काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ‘यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता, २०८२’ जारी गरेको छ। मन्त्रालयले मातहतका सबै निकायमा शून्य सहनशीलता नीतिसहित आचारसंहिता लागू गरिएको जनाएको छ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन, २०७१ को दफा २१ अनुसार जारी गरिएको उक्त आचारसंहिताले कार्यस्थलमा हुने दुर्व्यवहारका विभिन्न रूपहरू स्पष्ट रूपमा परिभाषित गरेको छ। आचारसंहिताअनुसार इच्छा विपरीत शरीर छोइनु, अंगालो हाल्ने प्रयास, अश्लील शब्द प्रयोग, जिस्क्याउने, यौनसम्बन्धी व्यक्तिगत प्रश्न सोध्ने, अश्लील इशारा गर्ने तथा यौनजन्य सामग्री देखाउने वा पठाउनेजस्ता क्रियाकलापलाई दुर्व्यवहार मानिनेछ। मन्त्रालयले लिंग, उमेर, जात वा धर्मका आधारमा कुनै पनि प्रकारको विभेद नगरी सबैप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने…
स्वास्थ्य डायरी
काठमाडौं- महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालले आफ्नो ४२औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अस्पतालको समग्र प्रगति, सेवा विस्तार तथा आगामी योजनाबारे चर्चा गर्दै विद्यमान चुनौती समाधानका लागि आवश्यक निर्देशन दिएका थिए। उनले सेवाग्राहीमैत्री, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल अझ सक्रिय हुनुपर्नेमा जोड दिए। सोही अवसरमा अस्पताल परिसरमा नवनिर्मित आईयूआई तथा आईभीएफ सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। साथै स्वास्थ्य सेवाको स्तरोन्नति र प्रविधि विस्तारका विभिन्न पहलहरू अघि बढाइएको जानकारी दिइएको छ। कार्यक्रमकै क्रममा मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई…
काठमाडौं- हाम्स हस्पिटलले क्यान्सर उपचारमा अत्याधुनिक प्रविधि भित्र्याउँदै ‘कार–टी सेल थेरापी’ सेवा सुरु गरेको छ। हस्पिटलले अंकोलोजी विभागमार्फत विश्वस्तरमा प्रभावकारी मानिएको यो उपचार नेपालमै उपलब्ध गराउन थालेको जनाएको छ। क्यान्सर उपचारको क्षेत्रमा नयाँ मोडका रूपमा लिइने कार–टी सेल थेरापीलाई ‘लिभिङ ड्रग’ पनि भनिन्छ। यस प्रविधिमा बिरामीकै शरीरबाट ‘टी–सेल’ निकालेर प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरिन्छ र क्यान्सर कोषिका नष्ट गर्ने क्षमता वृद्धि गरी पुनः शरीरमै प्रवाह गरिन्छ। हाम्सका अनुसार यो उपचार पद्धति विशेषगरी रगतसम्बन्धी क्यान्सर (ल्युकेमिया र लिम्फोमा) का बिरामीमा प्रभावकारी मानिन्छ, विशेषतः अन्य उपचार विधि (किमोथेरापी वा रेडियोथेरापी) प्रभावकारी नभएका अवस्थामा। हस्पिटलले यो सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला तथा…
काठमाडौं – वीर अस्पतालले चिकित्सकलाई औषधि सिफारिस गर्दा ‘ब्रान्ड’ नतोकी जेनेरिक नाममा लेख्न निर्देशन दिएको केही समय नबित्दै सोही अस्पतालकै दुई वरिष्ठ चिकित्सकले उक्त निर्णयप्रति सार्वजनिक रूपमा असहमति जनाएका छन्। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माले चिकित्सकलाई औषधि तथा सर्जिकल सामग्री सिफारिस गर्दा कुनै कम्पनी विशेषको नाम उल्लेख नगरी सबैले बुझ्ने गरी जेनेरिक नाम ठूलो अक्षरमा लेख्न निर्देशन दिएका थिए। साथै, सिफारिस गर्दा चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखी हस्ताक्षर गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। तर उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै वीर अस्पतालकै वरिष्ठ कलेजो रोग विशेषज्ञ (हेपाटोलोजिस्ट) डा. सुधान्सु केसीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारी अस्पतालमा जेनेरिक नाम…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य संस्थाहरूलाई ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएको छ। ‘हेलो सरकार’मार्फत आउने नागरिक गुनासोहरूको प्रभावकारी सम्बोधन गर्न यस्तो व्यवस्था लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार मातहतका ४६ वटा स्वास्थ्य संस्था, विभाग, अस्पताल तथा प्रतिष्ठानलाई यथाशीघ्र ‘फोकल पर्सन’ तोकेर विवरण पठाउन निर्देशन दिइएको हो। उनले सरकारले अघि बढाएको शासकीय सुधार कार्यक्रमअन्तर्गत ‘हेलो सरकार’लाई थप स्तरोन्नति गरी नागरिकमैत्री ‘प्लेटफर्म’का रूपमा विकास गर्न खोजिएको बताए। सोही उद्देश्यअनुसार प्रत्येक निकायमा एक जिम्मेवार व्यक्तिलाई ‘फोकल पर्सन’का रूपमा तोकी गुनासो व्यवस्थापनलाई व्यवस्थित बनाइने उनले स्पष्ट पारे। मन्त्रालयका अनुसार तोकिएका फोकल पर्सनहरूले ‘हेलो सरकार’मार्फत…
