिशत पुगेसँगै आयोडिनको कमीका कारण देखिने गलगाँड रोगको प्रभावकारी निवारण…
स्वास्थ्य डायरी
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्न सक्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएकाले मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने उनको भनाइ छ । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने उनको भनाइ छ । योग ध्यानलाई गाउँगाउँमा पुर्याउनको लागि सबैले प्रयास गर्नुपर्ने उनले बताए । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्याउन आफूले निर्देशन दिइसकेको पुनले बताए…
विराटनगर – नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । प्रहरीले घटनाको…
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारमा जानेका लागि निर्धारित स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महंगो भएको उल्लेख गर्दै पछिल्लो पटक भएको शुल्क वृद्धिमा पुनारवालोकन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको बताए । “स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौ”, उनले भने । मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५०० बनाएको थियो । मन्त्री भण्डारीले वैदेशिक रोजगारी जानेहरुलाई सीपमुलक तालिम दिने बाहानामा विभिन्न ठगीका घटना…
डोटी- दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा निर्माणाधीन अस्पतालको काम लामो समयदेखि सुस्त हुँदा आयोजना अलपत्र पर्ने अवस्थामा पुगेको छ। २०८० असोज ३० गते इन्द्रायणी बिल्डर्स एण्ड सप्लायर्स, काठमाडौँसँग १ करोड ११ लाख ८९ हजार रुपैयाँमा सम्झौता गरी निर्माण सुरु गरिएको अस्पताल तोकिएको समयभन्दा १४ महिना बढी बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन। नगरपालिकाका अनुसार हालसम्म ठेकेदार कम्पनीलाई कामको प्रगतिअनुसार दुई किस्तामा ३६ लाख ८ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। नगरपालिकाका इन्जिनियर शिवबहादुर माझीका अनुसार आर्थिक प्रगतिका हिसाबले हालसम्म करिब ३२ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सम्झौताअनुसार अस्पताल निर्माण २०८१ चैत ३० गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि हालको कार्यप्रगतिले तोकिएको…
काठमाडौँ- पछिल्लो समय नेपालमा युवा पुस्तामाझ भेप (ई–सिगरेट) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। धेरैले भेपलाई चुरोटको विकल्प मात्र होइन, सोख र फेसनको रूपमा समेत प्रयोग गरिरहेका छन्। तर, भेप पनि चुरोटजत्तिकै स्वास्थ्यका लागि हानिकारक हुने विषयमा अधिकांश प्रयोगकर्ता अनविज्ञ रहेको पाइएको छ। क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तरका अनुसार भेपले चुरोटसरह नै मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। उनका अनुसार भेप सेवनले फोक्सो, स्वासनली र मुखको क्यान्सर हुने जोखिम उच्च हुन्छ।उनले भने, ‘भेपले हानी गर्दैन वा चुरोटभन्दा कम हानिकारक हुन्छ भन्ने धारणा पूर्ण रूपमा गलत हो। भेपले पनि फोक्सो, स्वासनली र मुखको क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ।’ डा. अख्तरका…
काठमाडौँ – चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु भएको घटनापछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले औपचारिक रूपमा माफी मागेको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकको कमजोरीबाट शिशुको परिवारमा पर्न गएको पीडाप्रति क्षमायाचना गरेका हुन्। घटनाअनुसार पेट दुखाइ भएपछि गत मंसिर २५ गते एक गर्भवती महिलालाई भेरी अस्पतालको लेबर कक्षामा भर्ना गरिएको थियो। पाठेघरको पानीको फोका फुटेको अवस्थामा अस्पताल भर्ना भएकी ती महिलाको मंसिर २८ गते गर्भ खसेको थियो। २३ हप्तामै जन्मिएका शिशुको तौल मात्र ६१७ ग्राम रहेको र मुटुको चाल अत्यन्तै कमजोर अवस्थामा रहेको अस्पतालले जनाएको छ। चिकित्सकहरूले शिशुमा मुटुको चाल र…
काठमाडौँ- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अब बिरामी र सेवाग्राहीले लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। अस्पतालले हालै नगद भुक्तानी र विभिन्न परीक्षणको रिपोर्ट संकलन गर्न मिल्ने स्वचालित मेसिन (कियोस्क) सञ्चालनमा ल्याएको छ। नयाँ मेसिनमार्फत अब भर्ना बिरामीको शुल्क तिर्न तथा परीक्षणपछि तयार भएका रिपोर्ट लिन सहज हुने अस्पतालले जनाएको छ। यसले काउन्टरमा भीड घटाउनुका साथै सेवाग्राहीको समय बचत हुने अपेक्षा गरिएको छ। यसअघि नै शिक्षण अस्पतालले अनलाइन टिकट काट्ने र वेबसाइटमार्फत रिपोर्ट हेर्ने तथा संकलन गर्ने व्यवस्था लागू गरिसकेको थियो। नयाँ मेसिन थपिएसँगै अस्पतालको सेवा प्रणाली अझै प्रविधिमैत्री र प्रभावकारी बन्ने विश्वास गरिएको छ। अस्पताल प्रशासनका अनुसार डिजिटल…
काठमाडौँ- नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। संघको निर्वाचन समितिका अनुसार बुधबार दर्ता भएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सह–कोषाध्यक्ष तथा सदस्य पदका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको हो। निर्वाचन तालिकाअनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुनेछ। जसअन्तर्गत अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना रहने गरी प्रादेशिक संयोजकसहित), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ जना निर्वाचित हुनेछन्।
काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई अब मास्टर तह सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ। प्रतिष्ठानका अनुसार २०८२ वैशाख २ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्स अन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा उक्त निर्णय गरेको हो। न्याम्सका सहायक डीन (परीक्षा) प्रा. डा. विकास विक्रम सिंह अधिकारीद्वारा जारी सूचनामा यो निर्णय सार्वजनिक गरिएको छ। निर्णयअनुसार चिकित्सा शिक्षा आयोगको मार्गदर्शन बमोजिम फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकले मास्टर तहका विद्यार्थीले पाउने बराबरको निर्वाह भत्ता प्राप्त गर्नेछन्। यसले फेलोसिप अध्ययन गरिरहेका चिकित्सकको आर्थिक भार घट्ने र अध्ययन तथा सेवामा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको…

