कञ्चनपुर- लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका लागि एकमहिने विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ । ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको यस अभियानमा स्वास्थ्यकर्मीहरूको टोली गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ । अभियानअन्तर्गत पालिकामा बसोवास गर्ने नागरिकहरूको रक्तचाप, मधुमेह, मिर्गौलासम्बन्धी रोग, मोटोपनलगायत नसर्ने रोगहरूको परीक्षण गरिनुका साथै उचाइ र तौलका आधारमा बीएमआई मापन गर्ने कार्य भइरहेको छ । साथै क्षयरोगका लक्षण देखिएका बिरामीलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा रेफरल सेवा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरिँदै आएको स्वास्थ्य शाखाले जनाएको छ । लालझाडी गाउँपालिकाका सबै छ वटै वडामा सञ्चालन…
स्वास्थ्य डायरी
काठमाडौं- आज विश्वभर ‘विश्व अटिजम सचेतना दिवस’ मनाइँदैछ। मस्तिष्क विकाससँग सम्बन्धित अटिजमलाई विशेषज्ञहरूले यस्तो अवस्था मान्छन्, जसमा व्यक्तिको व्यवहार, सोच्ने तरिका र बोल्ने शैली सामान्यभन्दा फरक हुन्छ। अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो। यस दिवसले अटिजमप्रति समाजमा बुझाइ बढाउने र विभेद अन्त्य गर्ने सन्देश प्रवाह गर्दै आएको छ। यस वर्ष पनि राष्ट्रसङ्घले अटिजम भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सदस्य राष्ट्रहरूलाई विशेष पहल गर्न आह्वान गरेको छ। अटिजम भएका व्यक्तिहरूलाई समाजको मूलधारमा समेट्ने र उनीहरूको क्षमता उजागर गर्न…
काठमाडौं- किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यस प्रक्रियामा २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै जीवनरक्षक योगदान दिएकी छन्। अस्पतालका अनुसार छोरीको साहस, समर्पण र पारिवारिक माया झल्किने यो प्रत्यारोपण केवल चिकित्सकीय उपलब्धि मात्र नभई भावनात्मक रूपमा पनि प्रेरणादायी बनेको छ। उपचारका क्रममा देखिएको आशा, चुनौती र अन्ततः प्राप्त सफलताले उक्त प्रत्यारोपणलाई विशेष बनाएको अस्पतालले जनाएको छ। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले अंग प्रत्यारोपण सेवामा निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्दै कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा दक्ष तथा अनुभवी चिकित्सक टोलीमार्फत नियमित रूपमा सञ्चालन…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुगम क्षेत्रका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको दरबन्दी भएको स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ। मन्त्रालयले थप सात जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा यसअघि साताको सुरुमा १४ जना चिकित्सकलाई फिर्ता पठाइएकोमा दोस्रो चरणमा थप चिकित्सकहरूलाई सम्बन्धित दरबन्दी भएका अस्पतालमा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वर्षौँदेखि पहुँचका आधारमा काठमाडौं तथा अन्य सुगम क्षेत्रका अस्पतालमा कार्यरत चिकित्सकहरूलाई दुर्गम क्षेत्रका नागरिकलाई सेवा सुनिश्चित गर्न उनीहरूको वास्तविक दरबन्दीमा पठाइएको हो। यस पटकको निर्णयअनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल…
ढोरपाटन- बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। खोप अभियान सञ्चालन गरिएपछि नयाँ बिरामीको संख्या घटे पनि संक्रमणको जोखिम अझै कायम छ। फागुन ८ गतेबाट सुरु भएको संक्रमण ढोरपाटन नगरपालिका–७, ८ र ९ मा देखिएको थियो। त्यसपछि स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा पुगेर खोप अभियान चलायो। फागुन २९ देखि चैत २ गतेसम्म १० देखि १९ वर्ष उमेर समूहका झण्डै छ हजार बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको छ। हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ भने २०५ जना शंकास्पद बिरामीको निगरानी भइरहेको छ। ३३ जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ। चार जना बिरामी अस्पतालमा उपचाररत छन्।…
गण्डकी- गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ। विसं २०८१ चैत २२ गते दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेश सभामा प्रस्तुत गरिएको थियो। प्रदेश सभामा दफाबार छलफल भएपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए। त्यसअघि उनले उक्त विधेयक पारितका लागि प्रदेश सभामा प्रस्तुत गरेका थिए। विधेयकमाथिको छलफलमा प्रदेशभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिएका थिए। बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको समयको अभावका कारण यस हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकिएको बताए। उनले सुशासन, पारिदर्शिता,…
काठमाडौँ- निकोटिनयुक्त भेप वा विद्युतीय चुरोटले फोक्सो तथा मुखको क्यान्सर गराउन सक्ने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका क्यान्सर अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको यस अध्ययनले भेपिङ आफैंमा क्यान्सरको कारण बन्न सक्ने उल्लेख गरेको छ, जुन केवल धूम्रपानतर्फ लैजाने माध्यम मात्र होइन । सह–प्राध्यापक बर्नार्ड स्टुअर्टको नेतृत्वमा गरिएको यस अनुसन्धानमा औषधि विज्ञ, महामारी विज्ञ, छाती शल्य चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू सहभागी थिए । सन् २०१७ देखि २०२५ सम्मका क्लिनिकल अध्ययन, जनावरमा गरिएका परीक्षण र प्रयोगशाला तथ्याङ्कहरूको विश्लेषण गर्दा भेपको धुवाँबाट डीएनए क्षति, अक्सिडेटिभ तनाव, ऊतकमा सूजन तथा मुसामा फोक्सोको ट्युमर देखिएको पाइएको छ । अध्ययनमा…
काठमाडौँ – राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आईएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आईएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो । स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तरराष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताए । उनले भने, “प्रयोगशालाको सिङ्गो टोलीको तीन वर्षको अथक मेहनतका कारण प्रयोगशालाले आईएसओ सर्टिफिकेट पाएको हो । सर्टिफिकेट प्राप्त गर्नका लागि व्यवस्थापन र गुणस्तरीयतामा विशेष काम गरेका छौँ ।” नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने…
कञ्चनपुर- लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त शिविरमा ३९४ महिला र १२६ पुरुषको रगत परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ४१ जनामा ट्रेट (बाहक) देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए । ट्रेट देखिएका २९ महिला र १२ पुरुषलाई थप पुष्टि परीक्षण (कन्फरमेसन) का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको छ । सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग हुन् । फोकल पर्सन भट्टका अनुसार सिकलसेल एनिमियामा रातो रक्तकोशिकाको आकार हँसिया जस्तो हुने भएकाले शरीरका विभिन्न भागमा…
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ। अबदेखि श्रमिकहरूले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ तथा नियमावलीअनुसार विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण अनिवार्य छ। तर व्यवहारमा सीमित संस्थाले मात्र सेवा दिँदा सिन्डिकेटको आरोप लाग्दै आएको थियो। यही अवस्थालाई अन्त्य गर्न मन्त्रालयले थप सरकारी तथा स्वीकृत स्वास्थ्य संस्थालाई अनुमति दिने प्रक्रिया अघि बढाएको जनाएको छ। अब इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकृत हुन सक्नेछन्। स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी…

