स्वास्थ्य डायरी

काठमाडौं -औषधि व्यवस्था विभागले औषधि पसललाई कुशल फार्मेसी अभ्यास, कुशल भण्डारण तथा वितरण अभ्यास कार्यान्वयन गर्न आग्रह गरेको छ। विभागले औषधि विक्री–वितरणलाई थप व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन औषधि विक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा जोड दिएको हो। औषधि ऐन, २०३५ र औषधि दर्ता नियमावली, २०३८ अनुसार जारी गरिएको सूचनामा संहिताको दफा १७ बमोजिम कुशल फार्मेसी अभ्यास, कुशल भण्डारण तथा वितरण अभ्यास प्रमाणीकरण अनिवार्य प्रक्रिया भएको उल्लेख गरिएको छ। हाल केही औषधि पसल तथा थोक विक्रेताबाट प्रमाणीकरणका लागि आवेदन परिसकेको र त्यसको प्रक्रिया अघि बढिरहेको विभागले जनाएको छ। विभागले इच्छुक औषधि पसल तथा थोक विक्रेतालाई संहितामा तोकिएका मापदण्डअनुसार आवश्यक पूर्वतयारी पूरा गरी…

विस्तृतमा...

काठमाडौं – गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पतालको अनुगमन गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सकेलगत्तै उनी सिधै अस्पताल पुगेका थिए। अस्पतालमा पुगेर मन्त्री गुरुङले घाइतेहरूको स्वास्थ्य अवस्था जानकारी लिएका थिए। केही घाइते अझै होसमा नआएको कारण उनीहरूलाई अस्पतालमै राखी उपचार भइरहेको जानकारी पनि उनले प्राप्त गरे। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद व्यक्त गरेका थिए। डा. शर्माले सबै घाइतेहरूको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको र बिरामीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताए। राति करिब १० बजे अस्पताल पुगेका मन्त्री गुरुङले घाइतेहरूसँग भेटघाट गर्दै स्वास्थ्य…

विस्तृतमा...

टीकापुर- कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोगबापत प्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ । टीकापुरमा गत वर्ष ११५ जनाले पोषण सहयोग लिएका थिए । पोषण सहयोगका लागि गतवर्ष रु सात लाख ५० हजार बजेट थियो । यस वर्ष रु तीन लाखमात्रै बजेट विनियोजन भएकाले नपुग्ने हुँदा पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशिल नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले माग गरे । ‘एचआईभी सङ्क्रमित शारीरिक रुपमा कमजोर…

विस्तृतमा...

नेपालगन्ज – नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस) का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेका हुन् । अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँका अनुसार फेला परेका बिरामीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको छ । केही बिरामीले यसअघि उपचार गराइसकेका छन् । बिरामी मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् । “सिफलिसका बिरामी दैनिक रुपमा बढ्दै गएको पाइएको छ,” डा चापागाइँले भने । उनका अनुसार जन्मजात सङ्क्रमण भएका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत सिफलिस सङ्क्रमण पुष्टि भएको पाइएको छ । केही अवस्थामा आमाबाट बच्चामा…

विस्तृतमा...

काठमाडौँ- सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सम्बन्धित अन्य मन्त्रालयका मन्त्री, सचिव तथा सरोकारवाला निकायका प्रतिनिधिको बैठकले सातै प्रदेशमा एक–एक अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागको जानकारी दिए । शिक्षामन्त्री पोखरेलको अध्यक्षता र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा भएको कार्यक्रममा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि प्रत्येक प्रदेशमा…

विस्तृतमा...

काठमाडौं- औषधि व्यवस्था विभागले सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन प्रवेश कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ। विभागले वैशाख २ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था सार्वजनिक गरेको हो। विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार अब औषधि उत्पादक तथा औषधि पैठारीकर्ता कम्पनी/फर्मका तर्फबाट विभागमा काम गर्न आउने व्यक्तिले अनिवार्य रूपमा आधिकारिक प्रतिनिधिको रूपमा प्रवेश कार्ड लिनुपर्नेछ। यस व्यवस्थाको उद्देश्य कार्यालय परिसरमा हुने अनावश्यक भीडभाड तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै असम्बन्धित व्यक्तिको प्रवेश रोक्नु रहेको विभागले जनाएको छ। प्रवेश कार्डका लागि सम्बन्धित कम्पनी/फर्मले एक जना आधिकारिक प्रतिनिधि वा कर्मचारी तोकी आवश्यक विवरण विभागमा उपलब्ध गराउनुपर्नेछ। प्रतिनिधिको नाम, पद, ठेगाना,…

विस्तृतमा...

