काठमाडौं- सरकारले गठन गरेको एक कार्यदलले एमबीबीएस तथा बीडीएस इन्टर्न विद्यार्थीलाई स्नातकोत्तर तहका आवासीय चिकित्सकले पाउँदै आएको निर्वाह भत्ताको ५० प्रतिशत रकम उपलब्ध गराउन सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले गत वैशाख १४ गते एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्तासम्बन्धी राय सुझाव दिन गठन गरेको कार्यदलले वैशाख ३० गते बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । प्रतिवेदनमा सरकारी तथा निजी दुवै शिक्षण संस्था र प्रतिष्ठानले इन्टर्न चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा गठित कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सकुन्तला प्रजापति, चिकित्सा शिक्षा आयोगका बसन्तप्रसाद कोइराला, पाटन…
स्वास्थ्य डायरी
काठमाडौं – बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, मानसिक तनाव तथा दीर्घरोगका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । विश्व उच्च रक्तचाप दिवस २०२६ को अवसरमा कान्तिपुर डेन्टल कलेज तथा जनरल अस्पतालका इन्टरनल मेडिसिन स्पेसिलिस्ट डाक्टर सञ्जय कुमार शाहले उच्च रक्तचापलाई ‘मौन घातक’ रोगको रूपमा व्याख्या गर्दै समयमै परीक्षण र नियन्त्रण आवश्यक रहेको बताएका हुन् । उनका अनुसार माथिल्लो रक्तचाप १४० भन्दा बढी र तल्लो रक्तचाप ९० भन्दा बढी भए उच्च रक्तचाप भएको मानिन्छ । हप्तामा दुई पटकभन्दा बढी रक्तचाप बढेमा उच्च रक्तचाप भएको शंका गर्न सकिने उनले बताए । डा. शाहका अनुसार अहिलेको व्यस्त जीवनशैली, असन्तुलित…
चितवन- चितवनमा जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर अवस्थामा उपचाररत छन् । इच्छाकामना गाउँपालिका–१ कुलबाङका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको विषाक्त च्याउ सेवनपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो । वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारले जंगली च्याउ सेवन गरेका थिए । सोही परिवारका पाँच जना च्याउ खाएपछि बिरामी परेका थिए । तीमध्ये तीन जनालाई जेठ १ गते नै बिरामी अवस्थामा भरतपुर अस्पताल ल्याइएको थियो…
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई “अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल” घोषणा गरेको छ । बीबीसीका अनुसार हालसम्म करिब २४६ जना संदिग्ध संक्रमित र ८० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । यद्यपि डब्ल्यूएचओले यो प्रकोपले महामारी स्तरको आपतकालीन मापदण्ड भने पूरा नगरेको स्पष्ट पारेको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले संक्रमितको वास्तविक संख्या र रोगको भौगोलिक फैलावटबारे अझै ठूलो अनिश्चितता रहेको चेतावनी दिएका छन् । डब्ल्यूएचओका अनुसार हाल फैलिरहेको इबोला ‘बुन्डिबुग्यो भाइरस’ प्रजातिबाट भएको हो, जसका लागि अहिलेसम्म कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन । हालसम्म आठ…
स्वास्थ्यकर्मी सधैंभरि हाँसिमुख बोलून ।बिरामीले आफ्नो व्यथा राम्रैसँग खोलून ॥ स्वास्थ्यकर्मी हाम्रा भगवान हुन जान ।उनीहरूले भनेको कुरा राम्रोसँग मान ॥ सधैंभरि सन्तुलित पोषण कुरा खानु ।बिहान नियमित रूपमा मर्निङवाक जानु ॥ जाँड, रक्सी, चुरोट जस्ता अमल सधैं छाड्नू ।समय-समयमा स्वास्थ्य जाँच्न अस्पताल जानू ॥ स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने जानी ।त्यसैले त अपनाउनू स्वस्थ अनि राम्रो बानी ॥ योगले दिन्छ स्वस्थ जीवन त्यसैमा नै खुसी ।जिउन जाने मान्छे हुन्छ सबैभन्दा सुखी ॥ सफा पानी पिउनू अनि सफा खाना खानू ।सरसफाइमा ध्यान दिई रोगबाट बच्न जानू ॥ दुःखीलाई सहयोग गर्दा मन पनि रमाउँछ ।मिठो बोली बोलेपछि सम्बन्ध राम्रो…
