स्वास्थ्य डायरी

भोजपुर- आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान सुरु गर्न लागेको हो । नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाका कार्यवाहक सभापति सम्झना प्रधानका अनुसार जिल्लाका सबै ९ वटै स्थानीय तहमा समुदायस्तरमै पुगेर आँखा रोगीको खोजी तथा उपचार अभियान सञ्चालन गरिनेछ । अभियान यही आइतबारदेखि टेम्केमैयुङ गाउँपालिकाबाट सुरु हुने उनले जानकारी दिइन् । “ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै आँखा उपचार सेवा पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन…

विस्तृतमा...

काठमाडौँ – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ । नेपालले यस वर्ष (२०२५) मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) अन्तर्गतका १० मुलुकमध्ये पोलियो भाइरसका शङ्कास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो । डब्लुएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लुएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो । देशभरि नै १५ वर्ष मुनि उमेर समूहमा उक्त सर्भेलेन्स गरिएको हो । ती शङ्कास्पद बिरामीको थाइल्याण्डमा परीक्षण गरिएको हो । परीक्षणका क्रममा भने पोलियो सङ्क्रमण पाइएको छैन । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उनले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन् । उनले भनिन्, “आयुर्वेदको प्रभावकारी र गुणस्तरी उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ ।” आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्नेतर्फ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले योग र ध्यानलाई आयुर्वेद उपचारसँगै लैजान सुझाव दिइन् । स्वास्थ्य जीवन शैली, आहार विहार र व्यवहारलाई आम जनमानससम्म पुर्‍याउन उनले आग्रह समेत गरिन् । स्वास्थ्य बिमा कार्यक्रमको सुधार अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गौतमले…

विस्तृतमा...

काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्। बिहीबार बुटवलमा सम्पन्न आठौं अधिवेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष भट्ट कोरिया सियोलस्थित ह्यांगयांग विश्वविद्यालयबाट जनस्वास्थ्य नीतिमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या विज्ञानमा एमफिल अध्ययन पूरा गरिसकेका छन्। भट्टको नेतृत्वमा नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी, उपाध्यक्षमा मीना श्रेष्ठ, बसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन भएका छन्। महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बिसी, निखिल पोखरेल र अनिल सेन ठकुरी निर्वाचित भएका…

विस्तृतमा...

बर्दिवास- मधेश प्रदेशमा बढ्दै गएको शीतलहरको असर स्वास्थ्य क्षेत्रमा स्पष्ट देखिन थालेको छ। चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बर्दिवास र जलेश्वरस्थित अस्पतालहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। जाडोबाट सबैभन्दा बढी वृद्धवृद्धा र नाबालक प्रभावित भएका छन्। बर्दिवास अस्पतालमा हाल चिसोका कारण दैनिक ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सक डा. रितेस घिमिरेका अनुसार जाडो बढेसँगै रुघाखोकी र निमोनियाका दैनिक ४० भन्दा बढी बिरामी आउने गरेका छन्। त्यसका साथै दम, श्वासप्रश्वास तथा हाडजोर्नीसम्बन्धी समस्याका ३० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। मुटुसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै…

विस्तृतमा...

काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि नेपाल मेडिकल काउन्सिलको निर्वाचन सुरु भएको छ। काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको हो। बिहान ९ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ। निर्वाचन प्रक्रिया भोलिसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। मतदान सुरु भएसँगै राष्ट्रिय सभागृह परिसरमा चिकित्सकहरूको उपस्थिति बढेको छ भने निर्वाचनसम्बन्धी गतिविधिले चहलपहलसमेत बढेको देखिएको छ।

विस्तृतमा...

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ । “तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने…

विस्तृतमा...

सिरहा- अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार शारडा उमाप्रसाद मुरारका अस्पताल आफैँ ४७ वर्षदेखि ‘रोग’ ले थलिएको थियो । त्यो रोग थियो, कानुनी पहिचानको अभाव । रु ७० करोडभन्दा बढी मूल्य पर्ने जग्गामा ठडिएको यो अस्पतालको आफ्नो भन्नु केवल जीर्ण भवन र सेवामात्र थियो, जमिनको स्वामित्व भने अझै दाताकै नाममा थियो । जग्गा आफ्नो नाममा नहुँदा अस्पतालले झन्डै आधा शताब्दी ‘आइसोलेसन’ मा बिताउनुपर्यो । न त यहाँ ठुला भवन बनाउन बजेट आयो, न त आधुनिक उपकरण जडान गर्न कानुनी बाटो खुल्यो । पुस्ता फेरिए तर अस्पतालको ‘लालपुर्जा’ हात लाग्न सकेन । व्याप्त निराशालाई चिर्दै जेनजी आन्दोलनपछिको नयाँ…

विस्तृतमा...

तनहुँ- शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा भिडियो एक्सरे, इसिजी, पिएफटी, ल्याब परीक्षण र निःशुल्क औषधि सेवा उपलब्ध गराइएको थियो । पेट, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसुती, छाला तथा यौन रोग सम्बन्धि सेवा दिइएको ढोरफूलबारी सहिद अस्पतालका प्रमुख डा. विज्ञान क्षेत्रीले जानकारी दिए । उनका अनुसार शिविरबाट महिला, ज्येष्ठ नागरिक शिविरबाट लाभान्वित भएका छन् । शुक्लागण्डकी नगरपालिका–१०, ११ र १२ का विभिन्न गाउँबाट बिरामी स्वास्थ्य परीक्षणका…

विस्तृतमा...

काठमाडौं- बुढ्यौली आफैंमा रोग नभए पनि उमेरसँगै शरीर र मनमा आउने परिवर्तनबारे जानकारी नहुँदा जेष्ठ नागरिक गम्भीर स्वास्थ्य समस्यामा पर्न सक्ने ह्याम्स अस्पतालकी जेरियाट्रिसियन डा. उर्जा भट्टराई बताउँछिन्। उनका अनुसार जेष्ठ नागरिकको व्यक्तिगत व्यवस्थापन भन्नाले आफूमा देखिने शारीरिक तथा मानसिक परिवर्तन बुझ्नु, रोग र त्यसका लक्षण पहिचान गर्न सक्नु, औषधि, खानपिन, व्यायाम तथा जीवनशैलीलाई सचेत रूपमा व्यवस्थित गर्नु हो। औषधि व्यवस्थापन नहुँदा बढ्छ जोखिम डा. भट्टराईका अनुसार धेरैजसो जेष्ठ नागरिकलाई कुन औषधि किन सेवन गरिँदैछ, कहिले खाने, कति समयसम्म खाने र यसको फाइदा–बेफाइदा के हुन् भन्नेबारे पर्याप्त जानकारी हुँदैन। “औषधि सम्बन्धी जानकारी नहुँदा साइड इफेक्ट देखिन सक्छ, औषधि छुट्ने वा…

विस्तृतमा...