Aricle Tech

खजुरा- चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम् तापक्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार वैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको…

विस्तृतमा...

काठमाडौं : सरकारले निजी स्वास्थ्य संस्थामा काम वा विज्ञापन गर्ने सरकारी स्वास्थ्यकर्मीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुधबार एक निर्देशन जारी गर्दै यस्तो चेतावनी दिएको हो। मन्त्रालयले मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई परिपत्र जारी गर्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको छ । परिपत्रमार्फत निजीमा काममात्रै नभई विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि मन्त्रालयले निर्देशन दिइएको छ । कार्यालय समयमा सरकारी स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्थामा गएर काम गरेको र विज्ञापन गरी त्यस संस्थाको प्रचार–प्रसार गरेको गुनासो आएपछि सरकार कठोर बनेको हो । अबदेखि निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा…

विस्तृतमा...

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनका लागि कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु जलाइरहेको छ । चाउचाउ, चक्लेट आदिको खोल इन्धनको रुपमा प्रयोग गर्दा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परेको छ । उद्योगले कोइलाको सट्टा प्लास्टिक मिसाएर क्लिङ्कर उत्पादन गरिरहेको स्थानीयले फेला पारेका छन् । त्यसबाट निस्केको धुवाँले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि असर परेको स्थानीयवासीले गुनासो गरेका छन् । बस्तीको बिचमा रहेको शिवम् सिमेन्ट उद्योगबाट निस्केको धुलो, धुवाँ तथा ध्वनि प्रदूषणले छेउमै रहेको विद्यालयका साना साना बालबालिका सिधैँ प्रभावित भएका छन् । क्लिङ्कर उत्पादनका लागि उद्योगले लामो समयदेखि प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको उद्योगका…

विस्तृतमा...

कर्णाली : कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तर्क्रिया विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो । अन्तक्र्रियामा औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्याङ्क सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्य हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोट खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताए । उनका अनुसार हुम्लाको ताजाकोट १, चङ्खेलीको २, अदानचुली गाउँपालिकाको २ र ३, मुगु सोरु गाउँपालिकाको ४, ५, खत्याडको १,…

विस्तृतमा...

मनिला : फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए । गर्मीसम्बन्धी ३४ वटा घटना मध्य फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो । राज्य मौसम ब्युरोले गर्मी सूचकाङ्क ४२ डिग्री सेल्सियसभन्दा बढी खतराको स्तरमा पुग्ने चेतावनी दिएपछि मेट्रो मनिलासहित पाँच क्षेत्रका एघार क्षेत्रले बुधबार व्यक्तिगत कक्षाहरू स्थगित गरेका छन् । ब्युरोले तातो मौसमका कारण दुखाइ, गर्मीको…

विस्तृतमा...

काठमाडौँ :  नियन्त्रित लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना फार्मेसी सञ्चालकहरूलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा मेडिकल पसल सञ्चालन गरी लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो तथा औषधी व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले फार्मेसी पसलमा छापा मारेको हो । प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बुधबार कागेश्‍वरी नपा वडा नं ८ स्थित गोगो फार्मेसीका सञ्चालक सर्लाही बर्थहवा नगरपालिका-९ घर भएका २६ वर्षीय निरस कुमार महतोलाई पक्राउ गरिएको छ । त्यस्तै मध्यपुर ठिमी नगरपालिका–९ बोडेको टिसा फार्मेसीका सञ्चालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८…

विस्तृतमा...

काठमाडौं : काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ । उनीहरुमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिनुभएको छ । ७४७ (वडा नं. ३ को १२ गतेको प्राप्त हुन बाँकीबाहेक) जनामध्ये १७५ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको…

विस्तृतमा...

काठमाडौं । मिर्गौला लगायत अंगहरु प्रत्यारोपणका लागि सुरु गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रको आफ्नै भवन र जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्या भोग्नुपरेको बताएका छन् । साथै उनले सरकारसँग केन्द्रका लागि आफ्नै भवन र जनशक्ति माग गरेका छन् । ‘सन् २००८ मा विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले नेपालमा मिर्गौला फेल भएका मानिस ९८ प्रतिशतको मृत्यु हुने बताएको थियो । तर, अहिले हामीले मिर्गौलाको श्९८ प्रतिशत सफल प्रत्यारोपण गरेका छौं भने कलेजोको ९० प्रतिशत सफल प्रत्यारोपण भएको छ ।’ डा. श्रेष्ठले…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए ।उनले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे ।“धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ, मानिसलाई बेचैन बनाउने…

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुरामा पछिल्लो समय आर्युेवेद उपचारप्रति सेवाग्राहीहरूको आकर्षण बढ्न थालेको छ । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका बैद्य निरीक्षक खेमराज पनेरुका अनुसार ५/७ वर्ष पहिले ओपीडी सेवामा ५/७ जना बिरामी मुस्किलले पाउने गरेको भएपनि अहिले यो सेवा लिने नागरिकहरुको संख्या दिनानुदिन बढीरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ४५ सय जना बिरामीले मात्रै सेवा लिएका छन् । यो आर्थिक बर्ष २०८०/८१ को सुरुमै ५ हजार जना भन्दा बढी बिरामीलाई सेवा दिएको बैद्य निरीक्षक पनेरुले जानकारी दिए । आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने…

विस्तृतमा...