
डडेल्धुरा : डडेल्धुरामा पछिल्लो समय आर्युेवेद उपचारप्रति सेवाग्राहीहरूको आकर्षण बढ्न थालेको छ । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका बैद्य निरीक्षक खेमराज पनेरुका अनुसार ५/७ वर्ष पहिले ओपीडी सेवामा ५/७ जना बिरामी मुस्किलले पाउने गरेको भएपनि अहिले यो सेवा लिने नागरिकहरुको संख्या दिनानुदिन बढीरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ४५ सय जना बिरामीले मात्रै सेवा लिएका छन् ।
यो आर्थिक बर्ष २०८०/८१ को सुरुमै ५ हजार जना भन्दा बढी बिरामीलाई सेवा दिएको बैद्य निरीक्षक पनेरुले जानकारी दिए । आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने भएकाले आयुर्वेद उपचारप्रति नागरिकहरु आकर्षित भएको उनको भनाई छ ।
पहिले दैनिक ५ देखि ७ जनासम्म मात्रै बिरामी आउने केन्द्रमा आजभोलि दिनमा ३० देखि ४० जनासम्म आउने गरेको उनले बताए ।