काठमाडौं – नेपालमा वर्षायाम सुरु भएसँगै स्क्रब टाइफस संक्रमणको जोखिम बढ्न थालेपछि नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । विशेषगरी झाडी, खेतबारी, वनजंगल तथा घर वरिपरिको घाँसे क्षेत्रमा बसोबास गर्ने तथा काम गर्ने व्यक्तिहरू उच्च जोखिममा रहने जनाइएको छ । कसरी सर्छ स्क्रब टाइफस ? स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो, जुन मुसामा पाइने किर्ना जस्तो देखिने सानो किरा ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो रोग ओरेन्सिया सुसुगामुसी नामक जीवाणुका कारण लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । रोग मानिसबाट मानिसमा भने सर्दैन । यस्ता छन् प्रमुख लक्षण स्क्रब टाइफस संक्रमित…
स्वास्थ्य डायरी
काठमाडौं, १ जेठ । सरकारी स्वास्थ्य संस्थाहरूको लापरबाहीका कारण करोडौँ रुपैयाँ मूल्यका औषधि तथा औषधिजन्य सामग्री प्रयोग नै नगरी म्याद गुज्रिएको पाइएको छ । स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेका औषधिको म्याद सकिएमा, टुटफुट भएमा वा आवश्यकता भन्दा बढी मौज्दात रहेमा सम्झौताअनुसार आपूर्तिकर्तामार्फत प्रतिस्थापन गर्नुपर्ने व्यवस्था छ । तर सम्बन्धित सरकारी निकायले त्यसतर्फ ध्यान नदिँदा ठूलो परिमाणमा औषधि खेर गएको देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा विभिन्न सरकारी स्वास्थ्य संस्थाले औषधिको उचित व्यवस्थापन नगर्दा ९ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरका औषधि तथा किट म्याद गुज्रिएर प्रयोगविहीन भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार स्वास्थ्य सेवा…
धादिङ – निलकण्ठ नगरपालिका १० स्थित श्री कुमारी देवी माध्यमिक विद्यालयमा आयोजित दुई दिने निःशुल्क विद्यार्थी लक्षित दन्त शिविर एवम् सचेतनामुलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सो स्वास्थ्य शिविर एवम् सचेतना कार्यक्रम बिहीवार र शुक्रवार दुई दिनसम्म सञ्चालन भएको हो । विद्यालयले शिविर सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ । विद्यालयकी प्रधानाध्यापक सृजना पाठकले शिविरले विद्यार्थीहरूको दन्त स्वास्थ्य परीक्षण तथा सचेतनामा महत्त्वपूर्ण योगदान पुगेको बताउँदै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन् । उनले विशेष रूपमा…
काठमाडौं – सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। दक्ष जनशक्ति अभाव, सञ्चालन व्यवस्थापनको कमजोरी र प्रभावकारी अनुगमन नहुँदा उपकरण वर्षौंदेखि थन्किएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि नै प्रयोगमा आउन सकेको छैन। त्यस्तै २४ करोड ७७ लाख ९ हजार रुपैयाँका सीटी स्क्यान प्रणाली, १४ वटा भेन्टिलेटर र पाँच वटा सी–आर्म मेसिनसमेत प्रयोगविहीन अवस्थामा रहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार रुपैयाँ बराबरका पाँच थान १२ लिड ईसीजी…
काठमाडाैं– प्रेस्क्रिप्सन बिना साइकोट्रपिक औषधि बिक्री गरेको आरोपमा डडेल्धुराकाे बोहरा मेडिकलमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ मा रहेको उक्त मेडिकलका सञ्चालक स्यामराज बोहरा अमरगढी नगरपालिकाका जनस्वास्थ्य अधिकृतसमेत हुन्। एक उजुरीपछि उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार नियन्त्रणमा लिएको थियो। त्यसपछि बिहीबार प्रहरीले मुद्दासम्बन्धी मिसिल औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगञ्जमा पठाएको थियो। विभागले मिसिल अध्ययनपछि मेडिकलविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। विभागका सूचना अधिकारी तथा फार्मेसी सुपरभाइजर दिनेशराज न्यौपानेका अनुसार मेडिकलले प्रतिबन्धित औषधि नभई अनुमति प्राप्त साइकोट्रपिक औषधि प्रेस्क्रिप्सनबिना बिक्री गरेको खुलेको हो। उनका अनुसार यस्ता औषधि चिकित्सकको प्रेस्क्रिप्सन र अभिलेखअनुसार मात्र बिक्री गर्न पाइन्छ। तर…
काठमाडौं– निजामती कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भई उपचाररत अन्तरङ्ग सेवाका बिरामीलाई शुक्रबारदेखि निःशुल्क खाना उपलब्ध गराउने भएको छ। अस्पतालले सूचना जारी गर्दै २०८३ जेठ १ गतेदेखि उक्त व्यवस्था लागू गरिएको जनाएको हो। अस्पतालका अनुसार भर्ना भएर उपचार गराइरहेका बिरामीलाई लक्षित गर्दै निःशुल्क भोजन सेवा सुरु गरिएको हो।
भरतपुर – जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइँदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तिनै जना एकै परिवारका हुन् । सजन हात्तीबाङ स्कुलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन् । गत मङ्गलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए । आज बिहान नमूनाको मृत्यु भएपछि…
काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु भेटिएपछि यस्तो निर्णय गरिएको हो। विभागका निमित्त महानिर्देशक सोमकान्त रिजालका अनुसार फिस्टेल डेरीले उत्पादन गरेको ‘नोभा’ ब्रान्डको ब्याच नम्बर सीओ- २ र उत्पादन मिति २०८२ साउन १९ गते उल्लेख भएको आइसक्रिममा परीक्षण गर्दा ‘इन्टेरोब्याक्टेरिएसी’ ब्याक्टेरियाको उपस्थिति फेला परेको हो। उनका अनुसार आइसक्रिममा ब्याक्टेरिया र कोलिफर्मको मात्रा अत्यधिक भेटिएकाले उक्त उत्पादन मानव स्वास्थ्यका लागि…
काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब लागू गर्न माग गर्दै आन्दोलन गरेका छन्। शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमै प्रदर्शन गर्दै आन्दोलन सुरु गरेका हुन्। आन्दोलनरत नर्सहरूका अनुसार उनीहरूले हाल १९ हजार रुपैयाँ मात्र तलब पाइरहेका छन्, जबकि सरकारले स्टाफ नर्सका लागि ३४ हजार रुपैयाँ तलब तोकेको छ। सरकारले निर्धारण गरेको तलब कार्यान्वयन गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै आन्दोलन गर्न बाध्य भएको हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीले बताएका छन्। अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारीहरू अहिले आन्दोलनमा सहभागी भएका छन्।
काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्यायलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयअनुसार डा. उपाध्यायलाई उक्त जिम्मेवारी तोकिएको हो। उनी ११औँ तहका आयुर्वेद चिकित्सक हुन्। यसअघि उनी नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकका रूपमा कार्यरत थिए। मन्त्रालयका अनुसार महानिर्देशकको जिम्मेवारी दिए पनि डा. उपाध्यायको आधिकारिक दरबन्दी भने नरदेवी आयुर्वेद चिकित्सालयमै कायम रहनेछ। यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औँ तहका चिकित्सक डा. श्यामबाबु यादवले सम्हाल्दै आएका थिए। डा. उपाध्याय विभागमा सरुवा भएसँगै नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद हाल रिक्त भएको छ। हालसम्म उक्त पदमा नयाँ नियुक्ति गरिएको छैन। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चिकित्सालयमा कार्यरत…

