काठमाडौं – नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। दुवै संस्थाबीच भएको समझदारीअनुसार क्यान्सर उपचार तथा अन्य स्वास्थ्य सेवामा बीमा पहुँच विस्तार गर्ने, बीमित तथा सम्बन्धित व्यक्तिलाई सहज सेवा उपलब्ध गराउने र स्वास्थ्य–बीमा क्षेत्रबीच सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य रहेको छ। एमओयूको दायराअन्तर्गत नेपाल क्यान्सर अस्पतालले आइएमई लाइफका कर्मचारी, अभिकर्ता (एजेन्ट) तथा बीमित ग्राहकहरूलाई विभिन्न स्वास्थ्य सेवामा छुटसहितको सुविधा उपलब्ध गराउनेछ। अस्पतालले रेडियोलोजी, ल्याब सेवा र बेड चार्ज (आईसीयू बाहेक) मा छुट दिनेछ भने रेडिएसन थेरापी, ब्राकिथेरापी र केमोथेरापी सेवामात छुट प्रदान गर्ने व्यवस्था गरिएको छ। साथै…
स्वास्थ्य डायरी
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूको बिल भुक्तानी गरिदिने क्रममा घुस लिएको सूचनाका आधारमा टंगालबाट खटिएको टोलीले दाहाललाई नगदसहित नियन्त्रणमा लिएको थियो। उनलाई कार्यकक्षमै लुकाइराखिएको अवस्थामा १ लाख २० हजार ८५० रुपैयाँसहित पक्राउ गरिएको जनाइएको छ। अनुसन्धानका क्रममा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी प्रक्रिया अघि बढाउँदा गैरकानुनी लाभ लिन योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाइ गरी घुस लिने–दिने सर्तमा काम गरेको पुष्टि भएको आयोगले जनाएको छ। सेवाग्राहीसँग उनले ९३ हजार ८५० रुपैयाँ…
सुनसरी- स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिएकी छिन् । त्यस अवसरमा उनले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताइन् । साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिन् । उनले सेवाग्राहीसँग पनि कुराकानी गरेकी थिइन् । आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले १०औं स्वास्थ्य बीमा दिवस भव्य कार्यक्रमका बीच मनाएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह प्रमुख अतिथिका रूपमा सहभागी भए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए। उनले स्वास्थ्य बीमालाई प्रत्येक नागरिकको अभिन्न अंगका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि स्पष्ट कार्ययोजना (खाका) तयार पारेर अघि बढ्न बोर्डलाई आग्रह गरे। नेपालका लागि जर्मनीका राजदूत उडो एल्जीनफलले नेपालको स्वास्थ्य प्रणालीमा स्वास्थ्य बीमाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले वार्षिकोत्सव मनाइरहँदा विभिन्न अस्पतालहरूमा सेवा अवरुद्ध भएको गुनासो र चुनौतीहरू…
जमुनाह- कोहलपुर नगर अस्पतालमा न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य सेवा सहज, छरितो र सर्वसुलभ बनाउने उद्देश्यसहित उक्त सेवा सुरु गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन्। उनका अनुसार डिजिटल प्रविधिमा आधारित एक्स–रे सेवाबाट बिरामीले छिटो रिपोर्ट प्राप्त गर्न सक्नेछन्, जसले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउनेछ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा सर्वसाधारण नागरिकलाई यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ। नगर प्रमुख आचार्यले आवश्यक परेमा अस्पतालमै आएर सेवा लिन नगरवासीलाई आग्रह गरेका छन्। डिजिटल एक्स–रे सेवा सुरु भएसँगै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने विश्वास गरिएको छ।
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ। कामपा स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि कामपाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो। विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण (आरएचडी/सिएचडी स्क्रीनिङ्) गराउने भएको छ । ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले जानकारी दिए । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ। कामपाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा…
कैलाली- बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहारविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टमाथि कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका हुन्। लुहारले आइतबार धनगढी–१ अदालत रोड क्षेत्रमा भट्टमाथि आक्रमण गरेका थिए। कुटपिटबाट भट्टको टाउको र हातमा चोट लागेको छ। पीडित भट्टका अनुसार लुहारले इट्टाले प्रहार गर्दै आफूलाई गम्भीर रूपमा कुटपिट गरेका थिए। घटनालगत्तै पक्राउ परेका लुहार हाल कैलाली प्रहरीको हिरासतमा रहेका छन्। पीडित भट्टको जाहेरीका आधारमा लुहारविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। “अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ,” उनले…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन्। विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको स्पष्ट पारिन्। उनले भनिन्, “स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित स्वच्छ वातावरणको हक, खाद्य सुरक्षाको अधिकार र उपभोक्ताको हक पनि उत्तिकै महत्वपूर्ण छन्। यी मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्दै स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो।” यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘मानव,…
काठमाडौँ – सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाल चिकित्सक संघले त्यसको स्वागत गर्दै ‘स्वास्थ्यकर्मीका लागि पनि लागू गर’ भन्दै सरकारसँग माग अघि सारेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि अनिवार्य रूपमा दुई दिन बिदा सुनिश्चित गर्नुपर्ने बताएको हो। संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा सोमबार जारी विज्ञप्तिमा चिकित्सक र स्वास्थ्यकर्मीहरू अत्यधिक कार्यबोझमा काम गर्न बाध्य भएको उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले हप्तामा ४२ घण्टा श्रम अवधि तोके पनि नेपालका धेरै स्वास्थ्य संस्थामा कार्यरत जनशक्ति दैनिक २४ देखि ७२ घण्टासम्म लगातार ड्युटीमा खटिनुपर्ने अवस्था…
काठमाडौँ- आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ। सन् १९४८ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को स्थापना भएको दिन अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रुपमा मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाउन लागेको हो । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । संसारभर लाखौँ व्यक्तिको स्वास्थ्यको अधिकार खतरामा पर्दै गएको डब्ल्यूएचओको भनाइ छ । अत्याधिक कार्बन उत्सर्जनका कारण, जलवायु परिवर्तन भइरहेको छ । वायु प्रदूषणका कारण स्वच्छ हावा लिने व्यक्तिको अधिकार नै खोसिएको डब्ल्यूएचओले भनेको छ। डब्ल्यूएचओका अनुसार भित्री तथा बाहिरी वायु प्रदूषणका कारण…

