ढोरपाटन (बागलुङ) : बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो पालिकाले अघिल्लो वर्षमा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएलगत्तै यस वर्ष आधारभूत अस्पताल बनाउन थालेको हो । पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था छैनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।…
Aricle Tech
तनहुँ : पशुधनको सुरक्षा र उत्पादन वृद्धि गर्न तनहुँका १० वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । खोप अभियानको क्रममा जिल्लामा रहेका करिब तीन लाख ४१ हजार पशुलाई पूर्ण खोप लगाइने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको हो । पूर्ण खोप अभियानमा करिब तीन लाख ५० हजार पशुमा पूर्ण खोप लगाइने केन्द्रका प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार किसानको गोठमै पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन गरिने र खोप लगाउनको लागि जिल्लामा ९२…
तनहुँ : तनहुँको दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो । शनिबार र सार्वजनिक बिदाबाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सेवा विस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए। उनका अनुसार स्वास्थ्य बीमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवा बिस्तार गरेसँगै सबै वर्गका व्यक्तिले सहज रूपमा उपचार सेवा पाउन सक्ने उृनले बताए । कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्ने, विद्यार्थीले आफ्नो…
काठमाडाैं : एक हप्ताअघि कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीका आफन्तहरुले अझै शव बुझेका छैनन् । पीडित परिवारले क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने बताएका हुन् । उनी २८ गते बुधबार कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुगेकी हुन् । २९ गते बिहीबार बिहानै भीमा प्रदेश अस्पताल भर्ना भएकी थिइन् । पाठेघर सफा गर्दैगर्दा केही समयपछि अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको भीमाका श्रीमान् नवराज बलामीले जानकारी दिएका थिए । भीमाले स्थानीय क्लिनिकमा उपचार गर्दा पाठेघरमा समस्या देखाएकाे थियाे । उक्त क्लिनिकले भीमालाई प्रदेश अस्पताल रिफर गरेकाे थियाे । पाठेघरको उपचार गर्न अस्पताल…
काठमाडौं : निःशुल्क क्यान्सर परीक्षण शिविर आज (बिहीबार) भीमसेनगोलामा छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा आज उक्त स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको अगुवाईमा महानगरका प्रत्येक वडामा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ । बिहीबार भने काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा उक्त स्वास्थ्य शिविर सञ्चालनमा आएको हो । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, भीमसेनगोलामा प्रजनन उमेरका महिलाहरुलाई निःशुल्क क्यान्सरको परीक्षण गराउन काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । ‘३० वर्षदेखि ६० वर्ष उमेर समूह (प्रजनन उमेर) का महिलाहरुले हरेक ५ वर्षमा क्यान्सरको जाँच गराउनुपर्छ ’, काठमाडौं महानगरपालिका भनेको छ । त्यसैका लागि स्वास्थ्य शिविर…
काठमाडौं : सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटाइदै छ । सँगै खोप…
नेपालगञ्ज : बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ। बिहीबार बिहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन । जानकी गाउँपालिका-६ पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ । बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ ।उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ । उद्योगभित्र आगो पुगिसकेको छैन । उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको छ । आगलागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटेको छ । स्थानीय पनि आगलागी नियन्त्रणमा जुटिरहेका छ्न् ।
दार्चुला: दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा ४ दिने स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुदूरपश्चिम प्रदेश सरकार र अपि हिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीले चार दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो । गत चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालित शिविरबाट ६९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४६५ महिला र २२९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएको अपि हिमाल गाउँपालिकाका कर्मचारी मदनराज जोशीले बताए ।
म्याग्दी (बेनी): म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गर्न लागिएको छ । बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र नियमित रुपमा आकस्मिक यातायात सेवाका लागि एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञ आयोजना गर्न लागिएको हो । देवी भगवती मन्दिर संरक्षण समिति तथा मङ्गला युथ क्लबको आयोजनामा यही वैशाख ८ गतेदेखि १६ गते सम्म सञ्चालन गर्न लागिएको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस– २०८१ को तयारीलाई तीव्र पारिएको छ । मङ्गला गाउँपालिकाभित्रका बिरामीलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको…
गोरखा : गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सात दिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो । पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको…

