Aricle Tech

काठमाडाैं : काठमाडाैं  महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत नि:शुल्क उपचार हुने बताएका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाडाैं महानगर आउन अनुरोध गरेका हुन् । महानगरभित्रका ४३ अस्पतालमा तीन सय २३ शैया नि:शुल्क उपचारको लागि उपलब्ध रहेको उनले जानकारी दए ।

विस्तृतमा...

काठमाडौं : सरकारले वैशाख १६ गते (आज) सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिए । उनले हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको जानकारी दिँदै कपिलवस्तु र झापामा भने सफल हुन नसकेको बताए। यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपियाँ स्थानीय तहमा निकासा भइसकेको छ । डा. मरासिनीले औषधी सेवन अभियानको क्षेत्र विस्तार गर्ने लक्ष्यसाथ कार्यक्रम सञ्चालन भएको…

विस्तृतमा...

खजुरा : नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन् ।  विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन् । “दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने”, कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आएका नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भने, “मजस्तो दैनिक ज्यालादारी गरेर जीवन…

विस्तृतमा...

काठमाडौं : बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलब्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग आत्तिन नपर्ने बताएका छन् । उनले व्यवसायीलाई सरकार सहयोग गर्न तत्पर रहेको समेत बताए । शुक्रबार हेटौंडामा भएको नेपाल औषधि व्यवसायी संघको तेस्रो वार्षिक साधरणसभा तथा दोस्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलब्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । बागमती प्रदेशमा भएका सबै औषधी व्यवसायीसँगै उत्पादन गर्ने देखि आयात र निर्यात गर्नेहरूलाई समेत एक बनाएर अगाडि बढ्न सुझाएका उनले औषधि व्यवसायलाई थप व्यवस्थित ढंगबाट अगाडि बढाएर आर्थिक अनुशासन देखिने गरी कार्य गर्नुपर्ने धारणा राखे । उनले सरकार व्यवसायीमैत्री…

विस्तृतमा...

छत्तीसगढ : छत्तीसगढको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीन जनाको शवको एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ । राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा तीनै शव कंकालमा परिणत भएका थिए । अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दाबी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो । यो खबरपछि अस्पताल व्यवस्थापनले पनि यस विषयमा ध्यानाकर्षण गरायो । कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने थियो । अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर…

विस्तृतमा...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । “पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।”कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्‍याउने र जनताको…

विस्तृतमा...

काठमाडौं : काठमाडौं उपत्यका फेरि विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ ।केही दिनअघि वर्षा हुँदा प्रदूषण दर घटेपनि काठमाडौं उपत्यकामा पुन: वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापनकेन्द्रका अनुसार अहिले काठमाडौंको प्रदूषणको दर १९४ मापन गरिएको छ । काठमाडौंमा मापन गरिएको पछिल्लो एअर इन्डेक्स मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ। विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ । त्यहाँको प्रदूषण तह १८५ मापन गरिएको छ । तेस्रो स्थानमा रहेको भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको तह १७५ छ । देशभर लागेको आगलागीका कारण नेपालको वायु प्रदूषित बनेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

विस्तृतमा...

भोजपुर : गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विषेशज्ञ डाक्टरबाट सेवा पाएका हुन् । नोबल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा भेटिएका जटिल समस्या भएका एक सय ३४ जनालाई शल्यक्रियाको लागि सिफारिस गरिएको छ । षडानन्द नगरपालिकाका–६ का ६४ वर्षीय स्थानीय निलबहादुर खड्गीले “भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, उनले भने, “निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोग उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा…

विस्तृतमा...

गण्डकी : पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो । हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । “विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित गरेनगरेको अनुगमन गरिन्छ”, प्रमुख सुवेदीले भने, “सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।” उनले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्घनका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिने बताए। उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै…

विस्तृतमा...

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ । सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा यस भाइरससँग लड्न छिटो कारवाही गर्न आग्रह गरेको छ । यस साता पोर्चुगलमा भएको विश्व हेपाटाइटिस शिखर सम्मेलनका साथ जारी डब्ल्युएचओको प्रतिवेदनअनुसार सन् २०२२ मा एक सय ८७ मुलुकको तथ्याङ्कले भाइरल हेपाटाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १३ लाख पुगेको देखाएको छ । डब्ल्यूएचओको ग्लोबल एचआईभी, हेपाटाइटिस र यौन सञ्चारित सङ्क्रमण कार्यक्रम प्रमुख मेग डोहर्टीले यो डरलाग्दो प्रवृत्ति भएको बताए । प्रतिवेदनमा हेपाटाइटिस सङ्क्रमणबाट विश्वभर दैनिक तीन हजार…

विस्तृतमा...