सुनसरी- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा डा अन्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपत्कालीन तथा आपत्कालीन स्वास्थ्य सेवा (इएचएस) सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना (ओपिडी तथा आइपिडी) सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ । उक्त प्रयोजनका लागि हाल सञ्चालनमा रहेका आपत्कालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला यही पुस ५ गतेदेखि सञ्चालन सुरु गरिएको प्रधानले जानकारी दिइन् । यसअघि आपत्कालीन ल्याबबाट सीमित प्रकारका परीक्षण…
स्वास्थ्य डायरी
भक्तपुर- बागमती प्रदेश सरकारले आफ्ना मातहतका अस्पतालहरूको सेवा सुधार्न विशेष अनुगमन तथा निरीक्षण अभियान सुरु गरेको छ। प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमसहितको टोलीले मंगलबार भक्तपुर अस्पतालको स्थलगत निरीक्षण गर्दै यो अभियानको थालनी गरेको हो। प्रदेशभित्रका सबै सरकारी अस्पताललाई जनसेवामैत्री, सुविधासम्पन्न र उत्कृष्ट बनाउने लक्ष्यका साथ सरकारले यो कदम चालेको हो। टोलीले वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिने भक्तपुर अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र बिरामीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ। प्रमुख सचिव अधिकारीले बिरामीका शय्यामै पुगेर उपचारको गुणस्तर र अस्पतालको व्यवस्थापनबारे सोधपुछ गरेका थिए। थोरै जनशक्ति र सीमित स्रोतसाधनका बाबजुद पनि भक्तपुर अस्पतालले गुणस्तरीय…
कैलाली- कोरोना महामारीका बेला भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ हाल प्रयोगविहीन अवस्थामा छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा सङ्घीय सरकारले तीन वर्षअघि निर्माण गरेको उक्त संरचना स्वामित्व हस्तान्तरण नहुँदा जीर्ण बन्दै गएको हो। निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने विषयमा कुनै निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। “होल्डिङ सेन्टरको स्वामित्व तीनै तहका सरकारमध्ये कसले लिने भन्ने विषय अहिलेसम्म टुंगोमा पुगेको छैन,” उनले भने, “एक पटक रक्षा मन्त्रालयले स्वामित्व र सञ्चालन ढाँचाबारे अध्ययन गर्न समिति गठन गरेको थियो, तर त्यसपछि…
काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत हालै वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ। शुल्क खारेज भएसँगै साविककै दर कायम भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याएको थियो। यसअघि उक्त शुल्क ६ हजार ५ सय रुपैयाँ मात्र थियो। शुल्क वृद्धिको निर्णयविरुद्ध वैदेशिक रोजगार व्यवसायीहरूले विरोध जनाउँदै आएका थिए। श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको जानकारी दिएका छन्। मन्त्रालयले ३४ प्रकारका स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क बढाएको भए पनि त्यस्तो व्यवस्था आवश्यक नरहेको…
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा उनलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा आरोपपत्र दायर गरेको हो। अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतकाे बिहार परीक्षा बाेर्ड, पटनाबाट प्राप्त गरेको एसएससीकाे प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ। सो प्रमाणपत्र प्रयोग गरी उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पाेस्ट बेसिक ब्याचुलर इन नर्सिङको योग्यतासमेत प्राप्त गरेको देखिएको छ। त्यसका आधारमा गिरीले नक्कली प्रमाणपत्र पेश गरी २०५२/०९/१६ मा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा…
म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए । गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुने गरी पालिकाका आठवटै वडाका नागरिकलाई स्वास्थ्य उपचारमा एम्बुलेन्स सेवा उपलब्ध हुने उनले बताए । एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले एक जना चालक र एक जना नर्ससमेत व्यवस्थापन गरेको छ । आपत्कालीन…
काठमाडौँ – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो । साेमबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो । कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताए । उनले भने, “खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न…
काठमाडौँ- जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उनको भनाइ छ । गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताए । गत वर्ष जापानिज…
काठमाडौँ- सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ । अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरूप पछिल्लो तीन वर्षमा दुई वटा नयाँ ‘मोड्युलर अप्रेशन थियटर’को निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ । मेडिकल कलेजको लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी राखिएको छ । इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयमा टेलिमेडिसिन सेवासमेत सञ्चालन हुँदै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै…
काठमाडौं- काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ समूहको विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ थरी तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको हो। विषादीको मात्रा अत्यन्तै उच्च भएकाले उक्त रायो साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य रहेको समितिले स्पष्ट पारेको छ। सरकारी मापदण्डअनुसार अर्गानोफस्फेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि…

