स्वास्थ्य डायरी

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर भाइरल ज्वरो र रुघाखोकीका बिरामीको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ। मौसम परिवर्तनसँगै बढ्दो वायु प्रदूषणका कारण भाइरल ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामी बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। विशेषगरी काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा वायु प्रदूषण उच्च रहेकाले समस्या अझ जटिल बन्दै गएको चिकित्सकको भनाइ छ। पछिल्ला केही दिनयता निजामती कर्मचारी अस्पताल (सिभिल), वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत निजी तथा सरकारी अस्पतालहरूमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। निजामती कर्मचारी अस्पतालमा कार्यरत फिजिसियन डा. जेन्नर कुरुङबाङका अनुसार पछिल्ला केही सातादेखि अस्पतालको बहिरङ्ग विभाग (ओपीडी) मा आउने बिरामीमध्ये…

विस्तृतमा...

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पुर्‍याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाई स्थापना गरिएको हो । यहाँका नौवटै वडामा एक–एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरी सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका…

विस्तृतमा...

कैलाली- सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ६ सय ८३ पुगेको छ। स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सङ्क्रमणको ग्राफमा केही उतारचढाव देखिए पनि जोखिम भने अझै टर्न सकेको छैन। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ३ हजार ३ सय ४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। आव २०८१/८२ मा यो सङ्ख्यामा सामान्य कमी आएर ३ हजार ३ सय १६ पुगे पनि जोखिम कायमै रह्यो। चालु आर्थिक वर्षको हालसम्म मात्रै प्रदेशमा १ हजार १८…

विस्तृतमा...

पाल्पा – जिल्लाको सरकारी अस्पतालमा उपचार सेवाको विस्तार, औषधि सहज उपलब्धता र चिकित्सकहरूको नियमित उपस्थितिसँगै बिरामीको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। तर बिरामी संख्या बढ्दै जाँदा पाल्पा अस्पतालमा भौतिक संरचना अपुग हुँदा मापदण्डअनुसार सेवा दिन कठिनाइ उत्पन्न भएको छ। सेवाको गुणस्तर सुधार भएसँगै दैनिक करिब ६ सयसम्म बिरामी पाल्पा अस्पतालबाट सेवा लिन आउने गरेका छन्। तर अस्पताल अझै राणाकालीन समयदेखिकै पुरानो भवनमा सञ्चालन हुँदै आएको छ। पुरानै संरचनामा कोठा थप्ने र खाली ठाउँमा अस्थायी कोठा बनाएर सेवा दिइरहँदा अस्पताल व्यवस्थापनमा थप दबाब परेको छ। पटक–पटक नयाँ भवन निर्माणका लागि पहल भए पनि सरकारी मापदण्डका कारण प्रक्रिया अन्यौलमा परेको अस्पताल…

विस्तृतमा...

काठमाडौँ- पछिल्ला वर्षहरूमा थाइराइडसम्बन्धी समस्या तीव्र रूपमा बढ्दै गएको छ। ठूलो सङ्ख्यामा मानिसहरू यस समस्याबाट प्रभावित भइरहेका छन्। पहिले महिलाहरूमा बढी देखिने गरेको थाइराइड समस्या अहिले पुरुषहरूमा पनि उल्लेख्य रूपमा बढ्दै गएको चिकित्सकहरू बताउँछन्। धेरै व्यक्तिमा अचानक तौल बढ्नुको प्रमुख कारणसमेत थाइराइड नै बनेको छ। गम्भीर पक्ष के छ भने, थाइराइडले तौल मात्र बढाउँदैन, पुरुष र महिला दुवैको प्रजनन क्षमतामा समेत गहिरो असर पारिरहेको छ। हाम्रो घाँटीको तल्लो भागमा पुतली आकारको सानो ग्रन्थि हुन्छ, जसलाई थाइराइड ग्रन्थि भनिन्छ। आकारमा सानो देखिए पनि यस ग्रन्थिको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। चिकित्सा विज्ञानका अनुसार थाइराइड ग्रन्थिले टी–थ्री (T3) र टी–फोर (T4) नामका हर्मोन…

विस्तृतमा...

म्याग्दी- शिरानमा छ भिरालो जग्गामा गुुजुमुज्ज परेको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो । विसं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा पर्छ दोवागाउँ…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई १५ दिने अन्तिम म्यादसहित सूचना जारी गरेको छ। मन्त्रालयका अनुसार गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको बैठकको निर्णयअनुसार जेन–जी आन्दोलनका घाइतेहरूको सूचीकरण, वर्गीकरण र पुनःवर्गीकरणसम्बन्धी प्रक्रिया अघि बढाइएको छ। उक्त कार्यलाई समयमै निष्कर्षमा पुर्‍याउन आवश्यक विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ। लामो समयसम्म पनि सबै स्वास्थ्य संस्थाबाट आवश्यक विवरण प्राप्त नभएकाले मन्त्रालयले फागुन १ गतेदेखि १५ गतेसम्मको समयसीमा तोक्दै अन्तिम सूचना प्रकाशन गरेको हो। तोकिएको अवधिभित्र विधिपूर्वक प्राप्त भएका निवेदन तथा विवरणका आधारमा घाइतेहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई बचाउन आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ। बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको कारण मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै उक्त रकम उपलब्ध गराएको हो। बोर्डका अनुसार पुस मसान्तसम्मको मात्रै सेवा प्रदायक अस्पताललाई तिर्न बाँकी दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालहरू समेत आर्थिक संकटमा परेको र बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि सरकार दबाबमा परेको थियो। यो परिस्थितिमा स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा बजेट व्यवस्थापन गरेको हो।…

विस्तृतमा...

उत्साहहीन, निराश र चासोहीन अवस्था नै उदासीनता हो। उदासीनता अर्थात् डिप्रेसनले व्यक्तिको भावनात्मक मात्र होइन, शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छ। यो मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो, जसबाट प्रभावित व्यक्तिलाई सामान्यतया आनन्द, खुसी वा रमाइलो लाग्ने गतिविधिप्रति रुचि हुँदैन। डिप्रेसनको समस्या बढ्दै गएमा व्यक्तिको जीवनप्रतिको लगाव घट्दै जान्छ। परिवार, साथीभाइ र समाजसँगको सम्बन्धमा दरार आउन सक्छ। समयमै यसको व्यवस्थापन गर्न नसक्दा अवस्था झन् जटिल बन्दै आत्महत्यासम्मको जोखिम पनि बढ्न सक्ने विज्ञहरू बताउँछन्। यद्यपि परिवारजन, आफन्त तथा साथीभाइको सकारात्मक साथ, समझदारी र सहयोगले उदासीनताबाट बाहिर आउन ठूलो मद्दत पुग्न सक्छ। उदासीनताका प्रमुख लक्षणहरू डिप्रेसनबाट ग्रस्त व्यक्तिमा विभिन्न मानसिक र शारीरिक लक्षण…

विस्तृतमा...

काठमाडौं– काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ ९एक्यूआई० का अनुसार काठमाण्डौको एक्यूआई १ सय ८१ मापन गरिएको छ, यो वायुको गुणस्तर अस्वस्थ हो । शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १ सय एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ हावाको गुणस्तर ५ सय २ एक्यूआई रहेको छ । त्यस्तै, दोस्रो नम्बरमा बंगलादेशको ढाका त्यहाँको एक्यूआई २ सय ५२ र तेस्रो नम्बरमा भारतको नयाँ दिल्लीको २ सय ३४ एक्यूआई छ । प्रदूषण…

विस्तृतमा...