काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन्।
नवनियुक्त डिन प्रा.डा. प्रधान २३ वर्षदेखि प्रतिष्ठानमा चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय छन्। उनी प्रतिष्ठानका वरिष्ठ अर्थोपेडिक्स सर्जन र प्राध्यापकसमेत हुन्।
डा. प्रधानले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको चिकित्सा शिक्षा, क्लिनिकल सेवा र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनी चीनको पेकिङ युनिभर्सिटीबाट अर्थोपेडिक्समा एमएस गरेका हुन्।
जोर्नी प्रत्यारोपण र काँधसम्बन्धी शल्यक्रियामा विशेष दक्षता राख्ने डा. प्रधानलाई अनुभवी चिकित्सक र शिक्षकको रूपमा चिनिन्छ। उनको नेतृत्वमा स्कुल अफ मेडिसिनले शिक्षा, सेवा र अनुसन्धान क्षेत्रमा अझ मजबुत प्रगति गर्ने अपेक्षा गरिएको छ।
Last Modified Date: २०८२ माघ १२, सोमबार







