नयाँ दिल्ली: पतञ्जलि आयुर्वेदले पुनः पत्रपत्रिकामार्फत माफी मागेकाे छ । बुधबार प्रमुख पत्रपत्रिकाहरूमार्फत योग गुरु रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले माफीनामा छपाएका हुन् । मंगलबारको सुनुवाइका क्रममा सर्वोच्च अदालतले पतञ्जलि र रामदेवको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता मुकुल रोहतगीलाई पत्रपत्रिकामा प्रकाशित माफी पत्र काटेर जस्ताको त्यस्तै सर्वोच्चमा पेस गर्न भनेको थियो । सोमबार पतञ्जलिले ६७ ओटा पत्रपत्रिकामा माफीनामा छापेको थियो । तर, यी माफीनामा पतञ्जलिको उत्पादनको विज्ञापन जत्तिकै ठुलो छ त भनेर सर्वोच्च अदालतले प्रश्न गरेको थियो ।भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदको सार्वजनिक माफीको आकारमा प्रश्न उठाएको भोलिपल्ट कम्पनीले बुधबार प्रमुख पत्रपत्रिकाहरूमा फेरि माफीनामा छपाएको हाे । यस पटक…
Aricle Tech
काठमाडौँ : सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न छ पहाडी जिल्लाका नागरिकलाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलले यही वैशाख १५ गतेदेखि बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सो शिविरका लागि प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. सुनिलकुमार शर्माको नेतृत्वमा उक्त मेडिकल कलेजका २५ जना विशेषज्ञ चिकित्सक सहभागी हुने मेडिकल कलेजका महाप्रबन्धक तुलसीबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यही वैशाख १३ गते डोटीको दिपायल, १५ गते बाजुराको पिलुचौर, १७ गते हुम्लाको सर्केघाट, १९ गते मुगुको गमगढी र २१ गते कालीकोट र जुम्लालाई पायक पर्ने गरी कालीकोटको नाग्ममा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिने छ । कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट…
बच्चा जन्माएपछि धेरै महिलामा कम्मरको दुखाई हुने गर्छ । यदि तपाईंले पनि पोस्टपार्टम अर्थात बच्चा जन्मिएपछि हुने कम्मरको दुखाईबाट राहत पाउन चाहनुहुन्छ भने केही योगासन गर्न सक्नुहुन्छ । योगले शरीरलाई एकदमै धेरै फाइदा गर्दछ । यसको नियमित अभ्यासले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । शरीरका हरेक साना ठूला समस्याका लागि योग गर्न सक्नुहुन्छ । हरेक समस्या तथा स्वास्थ्य स्थितिका लागि फरक फरक खालका योग हुन्छन् । अनुलोम विलोम महिलाले बच्चालाई जन्म दिएपछि हुने कम्मरको दुखाईका लागि अनुलोमविलोम गर्न सक्छन् । यसले दिमागलाई शान्त राख्न सहयोग गर्छ । यसले कम्मरको दुखाईसँगै स्वासप्रस्वासको समस्याबाट पनि बच्न सकिन्छ । भुजंगासन…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । “स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।” नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए ।स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार…
काठमाडौं : ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ‘वाटर बर्थ’ सर्भिस सुरुवात गरेको छ । अस्पालकी प्रिन्सिपल कन्सल्टेन्ट तथा प्रसुती तथा स्त्रीरोग विभागकी प्रमुख डा. निरा सिंह श्रेष्ठले नेपालमा पहिलो पटक मेडिसिटी अस्प्तालमा वाटर बर्थ सेवा सुरु गरिएको जानकारी गराएकी छिन् । ‘तपाईंहरुले सुुन्नुभएको होला, वाटर बर्थ भनेको एउटा ठूलो वाटर वर्थ पूल हुन्छ, जसमा चाहीँ प्रेगनेन्ट मदर लेवर पेन सुरु भएपछि त्यो वार्म वाटरमा गएर आफूलाई ढाडसम्म डिप गर्ने हो, यसले गर्दा पेसेन्टहरुलाई रिल्याक्स हुने, पेन नहुने हुन्छ । यो सर्भिस हामीले अस्पतालमा सुरु गरेका छौं, त्यो पनि नेपालमै पहिलो पटक हो ’ भिडिओ सन्देशमा उनले भनेकी छिन् । प्रसुती…
धादिङ : रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।
धनगढी : कैलालीकाे धनगढीस्थित मायामेट्रो अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएको हो । सुरक्षा स्रोतका अनुसार बझाङको थलारा गाउँपालिका ६ की ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मृत्यु भएको हो । पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ । उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । यस्तै अहिले अस्पताल तनाव भएपछि प्रहरी परिचालन गरिएको छ ।
वीरगञ्ज : गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताए । ‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ’, उनले भने, ‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे । तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका…
काठमाडाैं : अत्यधिक गर्मी बढेपछि तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसो तीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए । डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत…
हुम्ला : हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराले बताइन् । इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै…