काठमाडौं – आज विश्वभर विश्व उच्च रक्तचाप दिवस २०२६ विविध जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अवसरमा उच्च रक्तचापको रोकथाम, समयमै पहिचान र प्रभावकारी व्यवस्थापनका लागि सबै सरोकारवालालाई आह्वान गरेको छ । यस वर्षको नारा “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ: जाँच गरौं नियमित रक्तचाप; परास्त गरौं मृत्युको मौन कारक” रहेको छ । मन्त्रालयका अनुसार उच्च रक्तचाप विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्दो जनस्वास्थ्य समस्या हो । विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार हाल विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् भने ठूलो हिस्सा आफ्नो अवस्थाबारे अनविज्ञ रहेको छ । उपचार र नियन्त्रण सम्भव भए पनि चार…
काठमाडौं– आज विश्व उच्च रक्तचाप दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमसहित नेपालसहित विश्वभर मनाइँदैछ। बदलिँदो जीवनशैली, मानसिक तनाव, प्रशोधित तथा प्याकेटका खाद्य पदार्थको अत्यधिक प्रयोग र शारीरिक निष्क्रियताका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामीको संख्या तीव्र रूपमा बढिरहेको चिकित्सकहरू बताउँछन्। हरेक वर्ष मे १७ मा मनाइने यो दिवस उच्च रक्तचापबारे जनचेतना फैलाउने उद्देश्यले मनाउने गरिन्छ। विशेषज्ञहरूका अनुसार उमेरको प्रभाव, अस्वस्थ खानपान, व्यायामको कमी, वातावरणीय असर तथा वंशाणुगत कारणले पनि उच्च रक्तचापको जोखिम बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार नेपालमा मुटुरोग मृत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ। मुटुरोगको जोखिम बढाउनुमा उच्च रक्तचापलाई मुख्य कारक मानिएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल…
काठमाडौं– लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा फैलिएको नयाँ इबोला प्रकोपमा मृत्यु हुनेको संख्या ८० पुगेको छ। कङ्गोको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो। स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाका अनुसार विशेष प्रयोगशाला परीक्षणबाट गत साताको अन्त्यतिर इबोला भाइरसका आठ प्रारम्भिक संक्रमित पुष्टि भएका छन्। संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनिया स्वास्थ्य क्षेत्रमा देखिएको जनाइएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार हाल कम्तीमा २४६ शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ। संक्रमण थप फैलिन नदिन सरकारले जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय बनाएको जनाएको छ। सरकारले प्रभावित क्षेत्रमा विकेन्द्रीकृत परीक्षण सेवा विस्तार गर्नुका साथै महामारी निगरानी प्रणाली सुदृढ गर्ने र द्रुत प्रतिक्रिया टोली परिचालन गर्ने काम तीव्र…
काठमाडौं– वैज्ञानिकहरूले संसारका हरेक पाँचमध्ये एक व्यक्तिमा मुटुरोग र मस्तिष्कघातको जोखिम बढाउने वंशानुगत तथा लुकेको कोलेस्ट्रोल सम्बन्धी समस्या रहेको पत्ता लगाएका छन्। सामान्य रगत परीक्षणमा कोलेस्ट्रोलको मात्रा सामान्य देखिए पनि विशेष प्रकारको कोलेस्ट्रोलका कारण गम्भीर स्वास्थ्य जोखिम हुन सक्ने नयाँ अनुसन्धानले देखाएको हो। अनुसन्धानकर्ताका अनुसार रगतमा पाइने उक्त तत्वलाई ‘लिपोप्रोटिन ए’ (Lp(a)) भनिन्छ। यो खराब कोलेस्ट्रोलजस्तै देखिए पनि यसमा अतिरिक्त प्रोटिन हुने भएकाले मुटु र रक्तनलीका लागि अझ बढी हानिकारक हुने बताइएको छ। यो समस्या पूर्ण रूपमा वंशानुगत हुने र बाहिरी लक्षण नदेखिने भएकाले विश्वभर करिब २० प्रतिशत मानिस अनजानमै यस्तो जोखिम बोकेर बाँचिरहेको अध्ययनले जनाएको छ। यो प्रतिवेदन क्यानडाको…
जनकपुरधाम- मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी/एड्सका बिरामी छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन् । प्रदेशअन्तर्गत धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् । निर्देशनालयका एचआइभी/एड्स फोकल पर्सन राजवीर यादवका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मधेस प्रदेशमा १४ हजार जनाको एचआइभी परीक्षण गरिएको थियो । उक्त सङ्ख्या बढेर आर्थिक…

