

पर्वत : पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्न लागिएको हो ।
यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमबारदेखि थप पाँच घण्टा सेवा विस्तार गरी ओपीडी सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
दिउँसोमा मात्र ओपीडी सेवा सञ्चालन गर्दा बिहान र बेलुका बिरामी निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो हाउन थालेपछि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपीडी सञ्चालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।


