स्वास्थ्य डायरी

काठमाडौँ- यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैँचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए । उनका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं…

विस्तृतमा...

कैलाली- वर्षौदेखि भौतिक संरचना बनेर पनि अलपत्रजस्तै परेको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब अन्ततः सञ्चालनमा आउने संकेत देखिएको छ। आगामी शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुने तयारीसँगै सुदूरपश्चिमभर उत्साहको लहर छाएको छ। नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रिपरिषद् बैठकमार्फत कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, भौतिक पूर्वाधार तयार भइसक्दा पनि लामो समयसम्म विश्वविद्यालय सञ्चालन अन्योलमै थियो। करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको विशाल संरचनामा नेपाल सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ। ४२ वटा भवन निर्माण सम्पन्न भइसके पनि प्रयोगविहीन जस्तै बनेको यो परियोजना अब भने…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमितलाई औषधि किन्न नगद तिराउने तथा सेवामा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डले सोमबार सूचना जारी गर्दै बीमा प्याकेजभित्र पर्ने औषधि बाहिर किन्न पठाउने र बीमितलाई विभेद गर्ने अस्पतालसँगको सम्झौता नै रद्द गर्न सकिने जनाएको हो। बोर्डका अनुसार पछिल्लो समय केही स्वास्थ्य संस्थाहरूले बीमा सुविधा अन्तर्गत पर्ने औषधि तथा औषधिजन्य सामग्रीसमेत बीमितलाई बाहिरका औषधि पसलबाट नगदमा किन्न लगाएको व्यापक गुनासो प्राप्त भएको छ। यस्ता कार्य नगर्न सचेत गराउँदै बोर्डले नियम उल्लंघन भएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ अनुसार कडा कारबाही हुने स्पष्ट पारेको छ। त्यस्तै, बीमा सेवा लिन आउने…

विस्तृतमा...

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा मिश्रणहरूको गुणस्तर (स्ट्यान्डर्ड) स्वीकृत गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै औषधि सल्लाहकार समितिको ५८औँ बैठकको सिफारिस तथा विभागीय निर्णयअनुसार ती औषधिहरूको ‘एनालिटिकल प्रोफाइल’ अनुमोदन गरिएको जनाएको हो। स्वीकृत औषधिहरूमा लुरासिडोन एचसीएल ट्याब्लेट, सल्फामेथोक्साजोल–ट्राइमेथोप्रिम पाउडर, मेलोक्सिक्याम–प्यारासिटामोल बोलस, फिनेरिनोन ट्याब्लेट, मेकोबालामिन डिस्पर्सिबल ट्याब्लेट र एल्बेन्डाजोल बोलस रहेका छन्। विभागले यी सबै औषधिहरूका लागि सम्बन्धित एनालिटिकल प्रोफाइल नम्बर समेत निर्धारण गरेको छ। औषधि सल्लाहकार समितिको ५८औँ बैठक (मिति २०८२ पुस ३०) ले उक्त औषधिहरूको गुणस्तर निर्धारणका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा विभागले २०८२ चैत २२ गते औपचारिक रूपमा स्वीकृति प्रदान…

विस्तृतमा...

काठमाडौं – नेपाल सरकारले २३ प्रकारका नयाँ औषधि तथा समिश्रण प्रयोगका लागि बाटो खुला गरेको छ । औषधि व्यवस्था विभागले औषधि सल्लाहकार समितिको निर्णयअनुसार नयाँ औषधि (न्यू मोलिक्युल) र समिश्रणहरू अनुमोदन गरिएको सूचना सार्वजनिक गरेको हो । विभागले औषधि सल्लाहकार समितिको ५८औँ बैठकको निर्णयअनुसार २३ प्रकारका नयाँ औषधि तथा समिश्रणहरू विभिन्न रोग तथा अवस्थाहरूमा प्रयोग गर्न स्वीकृति दिइएको जनाएको छ । विभागका अनुसार अनुमोदित औषधिहरूलाई प्रचलित कानुनी प्रक्रिया र मापदण्ड पूरा गरी दर्ता गर्न सकिनेछ । विभागीय निर्णयअनुसार अब सम्बन्धित कम्पनी वा निकायले आवश्यक प्रक्रिया पूरा गरेपछि ती औषधिहरू नेपालमा प्रयोगमा ल्याउन सक्नेछन् ।

विस्तृतमा...

चितवन- चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो । यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यसमध्ये १० जना पुरुष र आठ जना महिला छन् । गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए । क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग आँखाले देख्न…

विस्तृतमा...

काठमाडौँ – ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । यहाँको स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको हो । डा. जगदीशकुमार क्षेत्रीको नेतृत्वमा सञ्चालनमा आएको केन्द्र ज्येष्ठ नागरिकहरुप्रति समर्पित नेपालकै पहिलो स्वास्थ्य केन्द्र भएका जनाइएको छ। केन्द्रमा अन्तरराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन (ज्येष्ठ नागरिक रोग विशेषज्ञ), विशेषज्ञ फिजिसियन्स तथा फिजिकल मेडिसिन एण्ड रिह्याबिलिटेशन विशेषज्ञहरू कार्यरत रहेका सेन्टरका निर्देशक डा. क्षेत्रीले जानकारी दिए । ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि स्वस्थ बुढ्यौली, रोकथाममुखी स्वास्थ्य सेवा र स्वास्थ दीर्घायु प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उनले बताए। केन्द्रले प्रदान गर्ने प्रमुख सेवामध्ये…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवालाई थप पारदर्शी र व्यवस्थित बनाउन समिति गठन गरेको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । समितिलाई आगामी १५ दिनभित्र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गरी लागू गर्ने, बिरामीको उपचार इतिहास, ‘रिफरल’, पुनःसेवा र ‘क्लिनिकल फलोअप’ व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल, एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने, अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्ने, स्पष्ट ‘रिफर…

विस्तृतमा...

कैलाली- प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिकित्सालयले विभिन्न रोगको उपचार सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ओपप्रसाद कलौनीले जानकारी दिए। पञ्चकर्मलगायत उपचार प्रणालीमा सुधार, ओपिडी (बहिरङ्ग) सेवा, स्वर्णविन्दु प्राशन सेवा विस्तार, पञ्चकर्म तथा जीवनशैली कार्यक्रम, ज्येष्ठ नागरिक लक्षित विशेष सेवा, व्यवस्थापन प्रणाली सुधार, विपन्नमैत्री सेवा नीतिलगायत कारणले बिरामीको सङ्ख्या वृद्धि भएको उनले बताए । डा. कलौनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सुरुको छ महिना र गत आर्थिक वर्षको सुरुको ६ महिनाको तुलनामा सेवाग्राही ४० प्रतिशतले वृद्धि भएका छन् । गत आर्थिक वर्षको सुरु…

विस्तृतमा...

कैलाली- बैतडीका एक स्वास्थ्य चौकी इन्चार्जले आफ्नै महिला सहकर्मीमाथि धनगढीमै कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लोहारले अनमी माया भट्टमाथि इट्टा प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा भएको उक्त घटनामा भट्टको टाउको र हातमा चोट लागेको छ । घटनास्थलमै उपस्थित स्थानीयले कुटपिट भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले लोहारलाई तत्काल नियन्त्रणमा लिएको छ । कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडित पक्षको निवेदनका आधारमा लोहारलाई हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान…

विस्तृतमा...