काठमाडौँ – नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्ष पदमा डा शङ्कर गौतम निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धीका रूपमा डा सुवर्ण पौडेल रहेका थिए । सङ्घको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा डा रमेश पौडेल, महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठ, महासचिवमा डा ऋषिकेशव भुसाल, सचिवमा डा दीपककुमार मण्डल र कोषाध्यक्षमा डा सिजन कोजु विजयी हुनुभएको सङ्घका निवर्तमान अध्यक्ष डा श्यामबाबु यादवले जानकारी दिए । उनका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा विजयकुमार सिंह, मधेसमा डा शिवनारायण गुप्ता, बागमतीमा डा देवेन्द्रकुमार यादव, गण्डकी डा…
चितवन- जिल्लामा यही चैत २५ गतेदेखि ‘जापनिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो । जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर समूहमाथिका र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिन लागिएको उनले जानकारी दिए। ‘जापानिज इन्सेफ्लाइटिस’का कारण जिल्लामा सन् २०२४ मा एक जनाको मृत्यु भएको थियो भने चार जना सङ्क्रमित भएका जनाइएको छ । सन् २०२५ मा १६ जना सङ्क्रमित हुँदा पाँच जनाको मृत्यु भएको…
काठमाडौं – वीर अस्पतालले फार्मेसी सेवा व्यवस्थापनलाई थप अनुशासित, पारदर्शी र बिरामीमैत्री बनाउन निर्देशन जारी गरेको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनामा फार्मेसी शाखामा कार्यरत कर्मचारीदेखि चिकित्सक र अन्य सरोकारवालासम्मका लागि स्पष्ट कार्यनीति र आचरणसम्बन्धी मापदण्ड तोकिएको छ। निर्देशनअनुसार फार्मेसीमा कार्यरत सबै कर्मचारीले ड्यूटी रोष्टरअनुसार तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। कार्यक्षेत्रमा रहँदा ड्रेस, एप्रोन र परिचयपत्र अनिवार्य गरिएको छ भने सेवा प्रवाहका क्रममा बिरामीसँग नम्र, शिष्ट र जिम्मेवार व्यवहार गर्न विशेष जोड दिइएको छ। अस्पतालले समयभन्दा बढी काम गर्नुपरेमा ‘परफर्मेन्स बेस्ड इन्सेन्टिभ’ दिने व्यवस्था गर्ने उल्लेख गरेको छ। साथै विदा लिनु परे अग्रिम स्वीकृति अनिवार्य गरिएको…
काठमाडौं – निजी मेडिकल तथा डेन्टल कलेज तथा अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा भएको सम्झौता कार्यान्वयनमा ढिलासुस्ती देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।। मन्त्रालयका अनुसार २०८२ कार्तिक १५ गते भएको सहमतिअनुसार सेवा–सुविधा उपलब्ध गराउने प्रक्रिया कार्यान्वयनकै चरणमा रहे पनि केही स्वास्थ्य संस्थाले उक्त सम्झौता पालना नगरेको गुनासो प्राप्त भएको छ। यस विषयलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले सबै सम्बन्धित सरोकारवाला निकायलाई सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको सूचनामा नर्स तथा स्वास्थ्यकर्मीहरूको हकहित सुनिश्चित गर्न कुनै पनि सम्झौता उल्लंघन सह्य नहुने स्पष्ट संकेत दिएको छ।…
काठमाडौं – नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर सर्भाइभरहरूको मनोबल बढाउने उद्देश्यसहित ५६औँ क्यान्सर सर्भाइभर मिट आयोजना गरेको छ। कार्यक्रममा अस्पतालकी ब्रान्ड एम्बासडर मिस नेपाल हङकङ इन्टरनेसनल–२०२६ दीपमाला खरेल ढकालको उपस्थिति रहेको थियो। कार्यक्रममा क्यान्सरबाट जोगिएका व्यक्तिहरूको संघर्ष, उपचार यात्रा र पुनःजीवनप्रतिको उत्साहलाई केन्द्रमा राखिएको थियो। सहभागीहरूले आफ्ना अनुभव साझा गर्दै एकअर्कालाई हौसला प्रदान गरेका थिए। ब्रान्ड एम्बासडर खरेल ढकालले उपस्थित भएर सहभागीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको साहस र दृढताको प्रशंसा गरेकी थिइन्। कार्यक्रममा क्यान्सरविरुद्ध लडिरहेका तथा जितिसकेका व्यक्तिहरूलाई सम्मान गर्ने र उनीहरूको यात्रालाई उजागर गर्ने प्रयास गरिएको अस्पतालले जनाएको छ। उक्त कार्यक्रमले स्वास्थ्य सचेतना, मानसिक सशक्तिकरण र समुदायबीच…

