स्वास्थ्य डायरी

धनगढी – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस भएको छ। उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीका अनुसार उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। नाम सिफारिस सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनलाई गरिएको छ। उपकुलपतिका लागि आवेदन कम परेकाले एक मात्र नाम सिफारिस भएको छ। रजिष्ट्रारको लागि १० जनाबाट सात जनालाई अन्तर्वार्तामा डाकिएको थियो र अन्ततः तीन जनाको नाम सिफारिस गरिएको छ। समितिले सिफारिसमा परेको व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। उपकुलपतिका लागि आवेदन नपरेपछि समितिले तेस्रो पटक आवेदन आह्वान गरेको थियो। दुई पटक…

विस्तृतमा...

विराटनगर – मोरङ प्रहरीले आइतबार राति पनि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन गोली चलाएको छ। आइतबार करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५, लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा बरामद गरेको हो। घटनामा धनकुटाको सहिदभूमि–६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी–२ का २० वर्षीय खगेन्द्र लिम्बू पक्राउ परेका छन्। मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कवित कटवालका अनुसार, एम्बुलेन्सलाई रोक्न खोज्दा चालकहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो। त्यसअघि शनिबार राति जहदा गाउँपालिका–२, तारिगामाबाट ३३० किलो गाँजासहित भारतीय नागरिक २४ वर्षीय अबुल हसन र ३० वर्षीय…

विस्तृतमा...

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको छ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र जोमसोमले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म चार हजार २१० जनाको आँखा परीक्षण गरेको हो । सन् २००९ देखि सामुदायिक आँखा केन्द्रले यहाँ आँखासम्बन्धी सेवा प्रवाह दिँदै आएको छ । आज यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठकमा केन्द्र प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले कार्यप्रगतिबारे जानकारी दिए । उनले स्थापनाकालदेखि १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण र ५३५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जानकारी दिए। नेत्र अधिकृत…

विस्तृतमा...

काठमाडाैँ – बङ्गलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेङ्गुबाट सङ्क्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या नोभेम्बर सङ्क्रमित भएको सङ्ख्याको एक तिहाई मात्र हो । नोभेम्बरमा कुल २४ हजार ५३५ व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको थियो । महानिर्देशनालयका अनुसार डेङ्गुका सङ्क्रमितमध्ये डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२४ मा एक लाखभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भएका थिए भने ५७५ जनाको मृत्यु भएको थियो । बङ्गलादेशले सन् २०२३ मा…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए। उनले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गरे। “आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन अनुरोध छ”, प्रवक्ता डा. बुढाथोकीले भने…

विस्तृतमा...

पाल्पा – नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले पाल्पामा क्यान्सर उपचारसम्बन्धी निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न गरेको छ। क्यान्सर उपचारमा बहु–विषयगत र व्यक्तिकेन्द्रित उपचार पद्धतिको महत्वबारे केन्द्रित उक्त कार्यक्रम शनिबार आयोजना गरिएको हो। कार्यक्रममा पाल्पा जिल्लामा कार्यरत चिकित्सकहरूबीच क्यान्सर उपचारका आधुनिक अभ्यास, उपचारमा विभिन्न विषयका चिकित्सकको संयुक्त भूमिकाको आवश्यकता तथा बिरामीअनुकूल उपचार प्रणालीबारे ज्ञान आदानप्रदान र अन्तरक्रियात्मक छलफल गरिएको थियो। कार्यक्रमका विशेष अतिथिका रूपमा लुम्बिनी मेडिकल कलेजका सह–प्राध्यापक तथा प्राचार्य डा. राजु प्रसाद शाक्य र नेपाल चिकित्सक संघका अध्यक्ष प्रा. डा. निल राज शर्मा सहभागी हुँदै क्यान्सर उपचारमा बहु–विषयगत टोलीको अवधारणाले उपचारको गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रमको नेतृत्व…

विस्तृतमा...

काठमाडौं- काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिका–६ र ७ (रामकोट) का पाँच वटा तरकारी फार्ममा परीक्षण गरेको थियो। विभागले पाँचै फार्मका साग र गोलभेँडाबाट १४ वटा नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गरेको थियो। परीक्षणको नतिजा अनुसार चारवटा फार्मको रायो साग र गोलभेँडा मापदण्डभित्र रहे पनि एउटा फार्मको रायो सागमा अत्यधिक विषादी रहेको पाइएको छ। परीक्षणमा उक्त सागमा अर्गानोफस्फोरस वर्गको विषादी ९९.५२९ प्रतिशत रहेको देखिएको छ। सरकारले ३५ प्रतिशतभन्दा कम मात्रामा विषादी भेटिएमा मात्रै खाद्यजन्य सामग्री उपभोगयोग्य मानेको छ। अत्यधिक विषादी भएको…

विस्तृतमा...

काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि अध्यक्षका उम्मेदवार डा. मंगल रावलले आफ्नो नेतृत्वमा चुनावी प्यानल सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विशेष कार्यक्रममा डा. रावलले चार मुख्य प्रतिबद्धता, चार एजेन्डा र विस्तृत संकल्प पत्रसहित आफ्नो टिम घोषणा गरेका हुन्। डा. रावल नेतृत्वको टिमले पेशागत एनएमए, सहभागीतामूलक एनएमए, सेवामूलक एनएमए र पारदर्शी एनएमए गरी चार मुख्य प्रतिबद्धता अघि सारेको छ। य पत्रकार सम्मेलनमा सार्वजनिक संकल्प पत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम वा अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र चिकित्सकको हितमा कुनै हानी नपुर्‍याउने स्पष्ट प्रतिवद्धता गरिएको छ। साथै एनएमएका गतिविधिमा राजनीतिक…

विस्तृतमा...

उदयपुर – शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्धवृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताए । जोगीदह हाडखोलाका कृष्णदेव चौधरी भन्छन्, “तीन दिनदेखि लगातार शीतलहर चलिरहेको छ, गाउँघरका बूढापाका सबै घर बाहिर निस्कन सकेका छैनन्, घरमै घुर तापेर बस्नु परेको छ ।” उनका अनुसार चिसो बढेका कारण आफूहरू पनि खेतबारी, वनजङ्गल घाँसदाउरा गर्नसमेत नसकिएको कारण गाईवस्तुलाई घाँस समस्या परेको छ । चिसोको कारण विद्यालय जाने साना नानीहरू विद्यालय जान नसकेका मोथ्याईका रामकृष्ण राजधामीले बताए । सत्यदेवी मावि भुल्केका शिक्षिका सम्झना आचार्यका अनुसार…

विस्तृतमा...

जनकपुरधाम- मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विपिनकुमार झाद्वारा प्रस्तुत विवरण अनुसार नसर्ने रोगका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिले सर्नेभन्दा बढी नसर्ने रोगका बिरामी बढ्दै गएका उनले बताए । नसर्नेमा मुख्य गरी मुटु रोग, मधुमेह, क्यान्सर, तथा दीर्घ श्वासप्रश्वासका बिरामी रहेका डा. झाले जानकारी दिए । उनले करिब ३० वर्ष अघि विश्व स्वास्थ्य सङ्गठनले…

विस्तृतमा...