स्वास्थ्य डायरी

कैलाली- सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको औषधि आपूर्ति व्यवस्थापन केन्द्रद्वारा गरिएको मेडिकल र फोहोर व्यवस्थापन उपकरण खरिद प्रक्रिया निष्पक्ष नभएको आशङ्का सार्वजनिक लेखा समितिले व्यक्त गरेको छ। समितिले प्रक्रियाको प्रारम्भदेखि उपकरण आपूर्ति र जडानसम्मको अवस्थाको अनुगमन गरेपछि गम्भीर अनियमितताको आधार भेटिएको जनाएको छ। यसै कारण समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि पत्र लेख्ने निर्णय गरेको छ। बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति अक्कलबहादुर रावलले खरिद प्रक्रियामा प्रतिस्पर्धा अनावश्यक रूपमा सङ्कुचित भएको, अधिकांश कम्पनीहरूलाई प्राविधिक बहानामा हटाइएपछि ठेक्का एकल कम्पनीतर्फ मोडिएको बताए। उनले कागजात अध्ययन, स्थलगत निरीक्षण र सरोकारवालासँगको छलफलपछि खरिद प्रणाली नै शंकास्पद देखिएको पनि उल्लेख गरे। समितिले…

विस्तृतमा...

काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशिका पालना नगरे कानुनबमोजिम कारबाही गर्ने बताए । मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ । प्रवक्ता डा बूढाथोकीले निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनविना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो आएको बताए । उनले मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने जानकारी दिए। 

विस्तृतमा...

कोच्ची (भारत)- भारतको केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सोमबार गरिएको मुटु प्रत्यारोपण शल्यक्रिया सफल भएको छ। शल्यक्रियापछि ती नेपाली बिरामीको अवस्था स्थिर रहेको र हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अनुसार बिरामीलाई आगामी ४८ देखि ७२ घण्टासम्म कडा निगरानीमा राखिनेछ। करिब चार घण्टा लामो उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। यस ऐतिहासिक शल्यक्रियासँगै एर्नाकुलम जनरल अस्पताल भारतको पहिलो जिल्ला अस्पताल बनेको छ, जहाँ मुटु प्रत्यारोपण सफलतापूर्वक गरिएको छ। अस्पताल प्रशासनका अनुसार यो प्रत्यारोपण न्यायिक हस्तक्षेपपछि सम्भव भएको हो। प्रत्यारोपण गरिएकी २२ वर्षीया कामी (अर्पणा) एक अनाथ युवती हुन्, जो करिब एक वर्षदेखि भारतमा मुटुरोगको उपचार गराइरहेकी…

विस्तृतमा...

ललितपुर – विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य हेरचाह गर्ने जिम्मेवारीमा रहेका विद्यालय नर्स आफैँ समस्यामा रहेको सरोकार भएकाहरूको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार यहाँ आयोजना गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ समीक्षा कार्यक्रममा स्वयं विद्यालय नर्सहरूले नै आफूहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । दरबन्दीविना करारमा काम गर्नुपरेको, पर्याप्त तलब सुविधा नरहेको, उचित वातावरणमा कम गर्न नपाएको, एकै जना नर्सले एक हजारभन्दा बढी विद्यार्थीलाई सेवा दिनुपर्ने बाध्यता रहेको, विद्यालय प्रशासनबाट असहयोग हुने गरेकोलगायत समस्या कार्यक्रममा व्यक्त गरिएका थिए । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित आदर्शशौल माध्यमिक विद्यालयका नर्स सरस्वती शाक्यले काम गर्ने सकारात्मक वातावरण नहुँदा किशोरकिशोरीको स्वास्थ्य समस्या समाधानमा कठिनाइ…

विस्तृतमा...

लुम्बिनी – बुटवलमा सामुदायिकस्तरमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक सङ्कटमा पर्दै गएपछि विपन्न नागरिक औषधि उपचार कार्यक्रम रोक्नुपर्ने अवस्था आएको जनाएको छ । सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गतको रकम रोकिँदा अस्पतालमा औषधि र उपकरणको आयात रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा समस्या थपिएको जनाउँदै विपन्न नागरिक औषधि उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ । अस्पतालले बुधार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मुटु उपचारका लागि प्रदान गर्दै आएको रु एक लाखसम्मको उपचार सेवा र मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य…

विस्तृतमा...

गण्डकी- गण्डकी प्रदेशमा प्रसूति केन्द्रको सङ्ख्या ३६४ पुगेको छ । प्रसूति केन्द्रको विस्तारसँगै असुरक्षित तरिकाले घरमै सुत्केरी हुने क्रम पनि घट्दो छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले गण्डकीमा घरमै सुत्केरी हुनेको सङ्ख्या वार्षिक २०० भन्दा कम रहेको बताए । उनका अनुसार प्रदेशभित्र शल्यक्रियामार्फत प्रसूति गराउने अस्पताल १८ र जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा रहेका छन् । मनाङबाहेक सबै जिल्लामा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको महाशाखा प्रमुख डा केसीले बताए । मन्त्रालयले प्रसूति केन्द्रको सुदृढीकरणका लागि औजार तथा उपरणको व्यवस्था, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ…

विस्तृतमा...

भक्तपुर- भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ । आजदेखि सुरु भएको शिविर यही पुस ११ गतेसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटुरोगको प्रारम्भिक परीक्षण सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए । शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण हुने जनाइएको छ । नगरपालिकाले च्यामासिंहस्थित बागीश्वरी कलेज, न्यातापोल सेकेण्डरी स्कुल, बागेश्वरी माध्यमिक विद्यालय र खोप्रिङ इङ्लिस एकेडेमीमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको उनले बताए ।

विस्तृतमा...

सुर्खेत- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिनामा संलग्न तीन जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ। अदालतले अस्पतालका दुई कर्मचारी र एक बैंक कर्मचारीसहित तीन जनाले २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालीन लेखा अधिकृत शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर तृप्ति शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टर इन्चार्ज गोमा सिंजाली मगर विरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। अदालतको निर्णयअनुसार, १ साउन २०८० देखि ३२ साउन २०८१ सम्म संकलन भएको ३४ लाख ३ हजार ८ सय ५६ रुपैयाँमध्ये ८ लाख ३६ हजार…

विस्तृतमा...

पर्वत- दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा रहेको पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । गत साउनमा पैयूँ आधारभूत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम विन्दु कायम गर्ने स्वास्थ्य बिमा बोर्डले निर्णय गरेको थियो । सोहीअनुसार गत भदौ २ गते स्वास्थ्य बिमा बोर्डसँग अस्पतालले समझदारी गरी आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि अस्पतालबाट गत बिहीबारदेखि विधिवत् रूपमा स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गर्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले विकट गाउँमै स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्थानीय लाभान्वित हुने बताए । उनले लामो प्रयासपछि जिल्ला सदरमुकामभन्दा बाहिर रहेको अस्पतालमा बिमा कार्यक्रम लागू गर्न सफल भएको बताए ।…

विस्तृतमा...

भोजपुर – भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरू पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा उपचारका लागि आउने बिरामीको चाप उल्लेखनीय रूपमा बढेको प्रमुख नुतन महतो बताए । केन्द्रका अनुसार हाल दैनिक रूपमा १०० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन् । केन्द्रमा पेट, अल्सर, नसा च्यापिएको, पायल्स, ढाड दुख्ने समस्या, जन्डिस, ग्यास्ट्रिक, दम–खोकी, हाडजोर्नी तथा महिनावारी, पिनास, रोगका बिरामी सङ्ख्या बढी आउने कार्यालय प्रमुख महतोले जानकारी दिए ।…

विस्तृतमा...