Aricle Tech

काठमाडाैं : भारतको उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सर्वोच्च अदालतलाई बताएको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो । रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली डा. आँखा ड्रपहरू समावेश छन् । पतञ्जलिसँग सम्बन्धित…

विस्तृतमा...

एजेन्सी : सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको ‘एमआरएनए’ खोपको परीक्षण सुरु भएको छ । बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ । गत अगस्टम उनको शरीरबाट क्यान्सर भएको भाग काटेर हटाइएको थियो । यो खोपको मुख्य काम ‘इम्युन सिस्टम’ बढाउने तथा बाँकी रहेको क्यान्सर ‘सेल’ हटाउने र फेरि कहिल्यै फर्कन नदिने हो । यो खोप अहिलेका कोभिड खोपकै प्रविधिबाट तयार गरेर मानिसलाई दिइन्छ । अहिले यसको तेस्रो चरणको परिक्षण भइरहेको हो । मोर्डना र मेर्क सार्प एन्ड डोमेले बनाएको सो खोप क्लीनीकल परिक्षण भन्दा बाहिर उपलब्ध छैन । तर, अन्य देशले पनि यसको उपयोग…

विस्तृतमा...

बाजुराः बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए । जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको छ। लक्ष्यअनुसार खोप…

विस्तृतमा...

काठमाडौं : मिस नेपाल वल्र्ड श्रीच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरु महिला स्वास्थ्यको प्रवद्र्धनमा सक्रिय हुने बताएका छन् । नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा हिजाे आयोजित एक कार्यक्रममा मिस नेपाल वल्र्ड प्रधानले आफू वातावरण विज्ञानको विद्यार्थी भएकोले वातावरण संरक्षण र स्वास्थ्य एकअर्काका परिपुरक भएकोले स्वास्थ्य अझ महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताएकी हुन् । कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिएपनि विविध कारणले असामान्य रूपमा फैलिरहेकोले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने बताइन् । मिस नेपालहरुले विभिन्न माध्यमहरुबाट प्रवद्र्धनात्मक स्वास्थ्यलाई आम जनसमुदायसमक्ष पुर्याईरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय…

विस्तृतमा...

अबुजा : नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले सङ्केत गरेको छ । आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल्र परिचालन गरिएकोे जानकारी दिए । उनले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए । उनले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा उक्त दुःखद् क्षण आएको भन्दै बालबालिकालाई दादुराविरूद्धको खोप नियमित लगाउन प्रत्साहन गरे । दादुरा पाँच…

विस्तृतमा...

काठमाडाैं : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० सम्म जारी रहने मौसमविद्ले बताएका छन् । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ । ‘तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ’, विभागले भनेको…

विस्तृतमा...

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ । प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ । गत वर्ष आयातित औलोका बिरामीको सङ्ख्या एक सय ८४ र स्थानीय बिरामीको सङ्ख्या ३९ रहेको थियो । आयातित औलोका बिरामीमा अधिकांश भारतबाट फर्केकाहरु रहने गरेका छन् । “भारतमा कमाउन जानेहरु औलोको सङ्क्रमणमा परेपछि घर फर्कने गर्दछन्”, अधिकृत जोशीले भने, “औलोको परजीवी बोकेर भारतबाट फर्कनेलाई लामखुट्टेले टोकेर, त्यसपछि…

विस्तृतमा...

बागमती : पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले राससलाई जानकारी दिए । उनका अनुसार तीमध्ये हेटौडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेङ्गु सङ्क्रमित फेला परेका छन् । डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेङ्गु…

विस्तृतमा...

काठमाडौँ : पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन् । जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको बताए । अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर…

विस्तृतमा...

काठमाडौँ : दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ । कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले हिजाे आयोजना गरेको मुखको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो । कार्यक्रममा नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीका कार्यकारी निर्देशक एवम् क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले सूर्तीजन्य पदार्थको जथाभावी प्रयोगले मुखको क्यान्सरका बिरामी बढेका बताए । “चुरोट, बिँडी, हुक्का, तम्बाकु, गुड्खा, पानलगायतका सूर्तीजन्य पदार्थसेवनका कारण मुखको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा हिमाल र पहाडको तुलनामा तराईमा मुखको क्यान्सरका बिरामीको संख्या धेरै रहेको पाइएको छ”, उनले…

विस्तृतमा...