

काठमाडौँ- नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनको मतगणनामा पछिल्लो नतिजा सार्वजनिक भएको छ। हालसम्म कुल ३ हजार ७१८ मत गणना सम्पन्न भइसकेको छ।
पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा डा. मंगल रावल १,६७० मतसहित अग्रस्थानमा रहेका छन्। उनलाई १,५६८ मतसहित डा. बद्री रिजालले पछ्याइरहेका छन् भने डा. नारायणप्रसाद भुसाल ४३७ मतसहित तेस्रो स्थानमा छन्।
वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी १,४०७ मतसहित अग्रस्थानमा छन्। डा. कीर्तिपाल सुवेदी १,२९३ मतसहित दोस्रो र डा. अजयकुमार मिश्र ८५० मतसहित तेस्रो स्थानमा रहेका छन्।
महासचिव पदमा डा. कालुसिंह खत्री १,३९५ मतसहित अग्रस्थानमा छन्। उनलाई डा. विश्वराज दवाडीले १,२८२ मतसहित पछ्याइरहेका छन् भने डा. अमृत भुसाल ८६७ मतसहित तेस्रो स्थानमा छन्।
प्रदेश उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का १,४३६ मतसहित अगाडि छन् भने डा. टंकप्रसाद बाराकोटी १,२५५ मतसहित दोस्रो स्थानमा छन्। मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र १,६१९ मतसहित अग्रस्थानमा रहँदा डा. उदयनारायण सिंह १,१७१ मतसहित दोस्रो स्थानमा छन्।
बागमती प्रदेशमा डा. सुवास भट्टराई १,२३९ मतसहित अगाडि छन् भने डा. अरुण शाही १,०६४ मतसहित दोस्रो स्थानमा छन्। गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल १,७१८ मतसहित अग्रस्थानमा छन् भने डा. नवराज लम्डारी १,४३१ मतसहित पछ्याइरहेका छन्।
लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ १,४३४ मतसहित अगाडि रहँदा डा. सन्तोष पोखरेल १,२९३ मतसहित दोस्रो स्थानमा छन्। कर्णाली प्रदेशमा डा. रविन खड्का १,३६२ मतसहित अग्रस्थानमा छन् भने डा. सरोज गिरी १,२६७ मतसहित पछ्याइरहेका छन्।
सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी १,६७१ मतसहित अग्रस्थानमा छन् भने डा. निरज अर्याल १,४९१ मतसहित दोस्रो स्थानमा छन्।
कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य १,४७३ मतसहित अगाडि छन् भने डा. चाँदनी जैसवाल १,१९९ मतसहित दोस्रो स्थानमा छिन्।
सहसचिव पदमा डा. हुलास अग्रवाल १,८०२ मतसहित अग्रस्थानमा छन् भने डा. राम जीवन प्रसाद ९७२ मतसहित दोस्रो स्थानमा छन्।
सह–कोषाध्यक्ष पदमा डा. तेजसुसिंह मल्ल १,५७५ मतसहित अगाडि छन् भने डा. सुवास गुरुङ १,३२३ मतसहित दोस्रो स्थानमा छन्।
सदस्यतर्फ हालसम्मको मतपरिणामअनुसार डा. अमित झा १,६८० मतसहित पहिलो स्थानमा छन्। डा. राकेश शाह १,४७१ मतसहित दोस्रो, डा. सुस्मित काफ्ले १,३८० मतसहित तेस्रो र डा. शेषराज घिमिरे १,३५७ मतसहित चौथो स्थानमा छन्।
त्यस्तै, अरुण उप्रेती १,३३९ मतसहित पाँचौँ र डा. हिमलाल भण्डारी १,३१८ मतसहित छैटौँ स्थानमा छन्। डा. पल्पसा श्रेष्ठ १,२२१ मतसहित सातौँ स्थानमा रहेकी छन्।