काठमाडौं – नेपालको क्यान्सर उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको शुक्रबार बिहान उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको छ। ६४ वर्षको उमेरमा क्यान्सरबाट पीडित रहेका उनको उपचारकै क्रममा ज्यान गएको हो। पाटन अस्पतालमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीको नेतृत्वमा उनको उपचार भइरहेको थियो।उपचारमा संलग्न चिकित्सकका अनुसार डा. न्यौपाने विगत एक वर्षदेखि कोल्यान्जियोकार्सिनोमा (पित्तनलीको क्यान्सर)सँग संघर्षरत थिए। सर्जिकल अन्कोलोजीमा पीएचडी हासिल गरेका उनी नेपालका स्थापित तथा अनुभवी क्यान्सर विशेषज्ञका रूपमा परिचित थिए। डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरको जटिल शल्यक्रियामा विशेष दक्षता राख्ने वरिष्ठ कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट थिए। हाल उनी…

विस्तृतमा...

काठमाडौँ – अटिजम स्पेक्ट्रम डिसअर्डरलाई न्यूरोलोजिकल विकाससम्बन्धी अवस्था मानिन्छ, जसले व्यक्तिको सञ्चार क्षमता, सामाजिक अन्तरक्रिया र व्यवहारमा प्रभाव पार्ने चिकित्सकीय तथा शैक्षिक विज्ञहरूले बताएका छन् । ‘स्पेक्ट्रम’ शब्दले यस अवस्थाका लक्षणहरू व्यक्तिपिच्छे फरक–फरक हुने जनाउँछ । अटिजम भएका सबै व्यक्तिलाई एउटै मापदण्डमा राखेर मूल्याङ्कन गर्न नसकिने बताइन्छ । केहीलाई न्यूनतम सहयोग मात्र आवश्यक पर्छ भने केहीलाई दैनिक जीवन सञ्चालनका लागि व्यापक सहयोग चाहिन्छ । विशेषगरी, उनीहरूमा सञ्चारसम्बन्धी चुनौती देखिन्छ, जसका कारण आफ्ना भावना वा चाहनाहरू व्यक्त गर्न कठिनाइ हुन्छ । भावना अभिव्यक्त गर्न नसक्दा निराशा उत्पन्न हुन सक्छ, जसले व्यवहारमा विभिन्न प्रतिक्रियाहरू देखिन सक्छन् । सामाजिक अन्तरक्रियामा पनि कठिनाइ हुने,…

विस्तृतमा...

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोग बापतप्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ । सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ । टीकापुरमा गत वर्ष ११५ जनाले पोषण सहयोग लिएका थिए । पोषण सहयोगका लागि गतवर्ष रु सात लाख ५० हजार बजेट थियो । यस वर्ष रु तीन लाख मात्रै बजेट विनियोजन भएकाले नपुग्ने हुँदा पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले माग गरे । ‘एचआईभी सङ्क्रमित शारीरिक रुपमा…

विस्तृतमा...

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले सेवा प्रवाहलाई थप व्यवस्थित, छरितो र सेवाग्राहीमैत्री बनाउन कर्मचारीहरूलाई कडा निर्देशन जारी गरेको छ। अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले सूचना जारी गर्दै सबै विभाग, शाखा, वार्ड, ओपिडी तथा युनिटका प्रमुख र इन्चार्जलाई सेवाग्राहीले सहज र छिटो सेवा पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। जारी सूचनामा कर्मचारीहरूले कार्यसमयमा पूर्ण अनुशासनका साथ काम गर्नुपर्ने उल्लेख गरिएको छ। कामको सिलसिलामा कार्यालय बाहिर जानुपरेमा अनिवार्य रूपमा सम्बन्धित विभाग वा शाखा प्रमुखलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। यस्तै, सेवा प्रवाहमा अवरोध नआउने गरी खाना तथा खाजाका लागि तोकिएको समयमै क्यान्टिन प्रयोग गर्न निर्देशन दिइएको छ। अस्पताल प्रशासनका…

विस्तृतमा...