काठमाडौं- काठमाडौं उपत्यकामा आजदेखि नेपाल मेडिकल काउन्सिलको निर्वाचन सुरु भएको छ। काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको हो।
बिहान ९ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ। निर्वाचन प्रक्रिया भोलिसम्म चल्ने निर्वाचन समितिले जनाएको छ।
मतदान सुरु भएसँगै राष्ट्रिय सभागृह परिसरमा चिकित्सकहरूको उपस्थिति बढेको छ भने निर्वाचनसम्बन्धी गतिविधिले चहलपहलसमेत बढेको देखिएको छ।
Last Modified Date: २०८२ पुष ११, शुक्रबार








