काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त भएका छन्। कुलपति स्तरको निर्णयअनुसार प्रतिष्ठानका रजिस्ट्रार लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।
लम्सालले निमित्त उपकुलपतिको नियुक्ति पत्र समेत बुझिसकेका छन्। नियुक्ति पत्रमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको सम्पूर्ण शैक्षिक, आर्थिक तथा प्रशासनिक कामकारबाही सुचारु राख्ने जिम्मेवारी उनलाई प्रदान गरिएको उल्लेख छ।
प्रतिष्ठानका अनुसार लम्साललाई शैक्षिक, आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।
Last Modified Date: २०८२ पुष ३०, बुधबार








