कैलाली – कैलालीमा मरेको बोइलर कुखुराको मासु खाँदा दुई बालकको ज्यान गएको छ। चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू सहोदर दाजुभाइ हुन्। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार दुवै बालकको शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। सोही मासु खाएकी उनीहरूकी आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय छोरा दिपेश ताम्राकारको अवस्था भने उपचाररत रहेको छ। घटना बिहीबार भएको भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई धनगढीस्थित अस्पतालमा उपचारका लागि ल्याइएको थियो। प्रारम्भिक…
स्वास्थ्य डायरी
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन तथा नलगाउन गराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ र अन्य कर्मचारीलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको तथा कानुनले तोकेकोभन्दा बढी समय काम गराइएको भन्ने गुनासो प्राप्त भएको जनाएको छ। यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। श्रम ऐन, २०७४ अनुसार ‘रोजगार सम्झौता’ भन्नाले रोजगारदाता र श्रमिकबीच सेवा, शर्त र सुविधासम्बन्धी भएको लिखित सहमति जनाउँछ, जसमा नियुक्तिपत्रसमेत समावेश हुने व्यवस्था छ। विज्ञप्तिमा कानुनअनुसार दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी…
काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि देशभर चरणबद्ध मतदान तालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुनेछ भने काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुने छ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। यसपटकको निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वका तीन प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। १९ सदस्यीय कार्यसमितिका लागि तीन समूहबाट कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन्। उपत्यकाबाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर र वीरगञ्जसहित…
काठमाडौँ- सरकारी आदेशको खुलेआम उल्लंघन गर्दै किरा परेको र दुर्गन्धित खाजा बिक्री गरेको आरोपमा काठमाडौँस्थित बागमती स्विट्स प्रा.लि.लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत अखाद्य वस्तु बिक्री गर्नुका साथै प्रशासनको निर्देशनलाई बेवास्ता गरेको पाइएपछि विभागले कडा कारबाही अघि बढाएको हो। घटनाको सुरुवात चैत ३० गते भएको थियो, जब बागमती स्विट्सबाट उत्पादित खाजाको प्याकेटमा किरा भेटिएको र दुर्गन्ध आएको भन्दै विभागमा उजुरी परेको थियो। उजुरीपछि विभागका खाद्य निरीक्षण अधिकारीहरूले तत्काल अनुगमन गरी अर्को व्यवस्था नभएसम्म उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिएका थिए। तर, उक्त निर्देशनलाई चुनौती दिँदै कम्पनीले लुकीछिपी विभिन्न संघसंस्थामा…
सल्यान- जिल्ला अस्पताल सल्यानमा जटिल गर्भवती तथा सुत्केरी गराउनुपर्ने महिलाका लागि दिइँदै आएको शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको छ। एमडीजीपी चिकित्सकको अभाव भएपछि चैत्र २८ गतेदेखि सेवा ठप्प बनेको हो, जसको प्रत्यक्ष असर सेवाग्राहीहरूमा परेको छ। अस्पतालमा शल्यक्रिया सेवा बन्द भएपछि बिरामीहरू उपचारका लागि दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य भएका छन्। यसअघि जिल्लामै न्यून शुल्कमा सेवा पाइरहेका स्थानीयहरू अहिले बाहिर जानुपर्दा आर्थिक बोझ थपिएको छ। जटिल अवस्थामा रहेका गर्भवती महिलाहरूका लागि भने यो अवस्था झनै जोखिमपूर्ण बनेको छ। सिद्ध कुमाख गाउँपालिका–५ की यमुना खड्का आफ्नी बहिनीको सुत्केरी गराउन अस्पताल पुगेकी थिइन्। उनले अस्पतालमा अप्रेसन सेवा बन्द भएको थाहा…
तनहुँ- तनहुँको बन्दीपुर अस्पतालबाट एक वर्षको अवधिमा २४ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन गरेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनपछि यहाँ आउने नागरिकलाई उपचारमा सहज भएको हो । अस्पतालको वार्षिक प्रतिवेदनअनुसार वैशाखदेखि चैत मसान्तसम्म कुल २४ हजार ३०४ जनाले ओपिडी सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनील गिरीले जानकारी दिए । विसं २०८२ वैशाख १ गतेदेखि सुरु गरिएको यस सेवाको एक वर्ष पूरा भएका अवसरमा अस्पतालले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार नियमित समयभन्दा अतिरिक्त समयमा सेवा लिनेहरूको आकर्षण उल्लेख्य छ । तीमध्ये ५२ दशमलव ९९ प्रतिशत सेवाग्राहीले नियमित समयमा र ४७…
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले एक जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलको ६ चैतमा बसेको दर्ता समितिको बैठकको निर्णयअनुसार डा. तुषार सरबजना (नेमेकादर्ता नं. ३५१४२) को अस्थायी एमबीबीएस दर्ता तथा विशेषज्ञ (एमडी अप्थाल्मोलोजी) दर्ता खारेज गरिएको हो। काउन्सिलका अनुसार सरबजनाले भारतीय नागरिक कोटामा नेपालमै अध्ययन पूरा गरी पछि नेपाली नागरिकता (वंशज) पेश गरेका थिए। तर उनी भारतको मेडिकल काउन्सिलमा पनि चिकित्सकका रूपमा दर्ता रहेको देखिएपछि कानुनी विवाद उत्पन्न भएको हो। काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार स्थायी दर्ताका लागि पेश गरिएका कागजातमा भारतीय पासपोर्ट र नेपाली नागरिकता दुवै देखिएको थियो। साथै, उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका उच्च स्वास्थ्य कर्मचारीको सरुवा, पदस्थापन तथा काज फिर्ता गरेको छ। स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयअन्तर्गतका तीन महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेकी हुन्। नयाँ व्यवस्थाअनुसार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मालाई मन्त्रालयमा ल्याइएको छ। उनीहरूको महाशाखागत जिम्मेवारी भने अझै औपचारिक रूपमा तोकिन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ। त्यसैगरी मन्त्रालयले विभिन्न महाशाखामा कार्यरत वरिष्ठ चिकित्सकहरूको काज फिर्ता पनि गरेको छ। नीति योजना महाशाखाका डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सा, स्वास्थ्य समन्वय महाशाखाका…
काठमाडौं- सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको थियो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। उक्त सेयरमध्ये ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि तथा २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४…
चितवन- रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन। बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ। उनका अनुसार जिल्लामा दैनिक एकसय १ सय ५० युनिटसम्म रगतको माग हुने गर्दछ। यस आर्थिक वर्षको फागुनसम्ममा १ सय ६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५ सय ३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १ सय ८१ छ। अघिल्लो आव २०८१–८२ मा २ सय ८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५ सय ७७ युनिट र…

